निर्णय नं. ३०१२ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०१२ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०९/१८ २४९३ निर्णय नं. ३०१२ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको रि.नं. २०३६ विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक : का.न.पं. वडा नं. ७ सिफल बस्ने वर्ष ४१ को विदुरविक्रम अधिकारी विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्री परिषद् सचिवालय, काठमाडौं। श्री ५ को सरकार,सामान्य प्रशासन मन्त्रालय,हरिहर भवन। श्री निजामती किताब खाना हरिहर भवन। आदेश भएको मिति: २०४३।९।१८।६ मा निजामती सेवा नियमावली, २०२१ को नियम ७.१(३) बमोजिम निवृत्तभरण पाक्ने अवस्था पुगेको निजामती कर्मचारीलाई श्री ५ को सरकारले अवकाश दिन सक्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिलः नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म निवेदक साधारणतर्फको स्थायी पद शाखा अधिकृतमा मिति २०२७।१०।२८ मा नियुक्ति भई त्यसपछि राजपत्रांकित द्वितीय श्रेणको पदमा बढुवा भई प्रमुख जिल्ला अधिकारी, सहायक अञ्चलाधीश तथा का.मु. सहअञ्चलाधीश पदमा समेत कार्यरत भई सेवा गरेको र अन्तमा अतिरिक्त समूहमा सरुवा गरिएको थियो । ३. यस्तैमा श्री ५ को सरकारले मिति २०४१।९।३ को निर्णयानुसार तपाईलाई निजामती सेवा नियमावली, २०२१ को नियम ७.१.(३) बमोजिम श्री ५ को सरकारको नोकरीबाट अवकाश दिएको भन्ने सामान्य प्रशासन मन्त्रालयको मिति २०४१।९।१० को पत्र प्राप्त भयो । मिति २०४१।९।३ को उक्त निर्णयको प्रतिलिपिको लागि मिति २०४१।९।१० मा सामान्य प्रशासनसँग सम्पर्क राख्दा उक्त निर्णयको प्रतिलिपि पाउन नसकेको हुँदा नियमानुसार पाउने निवृत्तिभरणको लागि निजामती किताबखानामा निवेदन दिएकोमा मिति २०४१।१०।१८ मा तपाईको अभिलेख हेर्दा मिति २०२७।१०।२८ मा मात्र साधारणतर्फ तपाई नियुक्त हुनु भएकोले सो भन्दा अगाडिको नोकरी नजोडिएको हुँदा तपाईले निवृत्तिभरण पाउन नसक्ने भएको भन्ने व्यहोराको पत्र प्राप्त भयो । ४. कुनै कानून अन्तर्गतको अधिकार प्रयोग गरी भएको नियुक्तलाई कानून र प्राकृतिक न्यायको सिद्धान्तको अनुशरण गरेर मात्र अन्त गर्न सकिन्छ । प्रशासकीय पदमा रहेको कर्मचारीलाई स्वामी र सेवकको निजी सम्बन्ध हो भन्ने आधारमा जहिले सुकै वा जुन सुकै प्रकारले यो नियुक्तिको अन्त गर्न नमिल्ने भन्ने सर्वमान्य न्यायिक सिद्धान्त छ । साधारणतर्फको स्थायी राजपत्रांकित तृतीय श्रेणको पदमा निवेदकको नियुक्ति मिति २०२७।१०।२८ मा मात्र भएको र कानून बमोजिम बढुवा पनि भएकोले निजामती सेवा (संशोधन सहितको) नियमावली, २०२१ को नियम ७.१ बमोजिम उमेर ६० वर्ष पूरा नभएसम्म वा नियम ७.४ बमोजिम घटीमा २० वर्ष अर्थात् निवृतिभरण पाक्ने अवस्था नपुगेसम्म सो पदमा बहाल रही देश नरेशको सेवा गर्न पाउने निवेदकको कानूनी हक समेत भएकोले निवेदकलाई सो पदबाट अवकाश दिँदा कानूनले निधारित गरे बमोजिम अर्थात् नि.से.नि. को नियम ७.१(३) नियम ७.४ बमोजिम वा नियम ७.४ को प्रतिबन्धात्मक वाध्यांश १ बमोजिमको पूर्वावस्था विद्यमान भएमा मात