निर्णय नं. ३००३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३००३ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०९/२० २५२२ निर्णय नं. ३००३ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको रिट नं. १६९४ विषय : उत्प्रेषण निवेदक : भ.पु.जि. छालिङ गा.पं. वडा नं. २ कालिटार बस्ने वर्ष ६५ को गोविन्द लिगलिगे। विरुद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालत। वागमती अचंल अदालत । भ.पु.जि. छालिङ गा.पं. वडा नं.१ बस्ने जय बहादुर खड्का । आदेश भएको मिति: २०४३।९।२०।१ मा एक न्यायाधीशको इजलासबाट निर्णय भई अन्तिम रुपमा रहेको फैसला सोही अदालतको संयुक्त इजलासबाट बदर गर्न नमिल्ने । (प्रकरण नं. २१) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधान विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. बुद्धवीर मचामसीको नाउँमा र मेरा बाबु देवीबहादुर खड्काका नाउँमा भक्तपुर गुठी लगत तथा खर्च कार्यालयका नाउँमा दर्ता भएको भ.पु. ३७ नं. हलगाउँ मौजाको कि.नं. ९०२ को रोपनी ३–८–० जग्गा २०२१ सालको नापीमा छालीङ गा.पं. वडा नं. २(क) कि.नं. ५४१ को रोपनी ०–१५–२ बुद्धवीरका नाममा र कि.नं. ४२ को रोपनी ०–४–० र कि.नं. ५५० को रोपनी २–५–० गोपा सिं.मचामसीका नाउँमा जोत कायम भएको छ । बुद्धवीर मचामसी २०२४ सालमा र गोपा सिं २०२६ सालमा परलोक भएपछि बुद्धवीरको पत्नी छोरा नहुँदा गोपा सिंको छोरा गोपीलाललाई अपुताली पर्न आएकोले निजले कमाई आएकोमा निजले कमाउन नसक्ने भएकोले २०२७ सालको गहुँ बालीदेखि ०२७।६।२६ मा कबूलियत गरी कमाई आएकोमा २०३६ साल आश्विन २७ गते खेत गोड्न आई गुठीबाट मेरो नाउँमा रसीद गरी दिएको भनी खिचोला गरे खिचोला मेटाई पाउँ भन्ने म गोविन्द लिगलिगेका नाउँमा २०३६।७।२० मा भ.पु.जि.अ.मा विपक्षी जयबहादुरले नालिश गरी त्यसपछि २०३६ सालको धान बाली २०३६ साल मार्ग ८ गते लुटपिट गर्यो बिगो रु. १,७६०। भराई पाउँ भनी म गोविन्द लिगलिगेका नाउँमा विपक्ष जयबहादुरले लुटपिट मुद्दा १ पनि दायर गरेकोमा उक्त जग्गा निर्मलानन्द मिश्रको आँगन गुठी जग्गा हो मोही बुद्धविर मचामसी भएकोमा १९९० सालको भूकम्पमा निर्मलानन्द मिश्र परलोक भई वहाँको सन्तान हकदार कोही नभएकोले गुठी जग्गाको स्वामित्व सरकारमा लागेको उक्त जग्गाको मोही बुद्धवीर र गोपा सिं परलोक भई गोपा सिंका भाइ गोपाल मचामसिबाट २०२७ सालको धान बालीदेखि जग्गा लिई जोती कमाई २०२९ सालदेखिको बाली तिरी आएको भन्ने समेत मेरो प्रतिवादी परेकोमा उक्त जग्गाको २०२९ सालदेखि २०३७ साल तकको कुत भ.पु.गु.त.ख.का. मा प्रतिवादीले बुझाएको रसीद थान नं. ५ छलफलमा प्रतिवादीले पेश गरेको वादीका नाउँमा जोताहा दर्ता नभएको र कुनै सालको पनि कुत बुझाएको रसीद पेश गर्न नसकेको उल्लेख गरिए अनुसार प्रतिवादी कुत बुझाई निजका नाउँमा जोताहा दर्ता भएको जग्गामा प्रतिवादीले खिचोला गर्यो भन्ने वादीको दावी पुग्न सक्दैन भन्ने खिचोला मुद्दामा र बाली लुटपिट गर्यो भन्ने वादीको दावा पुग्न सक्दैन भन्ने समेत भक्तपुर जिल्ला अदालतबाट २०३८।४।२१ गते फैसला भयो । उक्त दुवै मुद्दामा वादीले बा.अं.अ.मा पुनरावेदन गरेको छ । ३. उक्त जग्गाको बुद्धविर मचामसिलाई २०२२ साल आश्विन ११ गते रु. ४४८। धरौट राख्न लगाएको २०२७ सालसम्मको कुतबाली बाबु देवबहादुर छउन