निर्णय नं. ३०१४ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०१४ - बन्दीप्रत्यक्षीकरण भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/०४ १९५९ निर्णय नं. ३०१४ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट पूर्णइजलास नम्बर ३४ विषय : बन्दीप्रत्यक्षीकरण निवेदक : पर्सा जिल्ला अदालत समेत। विरुद्ध विपक्षी : जिल्ला पर्सा गाउँ पञ्चायत नगरदाहा वडा नं. ६ घर हुने नसरुद्दीन देवान। आदेश भएको मिति : २०४४।३।४।५ मा फैसला भई सकेको भन्ने जवाफ प्राप्त भएकोले उपस्थित प्रश्नतर्फ विचार गर्नु निरर्थक हुने। (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः निवेदक नसरुद्दिन देवान र विपक्षी पर्सा जिल्ला अदालत समेत भएको बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने रिटनिवेदनमा पूर्णइजलासबाट मिति २०४२।२।३२ मा भएको आदेशमा श्री ५ को सरकार सम्बन्धित पक्ष नभए तापनि त्यसबाट श्री ५ को सरकारको अरु मुद्दामा असर पर्ने हुनाले एकपटक फुल बेञ्चबाट दोहोर्याई दिने हुकुम प्रमांगी बक्स पाउँ भन्ने महान्यायाधिवक्ताको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा त्यस अदालतको पूर्णइजलासबाट छिनिएको बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने रिटनिवेदन सम्बन्धी मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहोर्याई हेरी कानून बमोजिम गरी निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. मिति २०४१।६।२० को वारदात देखाई २०४१।६।२५ मा रघुनाथ सा तेलीले जाहेरी दर्खास्त दिएकोमा प्रहरीले कुटपिट गरी भाइ नसरुद्दिनलाई कुटपिट गरेमा सावित गराई ज्यानसम्बन्धी महलको १५ नं. को दावी लिई प्रहरी प्रतिवेदन परेकोमा भाइ नसरुद्दिनले अदालतमा इन्कारी बयान गरेको थियो । जिल्ला अदालत पर्साबाट २०४१।७।१९ मा अ.बं. ११८ नं. को देहाय ३(१) बमोजिम पुर्पक्षको लागि थुनामा राख्ने गरी आदेश भए उपर अ.बं. १७ नं. बमोजिम म.क्षे.अ.मा निवेदन दिएकोमा कानून बमोजिम गर्नु भनी मिति २०४१।८।२२ मा म.क्षे.अ. बाट आदेश भयो । ३. प्रयोगमा आउन नसक्ने ऐन लगाई भाइ नसरुद्दिनलाई थुनामा राखिएको छ । अ.बं. ११८ नं. मा विभिन्न मुद्दाहरूको बारेमा थुनछेकको व्यवस्था भएकोछ । देहाय ३ देखि ९ सम्म ज्यान मारेको सम्बन्धमा व्यवस्था छ । ज्यान नमरेको अवस्थामा देहाय १० मा व्यवस्था छ । उक्त देहाय १० मा ज्यान मर्ने बाँच्ने दोसाँध रहेसम्म थुनामा राख्ने र एक्काइस दिन भन्दा बढी थुनामा राख्नु पर्ने भएमा त्यो व्यक्ति अझै उस्तै हालतमा छ भनी सरकारी चिकित्सकले प्रत्येक सात दिनमा प्रमाणित गरेको हुनु पर्ने व्यवस्था छ । ज्यान मार्ने उद्योग मुद्दामा सोही देहाय १० लागु हुने हो । घाइते मर्ने बाँच्ने दोसाँधको स्थितिमा छैन । अ.बं. ११८ नं. को देहाय ३(१) हेरिएमा पनि भाइ नसरुद्दिनले मार्ने नियतले कुटपिट गरेको भनी सावित भएको छैन । वारदातको कुनै तथ्यमा सावित हुँदैमा अपराध स्वीकार गरेको मानिदैन । तसर्थ पूर्पक्षको लागि थुनामा राख्ने गरेको पर्सा जिल्ला अदालतको मिति २०४१।७।१९ को आदेश र म.क्षे.अ.को २०४१।८।२२ मा कानून बमोजिम गर्नु भन्ने आद