निर्णय नं. ३००५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३००५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०८/२४ २५०३ निर्णय नं. ३००५ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रि.नं. १९३६ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक :का.जि.का.न.पं. वा.नं. ९ बस्ने गणेशबहादुर श्रेष्ठ। विरुद्ध विपक्षी : मालपोत कार्यालय, काठमाडौं। अर्थ मन्त्रालय,मालपोत विभाग,बबरमहल,काठमाडौं। आदेश भएको मिति: २०४३।८।२४।३ मा जग्गा ०२६ सालमा नदी उकास भएपछि निवेदकले नै जोतभोग गरी ०३० सालसम्मको मालपोत धरौटी राखेको भन्ने कुरामा कुनै विवाद खडा भएको नदेखिनुका अतिरिक्त निवेदक बाहेक अन्य कुनै व्यक्तिले नदी उकास भएको विवादको जग्गा सकार गरेको भन्ने पनि देखिँदैन र विभागको परिपत्रले कानूनको रुप धारण गर्न समेत सक्तैन । तसर्थ कानूनी व्यवस्थानुसार निवेदकको नाममा विवादको जग्गा दर्ता गरी दिनमा कुनै कानूनी व्यवधान खडा हुने नदेखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दा : रि.नं. २२३७ निवेदक वृद्धिरत्न तुलाधर विपक्षी मालपोत कार्यालय काठमाडौं भएको रिटनिवेदनमा प्रतिपादित सिद्धान्त । आदेश न्या.पृथ्वीबहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. निवेदकको हकभोग दर्ताको साविक मौजे देउ पाटन पाश्र्व ४ पट्टि ई.हरिकुमार नगरकोटीको खान्गीको रै.नं. ११३२ को माटो मुरी २० को जग्गा दक्षिणतर्फबाट बागमती खोलाले कटान गर्दै ल्याएको २००० सालको सर्पट नापी डोर नं. मौजे १२ बाट नाप नक्शा भई मेरा नाममा पूर्जा समेत भई सि.नं. १६५ कि.नं. २७२ दोयम ज.रो. ३–८–० जग्गा ०२२ सालमा सर्भे नापी नक्शा हुँदा सिनामंगल गा.पं.वा.नं. २(ख) बाट नाप नक्शा हुँदा बागमती खोलामा परी ०२६ सालमा बागमती खोलाले छाडी उकास हुन आएबाट ०२६ सालको हिउँदे बालीदेखि आफैंले जोतभोग गरी ०३० सालसम्मको मालपोत धरौटी राखी आएको जग्गा नाप नक्शा गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ भनी पञ्चायतको सिफारिश साथ आफूसंग भएका प्रमाणहरू पेश गरी विपक्षी मा.का.मा. ०४०।९।६ मा म निवेदकले निवेदन गरेपछि भू तथा जलाधार संरक्षण विभागसंग मा.का. बाट सोधनी हुँदा दर्ता गर्न नमिल्ने कुनै कारण नदेखिने भनी जवाफ आएपछि श्रेस्ता भिडाई नाप नक्शा हुँदा ज.रो ६–१–० देखिई सरजमीन समेतबाट मेरो हकभोग देखिन आई कसैको हकभोग नभएको भन्ने भएपछि मा.का.ले समितिमा राखी सिफारिश साथ मालपोत भागमा स्वीकृतिको लागि पठाउँदा मालपोत प्रशासन दिग्दर्शन परिच्छेद ५ को दफा २० बमोजिम साल बसाली मालपोत नबुझाएको साथै लगत कट्टा समेत भएको नदेखिँदा उचित निर्देशनार्थ पेश गरेको छ भनी टिप्पणी उठाई पेश गरेकोमा नदीकाट भएपछि साल बसाली मिनाहा गराउनु पर्नेमा सो बमोजिम गरेको नदेखिएकोले निवेदकको माग बमोजिम दर्ता गर्न नमिल्ने हुँदा माग दावी खारेज गरी निवेदकलाई विभागको पत्र साथ जानकारी दिनु भनी मालपोत अधिकृतज्यूले ०४२।८।२८ मा निर्णय गरेको जानकारी आयो । ३. मुलुकी ऐन, जग्गा मिच्नेको २ नं. मा एक जग्गामा माझमा खोलो पसी वारीपारी जग्गा भई फेरी खोलाले छोड्यो भने त्यो खोला हिँडेको बगर जसको हो उसैको हुन्छ भन्ने र ऐ. ज.प.को ८ नं. मा जग