निर्णय नं. ३०१५ - अंशनाता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०१५ - अंशनाता कायम भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/२५ २११९ निर्णय नं. ३०१५ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे. पूर्णइजलास नं. ७३ मुद्दा : अंशनाता कायम निवेदक/प्रतिवादी: बुटवल नगरपञ्चायत वडा नं. ६ खस्यौली बस्ने कृष्णकुमारी श्रेष्ठ (क्षेत्रीनी) विरुद्ध विपक्षी/वादी : जिल्ला रुपन्देही बुटवल नगरपञ्चायत वडा नं. ६ खस्यौली बस्ने कृष्णदेवी क्षेत्रीनी। ऐ.ऐ बस्ने जीवन राम क्षेत्री। ऐ.ऐ बस्ने बल्लीराम क्षेत्री। ऐ.ऐ बस्ने घन्नुराम क्षेत्री। ऐ.ऐ बस्ने साधुराम क्षेत्री। फैसला भएको मिति : २०४४।३।२५।५ मा प्रतिवादीले जग्गा राजीनामा गरी बिक्री गर्दा वादी एकाघरको लोग्ने भनी साक्षी बसेको पाइन्छ, यस स्थितिमा वादीहरू र प्रतिवादीका बीच अंशबण्डा भएको भन्ने पनि देखिन आएन । अंशबण्डा गर्ने गरेको सम्पत्ति सगोलको भन्ने वादीहरू र मेरो निजी आर्जनको सम्पत्ति अंश लाग्ने होइन भन्ने प्रतिवादीको जिकिरतर्फ सो सम्पत्ति प्रतिवादीले आर्जन गरेको भए पनि सगोल रहेको अवस्था आर्जन गरेको देखिन्छ, अंशबण्डाको १८ नं. संशोधन हुनु अगावै आर्जन भएको हुँदा सोही आर्जन भए पनि बण्डा गर्नु पर्ने । (प्रकरण नं. १५) निवेदिका, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दाःX फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंहः श्री ५ महाराजाधिराज सरकारको जुनाफमा सर्वोच्च अदालतको निर्णय दोहोर्याई पाउँ भनी प्रतिवादीले चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४२।३।२५।३ मा लेखी आएअनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. म साधुरामकी जेठी श्रीमती कृष्णदेवीतर्फ जीवनराम समेतको ३ छोरा भएको र रोजगार निमित्त नेपाल वीरगंज आई व्यापार गरी बस्दा २००७ सालमा विपक्षी कृष्णकुमारीलाई स्वास्नी तुल्याई २०१० सालमा बुटवलमा आई म अनागरिक हुँदा सुकुम्बासी जग्गा कृष्णकुमारीका नाम भई दर्ता गरी सगोल सम्पत्तिबाट घर समेत बनाई अरु घडेरी समेत खरीद गरी सगोलमा नै बसी आएकोमा कृष्णकुमारीले घर घडेरी बिक्री गरी हिनामिना गर्ने उद्देश्य लिएकोले अंशबण्डा गरी आफ्नो हिस्सा जे इच्छा लाग्छ गर भन्दा अंश गर्न इन्कार गरेकोले नालेश गरेको छौं । निजबाट अंशको फाँटवारी समेत लिई ६ अंश भाग लगाई १ भाग विपक्षीको छुट्याई ५ भाग हामीलाई दिलाई पाउँ भन्ने साधुराम समेतको फिरादपत्र । ३. मेरो विवाह काठमाडौंमा भएकोमा लोग्नेसँग समेत भई माइतीबाट दिएको दाइजो सम्पत्ति लिई बुटवलमा आई व्यापार गरी बसेको र २०११ सालमा विपक्षी साधुरामसंग लोग्ने तुल्याई बसेकोमा पेवा आर्जित सम्पत्तिमा लुब्ध भई बिक्री गरी भारत लैजाने विचारमा मैले इन्कार गरेकी हुँदा असन्तुष्ट भई भारतमा गई बसेका र २०१६ सालमा आगोले पोली अपांग भई मेरै आर्जित सम्पत्तिमा नातीनी सानु श्रेष्ठको सहारामा बसेकी छु । वादी लेख अनुसार जीवनराम समेत वादीका छोरा होइनन् । मुख्य मालिक साधुराम हुँदा निजबाट मैले अंश पाउने हुँदा आफ्नो दाइजो पेवाबाट आर्जित सम्पत्ति आफूखुस गर्न पाउने हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने कृष्णकुम