निर्णय नं. ८८४३ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८४३ - उत्प्रेषण परमादेश भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६९/०३/१२ ४२२१ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६७–WO–१०७७ आदेश मितिः २०६९।३।१२ विषय :– उत्प्रेषण, परमादेश । निवेदकः जिल्ला सिरहा, सोनमती मझौरा गा.वि.स. वडा नं. ३ घर भई जिल्ला वन कार्यालय सिरहा लाहानमा वन कार्य सहायक(रा.प.अनं. द्धितीय प्रा.) पदमा कार्यरत् रहेको बखत गैरकानूनी तवरले सेवाबाट हटाइएको मो. मुस्तकीम राइन विरुद्ध विपक्षीः प्रशासकीय अदालत समेत § कानूनले स्पष्ट रुपमा अख्तियारी दिएकोमा बाहेक कार्यालय प्रमुखले मात्र गर्न पाउने कार्य र निर्णयहरू निमित्त भई काम गर्ने कार्यालय प्रमुखले स्वतः गर्न पाउने हुन्छ भन्न नमिल्ने । § जुन तहका अधिकृतलाई सेवाबाट हटाउन पाउने गरी सजाय गर्न तोकिएको छ, सो सजाय सोही तहका अधिकृतले प्रचलित कानूनको कार्यविधि पूरा गरी निर्णय गर्नुपर्ने । § सजाय गर्न पाउने निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्न मिल्ने कानूनी व्यवस्थाको अभावमा सो सजाय गर्न पाउने गरी तोकिएको अधिकृत वा कार्यालय प्रमुख कार्यालयमा अनुपस्थित रहेको अवस्थामा निजभन्दा मुनिका कुनै कर्मचारी निमित्त भै काम गरिरहेको अवस्थामा निजले कार्यालयको नगरी नहुने अत्यावश्यक र दैनिक प्रशासनिक कार्य सञ्चालन मात्र गर्नुपर्ने । § विभागीय कारवाही र सजाय गर्न पाउनेलगायतका कार्य कानूनबमोजिम तोकिएका अधिकृत वा कार्यालय प्रमुखले मात्र गर्नुपर्ने हुन्छ । सो कार्य निमित्त भई काम गर्ने सहायक कर्मचारीले गर्न मिल्ने हुदैन, गरे अधिकारविहीन भइ बदरभागी हुने । (प्रकरण नं.३) निवेदकका तर्फबाटः विद्वान अधिवक्ताद्वय हरिप्रसाद उप्रेती र जगन्नाथ महतो विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता विनोद पोखरेल अवलम्बित नजीरः नेकाप २०६७, अङ्क ५, नि.नं. ८३६५, पृष्ठ ७१३ सम्बद्ध कानूनः § निजामती सेवा ऐन, २०४९ को दफा १० (१), ६२, ६१(१)(छ) § निजामती सेवा नियमावली, २०५० को नियम ११२(३) आदेश न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकारछ :– म निवेदक मिति २०५५/१०/१३ को पत्रानुसार वन विभाग अन्तर्गत वन सेवा जनरल फरेष्ट्री समूहको वन कार्य सहायक (रा.प.अनं. तृतीय प्रा.) पदमा सेवा प्रवेश गरेको र मिति २०६३/३/९ को पत्रानुसार वन कार्य सहायक (रा.प.अनं. द्वितीय प्रा.) को पदमा बढुवा नियुक्ति पाई विभिन्न कार्यालयमा सरुवा हुँदै एक इमानदार एवं कर्तव्यनिष्ठ कर्मचारीको हैसियतले कार्यरत् रहँदै आएको थिएँ । यसै क्रममा जिल्ला वन कार्यालय सिरहा लाहान अन्तर्गत ढोढना रेञ्जपोष्टमा कार्यरत् रहेका वखत मिति २०६४/७/१३ गते घरमा अचानक मेरो बायाँ खुट्टाको घुँडामा (जोड्नी) दुख्न शुरु भई पछि Swelling हुँदै जाँदा दर्दले सहन नसकेको र हिँडडुल गर्न समेत अप्ठ्यारो हुन लागेकोले चाँडो इलाज गराउनु पर्ने हुँदा भारतको दरभङ्गामा इलाज गराउन गएको र तत्कालै चेक अप गराई औषधी खाँदा दुख्न अलि कम भएकोले त्यसको भोलिपल्ट अर्थात् मिति २०६४/७/१४ मा नै आफू कार्यरत् कार्यालयको नाममा उपचार गराउन गएकोले निको नहुन्जेल सम्म बिरामी विदा स्वीकृत गरीपाउन निवेदन त्यहीको हुलाक मार्फत जिल्ला वन कार्यालय सिरहा र रेञ्जपोष्टको नाममा जानकारी पठाएकोमा सो निवेदन उपर क