निर्णय नं. ३०१९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०१९ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/०४ २१२० निर्णय नं. ३०१९ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट पूर्णइजलास नं. ५१ विषय : उत्प्रेषण निवेदक : जि.झापा दमक गा.पं. वडा नं. ९ हाल लखनपुर गा.पं. वडा नं. ९ बस्ने महेन्द्रप्रसाद सिटौला। विरुद्ध विपक्षी :ऐ. ऐ. बस्ने खडानन्द काफ्ले। ए.ऐ बस्ने महारानी झोडा गा.पं.वडा नं.३ बस्ने प्रतापध्वज कार्की। ऐ.ऐ बस्ने भक्त बहादुर कार्की। भूमि सुधार मन्त्रालय,जिल्ला समिति झापा। श्री ५ को सरकार भूमि सुधार मन्त्रालय। आदेश भएको मिति : २०४४।३।४।५ मा जग्गाको स्वामित्व नै शुन्यको स्थितिमा पुगेपछि निजले गरिदिएका लिखतको आधारमा मोही हकको दावी गर्ने निवेदकको हक पनि स्वतः शुन्यको स्थितिमा पुग्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः निर्णय संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली २०२१ को नियम ३३(क) अनुसार यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. जि. झापा दमक गा.पं. वार्ड नं. ९ कि.नं. ४४६ का ज.वि. ४–०–० को जग्गाधनी कल्पलतादेवी उपाध्याय भएको अवस्थामा कबूलियत गरी २०२४ सालदेखि मोही भई कमाई आएको हुँ । सो जग्गामा मेरो घरवास समेत छ । सो जग्गा कल्पलताले बिक्री वितरणमा पाउनु भएको थियो । मिति २०२८।१२।२१ मा कल्पलताले पाएको निर्णय बदर भएछ । पुनः वितरण हुँदा म मोही भएकोले प्राथमिक हक मेरो थियो यसै बीच मैले उक्त जग्गा मध्ये ज.वि. १–११–० जोत्न छोडेकोले २०३१ सालपछि विपक्षी नं. १, २, ३ ले ०–१०–० का दरले जोतेको हुन बाँकी २–१०–० जग्गाको म मोही नै छु । तर प्रत्यर्थी नं. १, २, ३ ले आफू सुकुम्बासी भनी निवेदन दिई बीच बीचमा प्रत्यर्थी नं. १ र २ ले १–१०–० का दरले र प्रत्यर्थी नं. ३ ले ०–१०–० का दरले र प्रत्यर्थी नं. ३ ले १–१०–० बिक्री वितरणमा पाएछन् । उक्त कार्य अनियमित भयो भनी मेरो उजूरी परेकोमा विपक्षी समितिबाट मलाई हराई त्रुटिपूर्ण निर्णय गरियो । ३. म निवेदकले कल्पलतासँग कबूलियत गरी मोहीमा कमाउन जग्गा लिएको, जसको एक प्रति गा.पं.मा पनि छ । २०२८ सालसम्म कल्पलतालाई कुत बुझाई भर्पाई लिएको र त्यसपछि गा.पं. मा धरौट राखेको छु । पञ्चायत विकास जग्गा कर पनि तिरेको छु स्वयं निर्णय गर्ने समितिले पनि मेरो घरवास त्यहाँ रहे भएको स्वीकार गरी मलाई पनि ज.वि. ०–१०–० दिने भनी निर्णय गरेको छ । सो निर्णयबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) र ३४ को त्रुटि हुन गएको छ । कल्पलताले मलाई मोही राखेको अवस्थामा निज जग्गाधनी थिइन् । जग्गाधनी विभिन्न कारणले बदलिन सक्छ । तर मोहीको हकमा असर पर्ने होइन दर्तावाला मोहीमा सतार देखाइएको छ, जो गैरनेपाली नागरिक हो र पहिले नै भोगी सकेको हुँदा यस विवादमा आएकै छैन । मैले पहिलेको निर्णय थाहा पाउने बित्तिकै उजूर गरेको छु । कानूनमा हदम्यादको व्यवस्था छैन अतः ५ वर्षपछि उजूर गरेको भनी निर्णयाधार बनाउन मिल्दैन । म संग १० विगहा जग्गा छ भनिएको त्रुटिपूर्ण हो मसँग जग्गा छैन । कुन कि.नं. मा कति जग्गा छ भन्न सकेको छै