निर्णय नं. ३०२४ - उत्प्रेषण लगायतका आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०२४ - उत्प्रेषण लगायतका आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०८/१६ २४८८ निर्णय नं. ३०२४ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नम्बर २१३६ विषय : उत्प्रेषण लगायतका आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक :जिल्ला कन्चनपुर, महेन्द्रनगर नगर पञ्चायत वडा नं. ४ बस्ने सुरेन्द्रबहादुर चन्द। विरुद्ध प्रत्यर्थी :जिल्ला कन्चनपुर,महेन्द्रनगर नगर विकास समिति। महाकाली अञ्चलाधीश,जि.कं.महेन्द्र नगर न.वि.स.का अध्यक्ष। महाकाली अञ्चल विद्युत उपशाखा महेन्द्र नगर कंचनपुर। आदेश भएको मिति: २०४३।८।१६।२ मा ऐन बमोजिम समितिबाट प्राप्त गरी अनुमति लिई जग्गामा घर बनाई भोगचलन गरी जग्गामा हक भएको प्रमाण प्राप्त गरी नआएसम्म त्यस्तो जग्गालाई समितिको अनुमति बिना खोका छाप्रा बनाएकै आधारमा मात्र रिट निवेदकको हकको जग्गा भन्न नमिल्ने । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री जयनारायण हुजेदार प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. कञ्चनपुर जिल्ला महेन्द्रनगर बजारको पूर्व हीरा कामीको खोका, दक्षिण मुख्य सडक र फुटपाथ, पश्चिम कृष्णबहादुर मल्लको घर उत्तर खानेपानीको कार्यालयको पर्खाल यति चार किल्ला भित्रको पूर्वपश्चिम चौडाई २० फि. र उत्तर दक्षिण ४० फि. लम्बाई भएको जग्गामा काठको एक तल्ला घर बनाई बसोवास गरी भएको नगर विकास समिति महेन्द्रनगर कञ्चनपुरको योजना अन्तर्गतको जग्गा भित्रै म निवेदकको जग्गा समेत पर्न गई रु. १२,०००।– एक मुष्ट रकम बुझाउन भनी नगर विकास समिति महेन्द्रनगरबाट भनिएकोमा किस्ताबन्दी बुझाउने व्यवस्था होस भनेकोमा स्वीकार नगर्दा एक मुष्ट रुपैयाँ जम्मा गर्न नसकेकोमा सो जग्गा अरु व्यक्तिलाई वितरण गर्छु भनी विपक्षी समितिले भनेको मिति ०४०।७।१५ मा महेन्द्रनगर विकास समितिको स्वामित्व भएको राजमार्ग देखि दक्षिण निबुवासंगको भगतपुरको नम्बरी दर्ता जग्गा देखि उत्तर कारागार पश्चिमको नाला देखि पश्चिम गौवरैया नाला देखि पूर्व विभिन्न क्षेत्रमा परेको जग्गामा यस समितिबाट कुनै अनुमति नलिई अतिक्रमण गरी घर छाप्रो खोका निर्माण गरी वा राखी बसेको र खेती गरी जग्गा कमाई बसेको व्यक्तिहरूले यो सूचना हेर्नु भई आजको ४५ दिन भित्र घर निर्माण गरेकोले आफ्नो घर उठाउन, खोका छाप्रो बनाउनेले हटाउन र जग्गा ओगटेकाले जग्गा छाडिदिने भनी सो समितिको बैठकबाट निर्णय गरी सूचना प्रकाशित गरेको छ । ३. २०२६ साल देखि घर बनाई अटुट भोग गर्दै आइरहेकोमा विपक्षी समितिले ध्यान नदिई सो जग्गाबाट म निवेदकलाई उठाउन लागेको निर्णय र सूचना गैरकानूनी छ । घर बनाउनेको ४ नं. बमोजिम मेरो अविछिन्न रुपमा अटुट भोग रहेकोले ऐजन नम्बरको परिधिभित्र रही घर बनाएकोले विपक्षी समितिले म निवेदकलाई स्थायी प्रमाण दिनु पर्ने हो । ४. विपक्षी समितिलाई नगरविकास समिति ऐन, २०१९ अन्तर्गत नगरको सुनियोजित विकासको योजना बनाई सो योजना कार्यान्वित गर्न सक्ने, नगरलाई विभिन्न क्षेत्रहरूमा विभाजन गर्ने, नगर वा नगरको कुनै क्षेत्रमा भवन निर्माणको योजना र शर्तहरू निर्धारित गर्ने तथा त्यस्ता भवनहरूको ढाँचा वा