निर्णय नं. ३००२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३००२ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०८/०८ २९३६ निर्णय नं. ३००२ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् ०४१ सालको रिट नं. १३४९ विषय : उत्प्रेषण निवेदक : जि. सुन्सरी बकलौरी गा.पं. वडा नं. ८ पञ्चायत झोरा बस्ने खड्गबहादुर लिम्बू समेत ७७ जना। विरुद्ध विपक्षी : मोरङ सुन्सरी वनक्षेत्र सुदृढिकरण अधिकार सम्पन्न समिति। जि.सुन्सरी वक्लौरी गा.पं. वडा नं.८ घर भै धरान न.पं. वा.नं. ८ आदेश भएको मिति: २०४३।८।८।१ मा नापी हुँदा फिल्डबुकमा नाम लेखिएका निवेदकहरूलाई नबुझी फिल्डबुक र नक्शा ट्रेश बदर हुने ठहर्छ भन्ने निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुने । (प्रकरण नं. २१) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी,विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल,विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. हामीले ०२२ सालदेखि ढाल फाड आवाद गुल्जार गरी घरजम गरी ६४ विगहा क्षेत्र जि. सुन्सरी वकलौरीको पञ्चायत झोरामा बसोवास गरी आएका छौं हामीहरूको बसोवास र ढाल फाड गरी भोगी आएको जग्गा नाप जाँच भई मेची कोशी अञ्चल बसोवास र वन अतिक्रमण समस्या समाधान विशेष अधिकार सम्पन्न उच्चस्तरीय आयोगको निर्णयानुसार कित्ताकाटको कार्य पनि सम्पन्न भइसकेको थियो र अविछिन्न रुपमा हामीहरूको भोगचलनमा छ । ३. सम्माननीय प्रधानमन्त्रीज्यूमा विपक्ष मध्येकी सरस्वती नेपाल र अरु विपक्षीहरूको हकमा र आफ्नो हकमा समेत भनी विपक्षी बलबहादुर लिम्बूले चढाउनु भएको संयुक्त निवेदनमा भू–स्वामित्व भएको जग्गा बिना कारण अपहरण भयो ०३६ सालदेखि अतिक्रमणकारीहरूले हामीलाई हटाई अतिक्रमण गरेका छन् र भोगिरहेका छन् दर्ता समेतको आधारमा भोग्न पाउँ भन्ने निवेदनमा इन्साफ गरी दिनु भन्ने आदेश भएको रहेछ । ४. झोरा ऐन अन्तर्गत नाप नक्शा भएको भनी मेची कोशी उच्चस्तरीय आयोगबाट ०३७।४।१३ मा काम शुरु भई ऐ २८ गते काम समाप्त भई बक्लौरी गा.पं. वा.नं. ४(ठ) मा हामीहरूको नाउँमा कित्ताकाट भएको फिल्डबुक नक्शा ट्रेस आदिबाट देखिन्छ । ५. विपक्षीहरूको जि. सुन्सरी बकलौरी गा.पं. वार्ड नं. ४(झ) को भन्ने विपक्षी समितिको निर्णयमा उल्लेख भएको हुँदै भिडाउँदा एकै मिलान मिल्न आएको भन्ने समेत उल्लेख भएको रहेछ । उक्त कुरा हामी निवेदकहरूमध्ये टिकारामले ०४१।४।१२ मा नक्कल सारी लिई हेर्दा यथार्थ कुराको जानकारी हुन आयो । ६. यसैसाथ संलग्न विपक्षी समितिबाट भएको निर्णय नक्कलमा उल्लेख गरिए बमोजिम ०३७ सालको ट्रेस नक्शामा झोरा ऐन अन्तर्गत नाप नक्शा भएको भनी नक्शामा जनिएको । नेपाल राजपत्र भाग ३ खण्ड २९ अतिरिक्ताङ्क ५१(क) को ०३६।९।१५ मा सुन्सरी जिल्लाको पञ्चायत झोरा मेची कोशी बन सर्कल कार्यालयको कन्जरभेटरलाई तोकिएको छ भनी राजपत्रमा उल्लेख भएको । यो झगडा परेको ठाउँको जग्गा पञ्चायत नभई पञ्चायत भन्ने भएको मिसिलबाट देखिन आउँछ । झोरा भन्नाले कानूनी रुपबाट अधिकार पाई जंगल फडानी गरी बसोवास आवाद गरेको क्षेत्रलाई सम्झनु पर्छ भन्ने झोरा ऐन, २०२८ मा उल्लेख भएको । यस झोरा ऐन अन्तर्गत यो पञ्चायत जंगल फडानी गरी बसोवास गराएको भन्ने कुरा कतैबाट खुल्न देखिन नआएको यस