निर्णय नं. ३०१० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०१० - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०१/२५ २३७६ निर्णय नं. ३०१० ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको रिट नम्बर २५३३ विषय : उत्प्रेषण रिट/निवेदक: जि. सप्तरी पलौनिया गा.पं. वार्ड नं. ६ मौजे लैनिया बस्ने असर्फी खंग खत्वे। विरुद्ध विपक्षी : ऐ. ऐ. बस्ने भागवत खंग खत्वे। भूमि सुधार अधिकारी भू.सु.का सप्तरी । आदेश भएको मिति : २०४४।१।२५।६ मा २ जना भलादमी मात्र राखी तामेल भएको अ.बं. ११० नं. ले अनिवार्य गरे बमोजिम पञ्च सदस्य वा सम्बन्धित वडाको गा.स.स. वा सचिव साक्षी रहेको देखिन नआएकोले रीतपूर्वक तामेल भएको भनी भन्न कानूनले नमिल्ने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेश्वरप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ । २. जि. सप्तरी गा.पं. लौनिया वार्ड नं. ६ को कि.नं. १५९ को जग्गा विगहा १–१३–३ विपक्षी भागवत खंग खत्वेको थियो र त्यसको मोही भई मोहियानीमा जोती आएको थिएँ । मोहियानी हकको प्रमाणपत्र पनि पाइसकेको छु । सो जग्गाको मोहियानी सम्बन्धमा यो जग्गाधनीसंग मुद्दा परी मैले जिती पाएको थिएँ । उक्त जग्गाको कुतबाली जग्गाधनीले बुझ्न आलटाल गर्दा मैले २०३९, २०४० तथा २०४१ मा स्थानीय पञ्चायत लौनियामा जम्मा गरी दिएको थिएँ । यसै बीच २०४१ सालको बाली मोही असर्फीले नदिएकोले बाली भराई मोहीबाट निष्काशन गरिपाउँ भनी विपक्षी जग्गाधनीले भू.सु.का. सप्तरीमा फिराद गर्नु भयो । सो सम्बन्धमा मैले कुनै म्याद पाइन मेरो परिवारका कुनै सदस्यलाई पनि बुझाएको तथा घर दैलोमा टाँस गरेको समेत छैन । असर्फी खंगलाई मोहीबाट निष्काशन गराइ दिएँ भनी जग्गाधनीले २०४३ साल आषाढमा गाउँ घरका मानिससँग कुरा गर्नु भएकोले थाहा पाई भू.सु.का. मा गई बुझ्दा कुरा साँचो रहेछ । भू.सु. अधिकारीबाट ०४३।२।२६ गते मलाई मोहीबाट निष्काशन हुने गरी फैसला भएको रहेछ । मैले उक्त फैसलाको नक्कल भू.सु.का.बाट २०४३।३।६ मा सारी लिँदा थाहा पाएको छु । ३. यसरी भू.सु.का. बाट भएको निर्णयमा ०४२।२।२३ गतेको समाव्हान आफैंले बुझी थाम्ने थमाउने म्याद गुजारी प्रतिपादन नै नगरी बसेको भन्ने उल्लेख गरेकोमा यसरी म र मेरो परिवार कसैले नबुझेको र घर दैलोमा पनि टाँस नभएको साथै देवानी मुद्दामा इतलायनामा पठाउनु पर्नेमा समाव्हा जारी गरेको गैरकानूनी हुनुको साथै अ.बं. ११० नं. को विपरीत भएको छ। अर्कोतर्फ २०४० र २०४१ सालको कुतबाली मैले २०४१।१।१५ मा नै स्थानीय लौनिया गा.पं. मा बुझाई सकेकोलाई नबुझी मोही निष्काशन गर्ने गरेको (साविक पेज नं. २५७) भू.सु.का. मिति ०४३।२।२६ को सप्तरीको निर्णय गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४३।७।१३।५ को आदेशले प्राप्त हुन आएको लिखितजवाफ यस प्रकार रहेछ । ५. विपक्षी असर्फीले स्थानीय गा.पं. मा कुतबाली धरौट राख्नु भएको भए नियम अनुसार यस कार्यालय र जग्गाधनीलाई जानकारी हुनुपर्नेमा भएको छैन । भागवत खंग खत्वेको उजूरी परेपछि यी रिट निवेदकका नाउँमा नियमानुसार म्याद तामे