निर्णय नं. ३०१७ - नापी दर्ता बदर खिचोला मेटाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०१७ - नापी दर्ता बदर खिचोला मेटाई पाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/११ २२०४ निर्णय नं. ३०१७ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको देवानी फुल बेञ्च नम्बर ९१ मुद्दा : नापी दर्ता बदर खिचोला मेटाई पाउँ निवेदक : श्री पशुपतिनाथ अमालकोटका मूलभट्ट रावल पद्मनाथ शास्त्री विरुद्ध विपक्षी :काठमाडौं नगर पञ्चायत वडा नं. १ नक्साल बस्ने गोपकुमारी थापा मरी मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने बटुक शमशेर थापा। ऐ.को मु.स गर्ने पद्‌म कुमारी थापा। ऐ.को मु.स गर्ने रवि शमशेर थापा। ऐ.को मु.स गर्ने उपेन्द्र शमशेर थापा । ऐ.को मु.स गर्ने समुद्र शमशेर थापा । ऐ.को मु.स गर्ने झलक शमशेर थापा । का.जि बौद्ध पञ्चायत वडा नं.६ महांकाल छायापाल बस्ने पद्‌म कुमारी मगनी। फैसला भएको मिति : २०४४।३।११।५ मा श्री पशुपतिनाथको गुठी जग्गालाई साविक बमोजिम नै गुठी कायम गरिपाउँ भन्ने वादी दावीलाई पक्री श्री पशुपतिनाथ अमालकोटतर्फबाट इन्साफ जाँच गराउन तथा फुल बेञ्चबाट मुद्दा दोहर्‍याउन समेत कारवाही गरी ल्याएको समेत देखिएबाट श्री पशुपतिनाथको गुठी जग्गा सम्बन्धमा श्री पशुपतिनाथ अमालकोटलाई उनाउ पक्ष वा मुद्दाको कारवाही गराउन हक नभएको भन्न मिलेन । (प्रकरण नं. १६) निवेदक तर्फबाटःX विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्रप्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।८।१९ को निर्णय फैसला उपर फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हेरी पाउँ भनी श्री पशुपतिनाथ मूल पूजारी रावल पद्मनाथ शास्त्री भट्टको श्री ५ महाराजाधिराज सरकारका जुनाफामा विन्तिपत्र परेकोमा फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुमको प्रमांगी बक्स भई आए बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. का.जि. बौद्ध पञ्चायत वडा नं. ६ को पशुपतिनाथ अमालकोट कचहरिको २०२३।१२।१७।५ को बहाली पुर्जी बमोजिम साविक रोपनी २ रहालको बड समेत रोपनी ५।।। को जग्गाको बहाली पाई गुठीको जग्गा हुँदा सालसालै बाली बुझाई भोगी आएको घर बनाउनको लागि बौद्ध पञ्चायत मार्फत नक्शा पास समेत पाएको विपक्षी गोपकुमारीले वेनिस्साको विर्ता भनी नापी नक्शा गरे गराएको हुँदा थाहा पाई पञ्चायतमा निवेदन दिंदा गुठी नै जनाई दिनु भनी पञ्चायतले लेखी पठाई कारवाही हुँदा हक छ्ट्याई ल्याउनु भनी २०२७।३।२ मा भू.प्र.का. काठमाडौंबाट आदेश भएकोले ३५ दिनभित्र फिराद गर्न आएको छु । हकै नपुग्ने विपक्षीले धर्मलोप गरी कि.नं. ११३ नं. मा नापी गरेको बदर गरी गुठी हक जनाई बहाली लिखत अनुसार चलन गर्न पाउने गरी हक जनाई पाउँ भन्ने समेत विष्णुराज पन्तको २०२७।४।५ को फिरादपत्र। ३. भूमिप्रशान कार्यालयबाट निर्णय हुँदा अदालतमा जानु भन्ने उल्लेख छैन । हदम्याद कायम गर्न मात्रै उक्त कुरा वादीले उल्लेख गरेको हो । हदम्याद भित्रको फिराद नहुँदा खारेज हुन पर्दछ । ०२२ सालमा भएको नापी बदर गर्न ५ वर्षपछि आएर फिराद गरेको छ । २०२३।४।१६ को आदेशबाट मैले दर्ता गरेपछि सो मितिले जग्गा मिच्नेको १० नं. र जग्गा पजनीको १७ नं. समेतका म्यादभित्र बदर गराउनु पर्ने सो गर्न नसकेको समेत हुँदा फिराद खारेज हुन पर्दछ भन्ने समेत गोपकुमारीको प्