निर्णय नं. ३००७ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३००७ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०२/२१ २३७५ निर्णय नं. ३००७ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. १८३४ विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक : गोसाइकुण्ड निर्माण कम्पनी काठमाडौंका प्रोप्राइटर ठमेल काठमाडौं बस्ने वर्ष ४६ को रामकृष्ण उपाध्याय विरुद्ध विपक्षी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, जमल, काठमाडौं। श्री ५ को सरकार कर विभाग,लाजिम्पाट,काठमाडौं। श्री कर कार्यालय,बबरमहल,काठमाडौं। आदेश भएको मिति: २०४४।२।२१।५ मा आयकर ऐन, ०३१ को दफा ३४ को उपदफा (२) ले गरेको व्यवस्था बमोजिम पुनः कर निर्धारणमा पुनरावेदन नलाग्ने व्यवस्था गरेको भए तापनि प्रतिबन्धात्मक प्रावधानले सो मूल उपदफालाई नियन्त्रण गरी केही खास अवस्थामा अनुमतिको माध्यमबाट पुनरावेदन लाग्ने । (प्रकरण नं. २०) कर कार्यालयबाट गरिने कर निर्धारण कर अधिकृतले नै गरेको हुन्छ । कर कार्यालय काठमाडौंमा फाइल पठाई दिने भन्ने महानिर्देशकको निर्णयबाट कर कार्यालयको कर अधिकृतलाई कर निर्धारण गर्न तोकिएको मान्नु पर्दछ । पुनः कर निर्धारण उपर म.क्षे.अ. बाट अनुमति प्रदान भई पुनरावेदनमा दर्ता भइसकेको देखिन आउँछ । मुद्दाको निर्णय गर्दा उक्त उपदफामा उल्लिखित त्रुटिहरू विद्यमान छैन भनी हेरिनु पर्ने । (प्रकरण नं. २१) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. निवेदक गोसाइकुण्ड निर्माण कम्पनीको आ.ब. २०३५।०३६ को ठेक्काको आय विवरण मिति २०३७।३।३१ मा र आ.ब. २०३६।०३७ को ठेक्काको आय विवरण मिति २०३७।४।२८ मा कर कार्यालय समक्ष पेश गरेको थिएँ । कर कार्यालय काठमाडौंबाट आ.ब. २०३५।०३६ र आ.ब. २०३६।०३७ को लागि भएको मिति २०३७।१२।२० को आयकर निर्धारण आदेश उपर चित्त नबुझी कर विभागका महानिर्देशकज्यू समक्ष आयकर ऐन, २०३१ को संशोधित दफा ३४(२) को आधारमा निवेदन दिएकोमा कर विभागको का.मु. महानिर्देशकज्यूबाट पुनः कर निर्धारण गर्नको लागि लेखी पठाउने भन्ने मिति २०३८।१०।४ मा आदेश पर्चा भएको थियो । ३. उक्त पर्चा आदेशानुसार कार्यालय काठमाडौंका प्रमुख कर अधिकृतले आ.ब. २०३५।०३६ का लागि खुद आय रु. ६,०१,५७५।४४ र आ.ब. २०३६।०३७ को लागि खुद आय रु. ६,५७,६५९।३५ कायम गर्ने गरी मिति २०३८।१०।९ मा पर्चा खडा गरी मिति २०३८।१०।११ मा कर अधिकृतद्वारा आ.ब. ०३५।०३६ का लागि आयकर रु. २,७५४१८।५० र जरिवाना रु. ९।५० तथा आ.ब. २०३६।०३७ का लागि आयकर रु. ३,०३,०७९।६९ लगाई आयकर निर्धारण आदेश गरियो । ४. यसरी खुद आय कायम गरेको पर्चा र कर निर्धारण आदेशमा आयकर ऐन, २०३१ को संशोधित दफा ३४(५) को प्रतिबन्धात्मक वाक्यांशको देहाय खण्ड (ग) र (घ) समेतको प्रश्नमा प्रत्यक्ष कानूनी त्रुटी भएको देखाई पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन उपर पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदन लगतमा दर्ता भएकोमा म.क्षे.अ. बाट आयकर ऐन, २०३१ को दफा ३४(५) मा व्यवस्था भए बमोजिम महानिर्देशक वा निजले तो