निर्णय नं. ३०२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/२५ २२२४ निर्णय नं. ३०२० ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको रि.फु.नं. ३५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.न.पं. वडा नं.. २४ भिखाडो बस्ने जुजुभाइ स्थापित। विरुद्ध विपक्षी :३ नं. नापी गोश्वारा अन्तर्गत जग्गा नाप तौल जाँच ऐन, २०१९ को दफा ११(ख) बमोजिम गठित १ नं. नापी समिति। आदेश भएको मिति: २०४४।३।२५।५ मा एकाका नाममा दर्ता भएको जग्गा सार्वजनिक कायम गर्ने निर्णय गर्दा सम्बन्धित व्यक्तिलाई बुझी सबूद प्रमाण पेश गरी प्रतिवाद गर्ने मौका प्रदान गरी मात्र निर्णय गर्नु पर्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण श्रेष्ठ विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३९।१२।२७ को निर्णय उपर उक्त मुद्दा फुल बेञ्चबाट दोहोर्याई पाउँ भनी निवेदक जुजुभाइ स्थापितले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट मुद्दा दोहोर्याई हेरी कानून बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. भूमिसुधार मन्त्रालय नापी विभाग ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीले जुजुभाइ स्थापित का.न.पं. वडा नं. २४ भिखाडोलाई तपाईका नाममा स्ववासी दर्ता भई जग्गाधनी प्रमाण पूर्जा समेत प्राप्त गरी सक्नु भएको का.न.पं. वडा नं. २४ कि.नं. ५५९ को घर र जग्गा मध्ये मिति २०३९।३।२३ मा समितिको निर्णय अनुरुप घरदेखि पश्चिम ३ फिट पेटी कायम गरी सो पेटीदेखि पश्चिमतर्फ बाँकी रहेको जग्गा सार्वजनिक कायम गरी क्षेत्रफल संशोधन गर्न परेको हुँदा यो पत्र लेखेको छ । यो पत्र पाएको वा टाँसेका मितिले ७ दिनभित्र आफूसंग भएको प्रमाण पूर्जा लिई यस नापी टोलीमा उपस्थित हुनु होला अन्यथा नापीलाई भएको नियम बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ भन्ने पत्र दिएको रहेछ । ३. यो जग्गा मेरो हकभोगको घर भत्की पाताला भएको स्ववासी जग्गा हो । अर्थात् लेखिए बमोजिमको जग्गा हो नाप जाँच ऐनको दफा ६ को (५) बमोजिम ७ दिने र २१ दिने सूचना प्रकाशित गर्दा पनि कसैको उजूर बाजूर नपरेकोबाट मेरो नाममा दर्ता हुन आएको जग्गा हो यसरी म्याद सबै नाघी सकेपछि मेरा नाममा दर्ता भई लालपूर्जा समेत प्राप्त गरिसकेको जग्गामा विपक्षी समितिले अवैध र अनाधिकार गैरकानूनी तरिकाबाट मेरो लेखिएको स्ववासी जग्गालाई केही जग्गा सार्वजनिक कायम गर्ने गरी निर्णय गरेको अवैध र गैरकानूनी हो आफूले हेर्न हुने बाहेक अरु मुद्दा हेर्नु हुँदैन । हेरे छिनेको भए पनि बदर हुन्छ भन्ने समेत अ.बं. ३५ नं. मा उल्लेख भएकोले समितिको अवैध र गैरकानूनी मिति २०३९।३।२३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ । ४. विपक्षीबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको सिंगलबेञ्चबाट मिति २०३९।३।३२ मा भएका आदेशानुसार प्राप्त लिखितजवाफमा “कि.नं. ५५९ को जग्गा समेत सार्वजनिक देखिएकोले जग्गा नाप जाँच ऐन, २०१९ को दफा ११(ख) अनुसार गठित समितिबाट उक्त कि.नं. ५५९ समेतको घरको पश्चिमतर्फको जग्गामा ३ फुट पेटी कायम गरी बाँकी जग्गा सार्वजनिक भई गर्न निर्णय गरेको अवैध अनाधिकार छैन रिटनिवेदन खारेज गरिप