निर्णय नं. ३००८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३००८ - अंश भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/११/०६ ३३४९ निर्णय नं. ३००८ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ४३४, ४३३ मुद्दा : अंश पुनरावेदक/प्रतिवादी: जि. बाँके भवानीपुर गा.पं. वार्ड नं. २ बस्ने अयोध्या प्रसाद पाठक। जि.बाँके महेन्द्र नगर गा.पं.वार्ड नं.५ बस्ने घनश्याम प्रसाद पाठक। विरुद्ध विपक्षी/वादी: जि. बाँके शिवपुरी गा.पं. वार्ड नं. १ बस्ने रामदुलारे पाठक फैसला भएको मिति : २०४३।११।६।४ मा लिखत कानूनले पास हुनु पर्नेमा पास नभएको भए पनि सो कागजको कानूनी असरमा सम्म मान्यता नपाउने भए पनि सो लिखतमा लेखिएको व्यहोरा सम्बन्धित पक्षका सम्बन्धमा प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. १४) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी यस अदालतमा दिएको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न अनुसार रहेछ । २. स्वर्गीय बाबुराम लोटनको जेठो बच्चन, माइला राम पदारथ, साहिला म दुलारे कान्छा बाबुराम पाठक समेत ४ छोरा भएकोमा बच्चनको जेठो छोरा राममिलन परलोक भई निजको जेठो छोरा घनश्याम र निज बच्चनको कान्छा छोरा प्र.अयोध्याप्रसाद हुन । राम पदारथकी पत्नी प्र.सुरसतादेवी छोरा वीरेन्द्रकुमार र निज बाबुराम जेठो छोरा म रामसुन्दर काछो छोरा प्र.मनिजन समेतका एकाघर सगोलका अंशियार मध्ये बच्चन राममिलन रामपदारथ समेत परलोक भई सकेकोले बाँकी अंशियारहरूको अंश लाग्ने सम्पत्ति एकासगोलबाटै भोगचलन गरी आएकोमा प्रतिवादीहरूसँग हित्तचित्त नमिली अंशबण्डा गरौं भनी २०३७।५।२८ मा अंश माग्दा अंश दिन्न भनी जवाफ दिएकोले प्रतिवादीहरूबाट अंशको फाँटवारी लिई ४ भाग मध्ये १ भाग भराई दिलाई पाउँ भन्ने रामदुलारे पाठकको फिराद दावी । ३. मूल पूर्खा राम लोटनको ४ छोराहरूको बीचमा २००० साल पौष २५ मा अंश बण्डा भई छुट्टाछुट्टै भोगचलन व्यवहार गरी आएका छौं म अयोध्याप्रसाद प्र.घनश्याम पनि २० वर्ष अघि नै छुट्टी भिन्न भई सकेकोले हामीहरू कुनै प्रतिवादी र वादी समेत सगोलमा छैनौं । हाम्रो घरसारमा अंशबण्डा गरिसकेको हुँदा फिराद दावीबाट फुर्सद गरिपाउँ भन्ने अयोध्याप्रसाद र घनश्यामको पृथक पृथक प्रतिउत्तर । ४. रामलौटनका ४ छोराहरूले २००० सालमा नै अंश बण्डा भई अलग बसेका छन् । भूमिसुधार लागु हुँदाको बखत हाम्रा बाबु बाबुराम र वादी राम दुलारेले समेत ७ नं. फाँटवारी र मोही १ नं. लगत समेत छुट्टाछुट्टै भरी कसैले कसैलाई अंशियार नदेखाएकोले पनि फिराद दावी झुठ्ठा हो भन्ने समेत प्र.मुनिजरलाल पाठक, रामसुन्दर बाहुन समेतको संयुक्त प्रतिउत्तरपत्र । ५. वादी प्रतिवादीहरू बीच अंशवण्डा भएको छैन वादी प्रतिवादहरू सगोलमा नै छन् भन्ने वादीका साक्षीहरूको बकपत्र । ६. वादी प्रतिवादीहरूको बीच २००० सालमा नै अंशबण्डा भई सकेको हुँदा अंशबण्डा हुन बाँकी छैन भन्ने प्रतिवादीहरूका साक्षीहरूको बकपत्र । ७. २०००।९।२५।१ को र २०३६।१०।२५ को घरसारको बण्डापत्र कागज देखें सुनें दुवै कागज सद्दे साँचो हुन सो बण्डापत्र बमोजिम अंश छुट्याई लिन सरसल्लाह नमिलेबाट पारीत नगराई सबै सम्पत्ति सगोलमा