निर्णय नं. ३००९ - लिखत बदर गरी हक कायम गरिपाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३००९ - लिखत बदर गरी हक कायम गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०१/२५ २६१९ निर्णय नं. ३००९ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ६४५ मुद्दा : लिखत बदर गरी हक कायम गरिपाउँ। पुनरावेदक/प्रतिवादी : नेपालगञ्ज न.पं. वार्ड नं. ३ बस्ने रामशुमिरन बैष्य। विरुद्ध विपक्षी/वादी : साविक इन्द्रपुर गा.पं.हाल ने.गा.न.पं. वार्ड नं. १६ बस्ने राम फल धोवी फैसला भएको मिति : २०४४।१।२५।६ मा सगोलका अंशियारले सगोलको सम्पत्ति अरु अंशियारको मन्जूरी नलिई बिक्री गरेमा जो जस्को जति कुरामा हक लाग्छ उस्ले उति कुरामा दावी लिई लेनदेनको १० नं. अन्तर्गत दावी लिनु पर्ने र त्यस्तो उजूर परेकोमा उजूर गर्नेको हक जति बदर हुने । (प्रकरण नं. १३) पुनरावेदक,प्रतिवादी तर्फबाटःX विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ। २. स्व.बाजे महगुको जेठा छोरा स्व.ओरिलाल माहिला स्व.वलाली कान्छा स्व.विपत समेत ३ छोरा भएको ओरिलालको छोरा म वादी सम्पत बुलालीको छोरा प्र.भेगाले र विपतको छोरा म रामफल भई हामी वादी र प्रतिवादी समेत सगोलका अंशियार हौं अंश बण्डा भएको छैन पूख्र्यौली जग्गा बुलालीका नाउँबाट प्र.भेगालालले आफ्नो नाममा नामसारी गरी हाम्रा हक अंश लाग्ने इन्द्रपुर गा.पं. वार्ड नं. २ कि.नं. २९२ को जग्गा विगहा ०–११–१३ प्र.राम सुमिरन वैश्यलाई २४,५००।– मा २०३७।८।१५ मा राजीनामा पारीत गरी दिएको २०३७।९।१५ मा नक्कली लिई थाहा पाएकोले फिराद गरेका छौं लेनदेन व्यवहारको १० नं. बमोजिम बण्डाको ३ खण्डको दुई खण्ड जग्गाको राजीनामा बदर गरी हाम्रो अंश हक फिर्ता गरी दर्ता गरिपाउँ भन्ने समेत फिराद दावी । ३. ओरिलालको छोरा सम्पत मात्र नभई कामताप्रसाद असउ, शितल समेत छन् र यस्तै विखतको छोरा रामफल मात्र नभई कुन्नु, भुन्नु समेत छन् । मेरा दाता भगोले धोवी र वादीहरू एकासगोलमा छैनन्, बाबुहरू एकासगोलमा छैनन् बाबुहरूकै पालामा छुट्टी भिन्न भई ४० वर्ष अघिदेखि छुट्टै व्यवहार गरी घर समेत छुट्टाछुट्टै भई जग्गा समेत बेग्ला बेग्लै नाममा दर्ता भई अंश बण्डा भई सकेको हुँदा लिखत बदर हुनुपर्ने होइन भन्ने समेत राम सुमिरन बैश्यको प्रतिउत्तरपत्र । ४. प्रतिवादी भोगोले धोवीले प्रतिवाद नै नगरी शुरु म्याद नै गुजारी बसेको रहेछ । ५. ओरिलालको कामता, आशाराम, शितल र सम्पत समेत ४ छोरा छन् बुलालको एकमात्र छोरा भगोले र विपतको कुन्नु, भुन्नु रामफल र ललान समेत ४ छोरा हुन भन्ने समेत प्र.को पेटवोलीबाट बुझिएका भुन्नु धोवी, शितल धोवी, कामता धोवी असउ भन्ने आशाराम धोवी समेतको बयान । ६. वादी दावीको समुच्चा जग्गा जग्गाको ३ खण्डको १ खण्ड ओरिलालको छोराहरूमा पर्न आई सो १ खण्ड मध्ये ४ खण्डको १ खण्ड सम्मको लिखत सम्पतको हकमा बदर भई यसै गरी ३ खण्डको १ खण्ड विपतको छोराहरूमा पर्न आई सो १ खण्ड मध्ये ३ खण्डको १ खण्डसम्मको लिखत रामफल धोवीको हकमा बदर भई सो हदसम्म वादीहरूको सम्पत र रामफलका नाउँमा दर्ता हुने ठहर्छ भन्ने बाँके जि.अ. को २०४०।१०।१७ को फैसला । ७. हामीहरूले भाइहरूको अंशबण्डा गर्ने अवस्थामा मात्र बराबर अंश लाग्ने हो अहिले सो स्थिति विद्यमान नभएकोले सगोलका भाइहरुबाट अंश