निर्णय नं. ३०१३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०१३ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/११/२९ २६७५ निर्णय नं. ३०१३ ने.का.प. २०४४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर २२२४ विषय : उत्प्रेषण निवेदक : कैलाली धनगढी न.पं. वार्ड नं. २ बस्ने टेककुमारी शाह विरुद्ध विपक्षी : जिल्ला कार्यालय कैलाली। मेन्टिनेन्स नापी शाखा कैलाली। वालमन्दिर कैलाली। जिल्ला प्रहरी कार्यालय,धनगढी। आदेश भएको मिति: २०४३।११।२९।६ मा विवाद उठेको कहिँकतैबाट पुष्टि हुन सकेको छैन, विवाद उठेको ठहर्याई सो सम्बन्धमा प्रमाण बुझी निर्णय गर्ने अधिकार प्र.जि.अ.लाई भएको देखिँदैन । अधिकार प्राप्त निकाय अर्थात् नगरपञ्चायतबाट भएको नक्शा पासको निर्णय बमोजिम बन्न लागेको घर रोक्का गरी न.पं.को निर्णय नै निष्कृय तुल्याउने गरी प्र.जि.अ. बाट भएको आदेश मिलेको नदेखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिलः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४२।१।३१ मा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ। २. २०२१ सालको नापीमा श्रीनगर गा.पं. वार्ड नं. २(ख) बाट पति लोकेन्द्रबहादुर शाहको नाममा नापी दर्ता भएको कि.नं. ४६६ को जग्गा २०३५।१२।१० को बकसपत्रबाट मेरो नाममा हकसारी आएकोमा बिक्री गर्दा कि.का. हुँदा ७९४ र ७९५ कायम भएकोमा कि.नं. ७९४ मेरो नाममा ज.ध.प्र.पू. समेत प्राप्त गरी निर्विवाद रुपमा अविछिन्न भोगचलन गरी मालपोत समेत तिरी आएको छु । २०४०।५।१७ मा सोही जग्गामा घर बनाउनको लागि धनगढी न.पं.मा नक्शापासको लागि कारवाही हुँदा कसैको उजूरबाजूर नपरेको हुँदा नक्शा पास भई घर बनाउन लाग्दा विपक्षी प्रहरी कार्यालयका प्रहरीहरूले घर बनाउन विपक्षी प्र.जि.अ.को आदेशानुसार रोक्का छ भनी रोकी दिएबाट सोही दिन छोरा मोहनबहादुर शाहलाई प्र.जि.अ. समक्ष मेरो निर्माणाधीन घर रोक्का हुने होइन भनी निवेदन गर्न लगाए । मिति ०४१।११।११ मा विपक्षी जिल्ला कार्यालयले मेरो छोरा मोहनबहादुरको नाममा बाल मन्दिर पर्खाल बाहिर बिजुलीको लठ्ठादेखी १६ फिट दक्षिणसम्म बाल मन्दिरको सीमाना भनी विपक्षी नापी कार्यालयबाट लेखी आएको भन्दै विवादको टुंगो नलागेसम्म सो स्थानमा निर्माण कार्य नगर्ने सूचित गरिएको भन्ने व्यहोराको पत्र पठाएको रहेछ । ३. यसरी नापी नक्शा भई ज.ध.प्र.पू. समेत प्राप्त गरी नक्शा पास गरी म निवेदिकाको निर्विवाद हकभोगको जग्गा कायम भई सकेको छँदाछँदै उक्त जग्गामा निर्माण नगर भनी विपक्षी जिल्ला कार्यालय समेतले गर्न पाउने अधिकार छैन । कसैको जग्गा मिचिएको भएमा नक्शा पास हुँदा कै बखतमा नगरपञ्चायत ऐन, २०१९ बमोजिम उजूर गर्नु पर्नेमा गरिएको छैन । जुन नापी शाखाले कि.का. गरी दिई मलाई ज.ध.प्र.पु. समेत दिएकोमा त्यसको प्रतिकूल हुने गरी आफ्नो सम्पत्ति आफूखुस उपभोग गर्नबाट वञ्चित हुने गरी विपक्षी प्र.जि.अ. समेतले दिएको आदेश प्राकृतिक न्याय सिद्धान्त तथा नागरिक अधिकार ऐनको दफा ६(६) र ९ र संविधानको धारा १०,११(२) र १५ ले प्रदत्त हकमा हनन् हुन गएको हुँदा उत्प्रेषणको आदेशद्वारा मेरो जग्गामा पारीत नक्शा अनुसार निर्माण कार्य नगर्नु भन्ने विपक्षी प्र.जि.अ.को मिति ०४१।११।११ को पत्र आदेश तथा जि.प्र.का. समेतको काम कारवाही तथा न