निर्णय नं. ३०२३ - उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०२३ - उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०८/१५ २३२६ निर्णय नं. ३०२३ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रि.नं. १९९६ विषय : उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ। निवेदक : जि. झापा दमक नगरपञ्चायतका बहालवाला प्रधानपञ्च बलभद्र अधिकारी। विरुद्ध विपक्षी :जि.का.झापाका प्रमुख जिल्ला अधिकारी चक्रवन्धु अर्याल। श्री ५ को सरकार पंचायत तथा स्थानीय विकास मन्त्रालय। नगर पंचायत कार्यालयमा हाल कार्यरत प्रधान अधिकृत बल देव शर्मा। ऐ.नगर पंचायतका बहालवाला उप-प्रधानपंच हरि प्रसाद न्यौपाने। आदेश भएको मिति: २०४३।८।१५।१ मा अनियमित भएको भनी अर्को नगर सभाको नियमित बैठक बोलाउन दमक नगरपञ्चायतलाई श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट पत्र पठाई निर्देशन दिई सो बमोजिम बैठक बोलाउँदा प्र.पं. अनुपस्थित रहेको कारणबाट उप–प्र.पं. को अध्यक्षतामा तेश्रो नगर सभाको बैठक बसेको देखिन आएबाट त्यस्तो नगर सभाको बैठकलाई कानून विपरीत तथा अनियमित भएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिप्रसाद न्यौपाने प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह: नेपालको संविधान २०१९ को धारा १६।७२ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म निवेदक दमक न.पं. को चुनावमा विजयी भई प्रधानपञ्चका पद सम्हाली काम गरिआएको छु । मिति २०४१।०४२ का लागि सम्पन्न भएको तेश्रो नगर सभाले पारीत गरेको बजेट बाँडफाँड नगरपञ्चायत बैठकबाट समर्थित गराई गत ०४१।०४२ का वार्षिक आय व्यय खर्च दमक न.पं. ले गरिआएको थियो । सो आय व्यय खर्चमा विपक्षी हरिप्रसाद न्यौपानेको समेत संलग्नता रहेका थियो । तेश्रो सभालाई अनियमित भएको भनी श्री ५ को सरकारले कचिंगल उठाई रहेको र मतभेद भइरहेको थियो । अन्ततः पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको मिति २०४२।८।१४ को पत्र पश्चात बसेको मिति ०४२।८।२३ को न.पं. बैठकमा बहुमतबाट चौथो नगर सभा सम्पन्न गराउने निर्णय भएको थियो । ३. सो २०४२ मार्ग २३ को निर्णयानुसार चौथो नगर सभा २०४२।९।४ मा बस्नको लागि नगरपञ्चायत कार्य व्यवस्था नियमावली, २०२० को दफा ३(४) अनुरुप सूचना प्रदान गरिएको छ र साथै ऐ नियमावलीको दफा ३(३) ले स्पष्टः नगर सभा प्र.पं. को उपस्थितिमा गर्नु पर्ने व्यवस्था अनुरुप म निवेदकको सभापतित्वमा मिति २०४२।९।४ गतेदेखिको चौथो नगर सभा सम्पन्न गरेका थियौं र यसको जानकारी सम्बन्धित निकायलाई गराई सकेको छु । ४. म स्वयं प्रधानपञ्च हुँदाहुँदै उपप्रधानपञ्चको सभापतित्वमा कुनै बैठक पनि बस्न सक्दैन सो बस्नु र बसाउनु गैरकानूनी हुन्छ । विपक्षी उपप्रधानपञ्चले मेरो उपस्थिति छँदाछँदै ऐन बर्खिलाप चौथो नगर सभाको अतिरिक्त तेश्रो नगर सभाको निमित्त बैठकको सूचना नै नगरी नामाकरण गरी पूर्ववत् आफ्नो समर्थन भएको कुरालाई मिति ०४२।९।६ गते तेश्रो नगर सभाको आयोजना गर्ने गैरकानूनी काम गरेको जानकारी प्रधान अधिकृतद्वारा प्रेषित गरेको खबर रा.स.स. मा मिति २०४२।९।७ मा प्रकाशित भएपछि थाहा पाई सम्मानीत अदालत समक्ष आएको छु । ५. नगरपञ्चयात ऐन, २०१९ र नगरपञ्