निर्णय नं. ३०१६ - लिखत गराई पास गराइपाउँ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०१६ - लिखत गराई पास गराइपाउँ। भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/०४ ४५५१ निर्णय नं. ३०१६ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.फु.नं. ५० मुद्दा : लिखत गराई पास गराइपाउँ। निवेदक/प्रतिवादी : का.जि.का.न.पं. वडा नं. २४ प्यूखा बस्ने सरदार रुद्रराज पाण्डे मरी मु.स.गर्ने निजको छोरा का.जि.का.न.पं. वडा नं. ३२ कालीकास्थान बस्ने डा. बद्रीराज पाण्डे। विरुद्ध विपक्षी/वादी: जिल्ला मोरङ गोग्राहा गाउँ पञ्चायतको हाल विराटनगर न.पं. वडा नं. ४ बस्ने विद्याकुमारी कोइराला मरी मु.स.गर्ने छोरा ऐ.ऐ. बस्ने नवराज कोइराला। फैसला भएको मिति : २०४४।३।४ मा वादी र प्रतिवादीका बीच सम्पन्न भएको लिखत करारनामा बमोजिम प्रतिवादीले पुरा गर्नु पर्ने दायित्व करार ऐन, २०२३ को दफा १०(१) बमोजिम प्रतिवादीबाट पुरा गर्न लगाउने विशिष्ट सम्पादनको आदेश दिने अधिकार अदालतलाई हुने नै हुँदा वादी दावी बमोजिम वादीबाट प्रतिवादीले जग्गाको राजीनामा गरी पारीत गरिदिने बोलकबूल अनुसार उक्त करारनामा लिखतको शर्त बमोजिम प्रतिवादीले लिए खाएको रु. ११,०००।– को जग्गा को राजीनामा गरी पारीत गरिदिनु पर्ने । (प्रकरण नं. २०) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्रप्रसाद सिंहःश्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०३९।३।१४ मा भएको निर्णय दोहोर्‍याई पाउँ भनी सरदार रुद्रराज पाण्डेको निवेदनपत्र बारे न्यायिक समितिको पत्र र पर्चा समेतको व्यहोरा जाहेर हुँदा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त मुद्दा दोहोर्‍याई दिन हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट लेखि आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. विपक्षीले मोरङ करसिराको जग्गा नाममा ठहरेको प्रति विगहा रु. २,०००।– का दरले ०२४ सालको बालीदेखि खाने गरी मलाई बिक्री गर्न बन्दोवस्तमा बैना रु. २,०००।– लिई बाँकी रुपैयाँ १५ दिनभित्र लिने दिने गरी रीतपूर्वक पास गरिदिने व्यहोराको मिति २०२४।७।१४।३ मा शर्तनामा लेखी दिएको १५ दिनभित्र ९,०००।– बुझाउँदा ११,०००।– आएको छ जग्गा नाप यकीन भएपछि बाँकी रुपैयाँ दिनु भनी मिति २०२४।७।२८ मा पुनः भर्पाई गरिदिएको लिखत शर्त बमोजिम जग्गा नाप गरी बाँकी रुपैयाँ लिई लिखत गरी पास गरी नदिएको करार ऐन, ०२३ को दफा १०(१) ले करार बमोजिम काम पुरा गरिदिन कर लाग्ने सो बमोजिम गरी दिन्न भनेकोले मिति २०२४।१२।२१ बाट दफा १८(२)(ग) म्याद ३ महिना भित्र र लिखत भएको ६ महिना नाघेको ३५ दिनभित्र नालेश गर्न आएको छु । करार बमोजिम जग्गा नाप गरी ठहरेको जग्गाको म बाट पाउने नगदी लिई राजीनामा लिखत गराई पास गराई पाउँ भन्ने समेत व्यहोराको विद्याकुमारीको फिराद दावी । ३. वादीले आधार लिएको करार ऐन रजिष्ट्रेशनको ५ नं. प्रस्तुत विवादमा लाग्ने होइन जुन कुरामा करार गरिएको छ सो करार गर्नेको हक पुगेको हुनु पर्छ । करारको कुरा दुवै पक्षले मान्नु पर्ने एक व्यक्तिले मात्र मान्नु पर्ने होइन । वादी दावी बमोजिमका करार वादीले पूरा गरेको छैन । वादीले दावी लिएको जग्गा मेरा नाममा कुनै जग्गा नै छैन भन्ने लिखत गरिदिने कुरै छैन । मेरो श्रीमतीका नाममा भएको जग्गा पायक