निर्णय नं. ३०२१ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०२१ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/१२/०३ २००४ निर्णय नं. ३०२१ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४० सालको दे.फु.नं. ८८ मुद्दा : जग्गा खिचोला मेटाई चलन चलाई पाउँ। निवेदक/प्रतिवादी:लुम्बिनी अंचल नवलपरासी जिल्ला कावासोती गा.पं. वार्ड नं. ४ विष्णुपुर बस्ने रामनाथ पराजुली। विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. परासी गा.पं. वार्ड नं. ८ परासी बजार बस्ने हरिकेशव लाल दास। फैसला भएको मिति: २०४३।१२।३।६ मा प्रतिवादीले गराई लिएको सट्टापट्टा लिखत र दर्ता समेत बदर भई वादीको हक कायम हुने ठहरी निर्णय भएको हुँदा सो फैसला समेतको आधारबाट प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १७) निवेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह उल्लेखित मुद्दाःX आदेश न्या.हरगोविन्द सिंह प्रधानः श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०४०।५।५।२० को फैसलामा चित्त बुझेन फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हेरिदिनु भन्ने हुकुम प्रमांगी पाउँ भनी प्रतिवादीले चढाएको विन्तिपत्रमा मुद्दा फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट २०४१।८।१९ मा लेखिआए अनुसार फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. ऐति कुल्मानीसँग घरसारमा रु. ८,०७५।– बुझाई निजको नाउँमा दर्ता रहेको कावास्वती गा.पं. वडा नं. ४क. नक्शा भित्रको कि.नं. ४९ को जग्गा विगहा २–३–१८ भएको सो जग्गा ०२६।१।१६ गते राजीनामा गरी ऐति कुल्मानीले पास गरी नदिँदा पारीत गराई पाउँ भनी मैले उजूर दिई प.क्षे.अ. बाट समेत पारीत हुने ठहरी पारीत भई मेरो हक भएको उक्त जग्गामा प्रतिवादीहरूले सट्टापट्टा गरी लिई अमान्य लिखतबाट आफ्नो स्वामित्व देखाई खिचोला गरेको हुँदा उक्त जग्गा मेरो हक कायम गरी खिचोला मेटाई पाउँ भन्ने समेत हरिकेशव दाशको फिरादपत्र रहेछ । ३. उक्त जग्गा मेरो हो सो जग्गामा वादीको हक छैन वादीको यो दावा अ.बं. ७३ नं. प्रतिकूल छ वादीले यो जग्गा विषयमा जालसाजी दर्ता लेखत बदर लुटपिट मुद्दा समेत दिनु भएको छ वादीले देखाउनु भएको ०३४।८।१४ को वारदातको वादीले सामना गर्नु परेको भए ०३४।१०।२८ मा दायर भएको लुटपिट मुद्दामा जिकिर लिन सक्नु पर्ने सो नसकेको हुँदा कल्पित वादीको दावीबाट अलग फुर्सद भई वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत प्रतिवादी मध्येको रामनाथ पराजुलीको प्रतिउत्तरपत्र रहेछ । ४. प्रतिवादी मध्ये ऐति कुल्मानी ०३४।१२।२६ मा तामेल भएको ३० दिने इतलायनामाको म्यादै गुजारी बसेको रहेछ । ५. वादीबाट पेश भएको राजीनामा प्रतिवादी मध्येको ऐतिले राजीनामा गरिदिएपछि लिखत पारीत मुद्दा पर्दा प्र.रामनाथ समेत वारेस भई मुद्दा दायर भएको र पैरवी गरेको देखिनाले वादीले राजीनामा गरी लिएका जग्गा पारीत हुने ठहरी प.क्षे.अ. बाट समेत निर्णय भई पास भएको देखिएको र पहिलेको लिखत पारीत मुद्दा पर्दापर्दै पछि अर्को लिखत गराई लिएकोमा लेनदेन व्यवहारको २७ नं. ले