निर्णय नं. ३००४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३००४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०१/३१ ३०६६ निर्णय नं. ३००४ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर १४५० विषय : उत्प्रेषण निवेदक :नेपाल औद्योगिक विकास कर्पोरेशनको विभागिय प्रमुख प्रथम श्रेणी अधिकृत चार्टड एकाउन्टेण्टको दरबन्दी रही हाल अख्तियार दुरुपयोग निवारण आयोग काठमाडौंमा काजमा रहेको कुन्जविहारी क्याल। विरुद्ध विपक्षी : श्री संञ्चालक समिति नेपाल औद्योगिक विकास कर्पोरेशन दरवारमार्ग काठमाडौं। श्री महाप्रबन्धक ने.औ.वि. कर्पोरेशन दरबारमार्ग काठमाडौं। आदेश भएको मिति: २०४४।१।३१।५ मा नियमले गरेको व्यवस्था अनुसार शुरु नियुक्ति गर्दाकै अवस्था अन्तिम स्केल पाउने गरी नियुक्ति गरिएको र त्यसपछि तलब बृद्धि हुँदा समेत अन्तिम स्केल नै दिई आएकोमा हाल नयाँ स्केल लागु हुँदा मात्र अन्तिम स्केल नपाउने भन्न नियमले नमिल्ने । (प्रकरण नं. २१) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार छ । २. म निवेदकलाई विपक्षी ने.औ.वि.क.को मिति २०३४।१।८ पत्रबाट १ वर्षको परिक्षणकालमा रहने गरी ऐ मितिदेखि नै अधिकृत स्तर प्रथम श्रेणीको विभागीय प्रमुख (चार्टड एकाउन्टेण्ट) मा नियुक्ति गरी पछि २०३५।२।६ को पत्रबाट सो नियुक्ति स्थायी गरिएको थियो । ३. गत श्रावण २०४१ सालदेखि लागु हुने गरी विभागीय प्रमुखको नयाँ पे स्केल रु. २,३२०।७५ (८) २९२० निर्धारित गरिएकोमा सञ्चालक समितिको विभिन्न मितिको निर्णयबाट पुष्ट्याई गरे अनुसार तथा नियुक्ति पत्रमा उल्लेखित शर्त अनुसार तलबको अन्तिम स्केल रु. २,९२०।– तथा चार्टर्ड एकाउन्टेन्सी भत्ता रु. ४००।– म निवेदकले पाउनु पर्नेमा सो तलब वापत रु. २,६९५।– मात्र प्रधान गरी सो तलब भत्ता घट्न गएको कारणसम्म पनि म निवेदकलाई जानकारी नदिएको कारणबाट मर्का पर्न गएकोले अन्तिम तलब स्केल रु. २,९२०।– र चार्टर्ड एकाउन्टेन्सी भत्ता पूवर्वतः पाउँ भनी श्रीमान महाप्रबन्धकज्यू ने.औ.वि.क. समक्ष निवेदन दिएकोमा यस कर्पोरेशनको सञ्चालक समितिको मिति २०४१।५।२१ को बैठकले तलब बृद्धि सम्बन्धमा निर्णय गर्दा ने.औ.वि.क. नियमावलीमा व्यवस्था भएदेखि बाहेक अन्य सबै भत्ताहरू खारेज गर्ने निर्णय गरेको जानकारी पाएँ र त्यसपछि पनि महाप्रबन्धकज्यू समक्ष निवेदन गर्दा अघि नै निर्णय भई सकेकोले केही गर्न मिल्दैन भनी जवाफ दिनु भयो । ४. उक्त पदमा मेरो प्रथम नियुक्ति मिति २०३४।१।८ मा भएको र सो नियुक्ति पत्रमा रु. १,१५०।४०। १,३५० इ.वि. ५०–१,६००। को स्केलको अन्तिम स्केलको मासिक तलब रु. १६००।– र चार्टर्ड एकाउन्टेन्सी भत्ता रु. ४००।– गरी जम्मा मासिक तलब भत्ता रु. २,०००। पाउने गरी नियुक्ति गरिएको भन्ने उल्लेख भए अनुसारको अन्तिम स्केलको तलब र भत्ता निवेदकले उपभोग गर्दै आएको र ०३५ श्रावण १ गतेदेखि उक्त पदको लब स्केल बृद्धि भई रु. १,२७५।४०।१,४७५ इ.वि. १,६२५ भएकोमा विपक्षी सञ्चालक समितिको मिति ०३५।९।१० को २९९ वा बैठकको नम्बर २,७५२ अनुसार सो स्केलको अन्तिम स्केल अनुसार रु. १,६२५।– तलब र चार्टर्ड एकाउन्टेन्सी भत्ता वापत रु. ४००।– समेत गरी रु. २,०२५।– उपभोग गरेको तथा २०३७ सालम