निर्णय नं. ३०११ - बहुविवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०११ - बहुविवाह भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४४/०२/०५ ७२४५ निर्णय नं. ३०११ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ५०० मुद्दा : बहुविवाह पुनरावेदक/वादी : नजिवुल्ला मियाँको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. झापा बनियानी गा.पं. वा.नं. ९ बस्ने इन्द्रिस मियाँ। ऐ.ऐ बस्ने वच्चा मियां। फैसला भएको मिति : २०४४।२।५।३ मा ऐनमा भएको व्यवस्थाले नेपाल अधिराज्यका नेपाली नागरिकलाई एउटा स्वास्नी भई भई कन निजसंग सम्बन्ध विच्छेद हुनु बेगर अर्को स्वास्नी मानिससँग विवाह गर्न निषेध गरेको हुँदा नेपालको नागरिकको हैसियतबाट निज जहाँसुकै रहे पनि निजउपर सो ऐनले लगाएको प्रतिबन्ध छुट्न नसक्ने । (प्रकरण नं. १८) पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह, विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्त श्री नैनविनोद नेउपाने उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।३।२४।२ को फैसला उपर यस अदालतबाट वादी श्री ५ को सरकारलाई पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. बनियानी गा.पं. वा.नं. ९ बस्ने बिलमहमद मियाँले पालनपोषण गरी राखेकी भतिजी बच्चा मियाँनिलाई भुँडी बोकाई २०३७ साल वैशाखमा भारत लगी २०३७ साल ज्येष्ठ ११ गते निजको छोरा इन्द्रिस मियाँलाई विवाह गराई छोरा बुहारी घरमा आएका छन् । इन्द्रिस मियाँको पहिलो विवाह गरेकी श्रीमती छँदैछ, बहुविवाह गर्ने उपर कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको २०३७।४।२३ को नजिवुल्ला मियाँको जाहेरी । ३. २०३७।२।२१ गते इन्द्रिस मियाँले बच्चा मियाँलाई विवाह गरी २०३७।३।३ गते भारतबाट आएको थाहा पाई वार्ड अध्यक्षको हैसियतले हुलाकद्वारा जाहेरी दिएको छु । बहुविवाह गरेकोमा कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरवाला नजिवुल्ला मियाँको प्रहरीमा गरेको कागज । ४. बच्चा मियाँ मेरो तीन पुस्ता भित्रकी भतिजी हो । छोरा इन्द्रिसको १० वर्ष अगाडि अपतरुन मियाँनीसँग विवाह भई एक छोरी छ, पुनः २०३७ साल वैशाख १७ गते भारत पारसरीमा लगी पुनः विवाह आफैंले गरेको हो । बच्चा मियाँनीलाई मैले गर्भवति बनाएको होइन, छोराको गर्भ हो, मलाई दुश्मनीले उजूर गरेको हो भन्ने विलमहम्मद मियाँको २०३७।४।२६।१ को प्रहरीमा गरेको कागज । ५. भारत बस्ने बच्चा मियाँनीलाई भारतमै विवाह गरी २०३७।२।१० गते घरमा ल्याएको हुँ । बच्चा मियाँनीसंग विवाह नहुँदै देखि करणी लिनु दिनु थियो, गर्भवति भएको ५ महिना भयो, मेरी जेठी श्रीमती पनि घरमै छ । खाँसीको विमारी छ, बच्चा मियाँलाई मेरा बाबुले गर्भवति तुल्याएको होइन, बच्चा मियाँ मेरो चार पाँच पुस्ता परको बहिनी हो, विवाह गर्न हुन्छ । मैले प्रेम विवाह गरेको हुँ भन्ने समेत व्यहोराको इन्द्रिस मियाँले २०३७।४।२८।३ मा प्रहरीमा गरेको कागज । ६. मुलुकी ऐन बिहावारीको ९ नं. को विपरीत बहुविवाह गर्ने इन्द्रिस मियाँ र जानीजानी स्वास्नी भई बस्ने बचा मियाँनी समेत २ जना उपर सोही ऐनको १० नं. बमोजिम सजायँ हुने र बिल महम्मदले बच्चा मियाँलाई गर्भवति तुल्याएको कहिँ कतैबाट नदेखिँदा कारवाही गर्नु नपर्ने भन्ने समेतको व्यहोराको २०३७।५।९।२ को प्रहरी प्रतिवेदन । ७. अपतरुन मियाँसंग मेरो विवा