निर्णय नं. ३०२२ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०२२ - लिखत बदर भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/३० २२८० निर्णय नं. ३०२२ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.इ. नम्बर ७८ मुद्दा : लिखत बदर निवेदिका/प्रतिवादी:का.जि.का.न.पं. वडा नं. २८ को परिवर्तित वडा नं. ३१ डिल्लीबजार धोविधारा बस्ने गंगादेवी सैंजू विरुद्ध विपक्षी/वादी:का.जि.फर्पिङ भीमसेनस्थान गाउँ पञ्चायत वडा नं. ३ परिवर्तित दक्षिणकाली गाउँ पञ्चायत वडा नं. ५ बस्ने तुल्सी श्रेष्ठ। ऐ शेषनारायण गाउँ पञ्चायत वडा नं.२ को परिवर्तित दक्षिणकाली बस्ने सूर्यमान श्रेष्ठ। फैसला भएको मिति: २०४४।३।३०।३ मा यस अदालतबाट विपक्षीको नाममा सूचना म्याद जाँदा साविक वडा नं. २८ को हाल वडा नं. ३० बस्ने भनी वतन लेखी सूचना म्याद तामेल हुन गएकोमा म्याद तामेल भई आउँदा तामेली व्यहोरामा पनि साविक वडा नं. २८ को हाल वडा नं. ३० नभएको साविक वडा नं. १७ र १८ को मात्र हाल वडा नं. ३० भएको भन्ने वडा समितिबाट बुझिएको वडा नं. ३० मा घरद्वार फेला नपरेको भनी जनिई तामेल भई आएको देखिएबाट निवेदकको जिकिर बमोजिम सो अवस्था गलत वतन देखाएको नै देखिन आएकोले संयुक्त इजलासबाट विपक्षीको गलत वतनमा सूचना म्याद तामेल गरी सो आधारमा मुद्दा किनारा गरेको प्राकृतिक न्यायको विपरीत देखिने । (प्रकरण नं. ११) निवेदिका, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजको जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट किनारा भएको विन्तिपत्रमा लेखिएको लिखत बदर भन्ने मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गरिदिनु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. काठमाडौं भू.प्र.का.मा ल.नं. ३३१ मा हामीहरूको बाबु हर्षबहादुरको नाममा दर्ता नरति खेत रोपनी ८।। को आयस्ताबाट पशुपतिनाथ समेतको पूजा आजा गरी गुठी चलाउनु पर्ने तुलसी श्रेष्ठले म सूर्यमानलाई बकसपत्र गरी दिएकोमा नालेश गरी बकसपत्र बदर हुने ठहरी २०२९।३।१७ मा सर्वोच्च अदालत लगायतबाट फैसला भएको सो जग्गा हामीहरूको नाममा दर्ता हुन पर्नेमा विपक्षीहरू ५ जनाले मात्र २०२९।११।५।६ मा दर्ता गरेको थाहा पाई उजूर दिँदा हामीहरूको नाम समेत थपी ७ जनाको नाम कायम गर्नु भनी २०२९।११।२० मा भू.प्र.का. बाट पुर्जीको त.का.मा भई दर्ता हुनु पर्ने नभई विपक्षीहरूले उक्त रैकरमा परिणत गर्न र गुठीलाई भगवान स्थान गा.पं.का १४–३–० जग्गा सट्टापट्टा भर्ना गर्ने गरी २०३०।३।८ को सट्टापट्टा कागज गरेतर्फ छुट्टै उजूर गरेको छु । उक्त ८।। रोपनी जग्गा मध्ये २–१३–३–२ जग्गा विपक्षी गंगादेवीलाई मिति २०३०।४।१६ गते रु. ९९,९०१।– मा हामी हकदारलाई नदिई राजीनामा गरी दिएको भाद्र ७ गते थाहा पाएको सो गुठी जग्गा हुँदा लिखत बदर गरिपाउँ भन्ने समेतको फिरादपत्र । ३. बकसपत्र लिनु दिनु गरेको जग्गामा विपक्षीको कुनै हक छैन । सो जग्गाको आयस्ताबाट देव देवता