निर्णय नं. ३०२५ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०२५ - उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०८/२९ १९७२ निर्णय नं. ३०२५ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको रिट नं. १८७२ विषय : उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ निवेदक : जि.म.हे.न.पं. वडा नं. ४ बस्ने फणिन्द्रराज रिजाल। विरुद्ध विपक्षी : मालपोत कार्यालय मकवानपुर। जि.म.हे.न.पं वडा नं.४ बस्ने सुन कुमार मानन्धर। ऐ.ऐ बस्ने बच्चुराम शर्मा बास्कोटा। ऐ.ऐ बस्ने उजुर सिं विश्वकर्मा। ऐ.ऐ बस्ने राम शरण विष्ट। ऐ.ऐ बस्ने कृष्ण बहादुर आले मगर। ऐ.ऐ बस्ने गोपाल बहादुर श्रेष्ठ। ऐ.ऐ बस्ने मणी कुमारी मगर्नी। ऐ.ऐ बस्ने नोम प्रसाद घिमिरे। ऐ.ऐ बस्ने विष्णु मायाँ रेग्मी मगर। ऐ.ऐ बस्ने देवी कुमारी क्षेत्री। ऐ.ऐ बस्ने निषेश मान प्रधान । ऐ.ऐ बस्ने रत्न बहादुर श्रेष्ठ। जि.म.हे.न.पं. वडा नं.४ बस्ने सानुमायाँ सांगम। ऐ.ऐ बस्ने परशुराम आचार्य। सेते सिजाली मगर परलोक भैसकेकोले निजको हकमा ऐ.ऐ बस्ने निजकी श्रीमती लाल कुमारी मगरनी। आदेश भएको मिति:२०४३।८।२९।१ मा हक बेहक सम्बन्धी जग्गा खिचोला मुद्दाको निर्णय नहुँदै प्रत्यर्थी मालपोत कार्यालय मकवानपुरले गरेको दर्ताबाट रिट निवेदकको हकमा कुनै असर पर्न नसक्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा प्रत्यर्थीतर्फबाट :विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट,विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी, विद्वान अधिवक्ता श्री रविन्द्रमान प्रधान उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः मालपोत कार्यालय मकवानपुरको २०४०।८।२ को निर्णय समेत बदर गरिपाउँ भन्ने समेत नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. जि.मकवानपुर प्र.खे.७२ नं. मौजे हेटौंडा अन्तर्गत साविक कि.नं. ९ को ज.वि. १–८–० मध्येको कित्ता फोर भई मेरा नामको रै.नं. ९ क. मा पूर्व तर्फको ज.वि. ०–७–० जग्गा ०२१ सालका बाली देखि सेते सिजाली मगरलाई मोहियानीमा कमाउन दिएको ०३२।९।२७ मा सर्भे हुँदा कि.नं. २७६ मा ज.वि. ०–६–१८¼ मा मेरा नाममा नाप नक्शा हुन लाग्दा सेते मगर समेतले खिचोला गर्नु भएबाट फिल्डबूक कैफियत महलमा सेते मगरको ऐलानी भोग र फणिन्द्रराजको नम्बरी, गणेशबहादुरको नम्बरी दावी भनी जनियो । विशेष अदालतमा म्याद भित्र उपरोक्त व्यक्तिहरू माथि फिराद गरेको थिएँ । वादी गणेशलाल प्र.सेते मगर भएको बाली भराई मोही निष्कासन मुद्दामा वादीको जग्गा कमाएको नभई फणिन्द्रराजको जग्गा कमाएको भनी ०२५।२।२ मा प्रतिउत्तर परेकोमा वादी दावी झुठ्ठा भई भू.सु.का. बाट ०३१।४।२० मा फैसला भएको छ । गणेशलालले म समेत १० जना उपर म.जि.अ.मा जग्गा खिचोला मुद्दा दिएकोमा वादी दावी झुठ्ठा ठहर म.जि.अ.बाट फैसला समेत भएको छ । खिचोला समेत मेटाई कि.नं. २७६ को ज.वि. ०–६–१८ मा मेरो हक कायम गरी गणेशलाल र सेते मगरको नाममा भएको नाप नक्शा बदर गरी मेरो हक कायम गरिपाउँ भन्ने मैले फिराद गरेको मुद्दा विशेष अदालत विघटन भई अञ्चल अदालतमा ०३८।२।२५ मा मुल्तवी रहन गयो । गणेशलाल श्रेष्ठ वादी र हिराकाजी राणा मगर समेत प्रतिवादी भएको जग्गा खिचोला मुद्दामा प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको म.क्षे.अ.को ०३७।४।६ को इन्साफ उल्टी गरी वादी दावी झुठ्ठा ठहर ग