निर्णय नं. ३०१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/३० १९९१ निर्णय नं. ३०१८ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट पू.इ.नं. ३४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ। निवेदक :का.जि.का.न.पं. वडा नं. २९ ठमेल बस्ने कुष्णप्रसाद खतिवडा। विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय काठमाडौं। का.जि.का.न.पं वडा नं.१० बानेश्वर बस्ने शारदा लुइटेल। का.जि.का.न.पं वडा नं.२ लाजिम्पाट बस्ने सरोजा शर्मा। का.जि.का.न.पं वडा नं ३३ मैतिफांट बस्ने चिनु रिमाल। ऐ.ऐ बस्ने कमला घिमिरे। ऐ.ऐ धोविधारा बस्ने तारा भन्ने रमा देवकोटा। का.जि.का.न.पं वडा नं. १ नक्साल बस्ने वावा पोख्रेल। का.जि.का.न.पं वडा नं.२९ बस्ने शान्ता भन्ने तारा काफ्ले। आदेश भएको मिति: २०४४।३।३०।३ मा रिट निवेदकले कानून बमोजिम हक कायम गराई ल्याएमा भू.सु.का. को निर्णयले कुनै अवरोध गर्ने अवस्था पनि हुँदैन, यस स्थितिमा भूमिसुधार कार्यालयले सबूद प्रमाणको मूल्यांकन गरी प्रत्यर्थी, सात जनाका नाउँमा संयुक्त मोही कायम गरी दिने निर्णय गरेकोलाई कानूनको त्रुटि गरी निर्णय गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १३) निवेदकतर्फबाट :विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट :विद्वान उपन्यायाधिवक्ता श्री आत्माराम भट्टराई विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्याई पाउँ भनी निवेदकले चढाएको विन्तिपत्रमा उत्प्रेषण मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति ०४३।४।२९ मा लेखी आएअनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ : २. का.न.पं. वडा नं. २१ हाल परिवर्तित वडा नं. २९ कि.नं. १३७ को जग्गा रोपनी ०–१२–०–२ मा मोही भएको र मोहिया जग्गामा बनेको घरले चर्चेको जग्गा मैले १९९२ सालमा द्वारिकानाथलाई बिक्री गरेको र सो घर समेत २००८ सालमा सगोलका भाइ मुक्तिनाथले खरीद गरी सगोलमा उपभोग गरी आएका थियौं । २०१५ सालमा भाइ परलोक भएपछि हामी सगोलमै बसी आएको समय भाइ बुहारी हेमकुमारी देहावसान भयो । सो घर जग्गा म्हेपी गुठीको भएको गुठीलाई १ मुरी अक्षता बुझाई भोगचलन गरिरहेको बखत नाप जाँच हुँदा विपक्षी मध्येकी सारदाका नाउँमा समेत मोहियानी दर्ता भएकोले मेरो उजूर परी भू.सु.का. बाट कारवाही हुँदा अंशबण्डाको अभावमा मेरो समेत हक कायम गरी मोहियानी दर्ता गर्न भू.सु.अ. को मिति २०३७।१०।७ मा निर्णय फैसला भएको थियो । विपक्षी सातै जनाको सम्मानीत अदालतमा निवेदन पर्दा हक बेहकको प्रश्न उपस्थित हुन आएकोमा अदालतबाट निर्णय गराउनु पर्नेमा भू.सु.अ. ले निर्णय गरेको अधिकार क्षेत्र बिहीन देखिन आएकोले उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ भनी २०३८।९।२३ मा सम्मानीत अदालतबाट आदेश भएको थियो । त्यसपछि प्रत्यर्थीहरू ७ जनाको नाममा मात्र मोही कायम गरिपाउँ भन्ने निवेदन भू.सु.का. मा परेछ । प्रतिवाद बयानमा अंश नछुट्टिएको घर जग्गा हुँदा मेरो समेत स्वामित्वको घर जग्गा हो भन्ने मेरो जिकिर भएकोमा २००८ सालको राजीनामाबाट मुक्तिनाथले घर जग्गा किनेको लिखतबाट देखिँदा शारदा समेत