निर्णय नं. ३०२६ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०२६ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०९/२४ १९५६ निर्णय नं. ३०२६ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नं. १९४६ विषय : उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : लुम्बिनी अंचल रुपन्देही जिल्ला वेतकुइया गा.पं. वडा नं. ७ बस्ने कसीम मुसलमान। ऐ.ऐ बस्ने शम्सुल हक मुसलमान । ऐ.ऐ बस्ने मुहमद हुसेन मरी निजको हकमा ऐ बस्ने मजरनिखा मुसालमाननी। विरुद्ध प्रत्यर्थी : श्री भूमिसुधार कार्यालय रुपन्देहीका भूमिसुधार अधिकारी श्री रामजीप्रसाद कोइराला मुकाम भूमिसुधार कार्यालय रुपन्देही। रुपन्देही जिल्ला वेतकुईया गा.पं.वडा नं.७ भै सागाहान बस्ने नाजामुद्दिन मुसालमान। ऐ.फेरना गा.पं.वडा नं.७ मौजा सिद्धिनाथ बस्ने राधेश्याम तिवारी। आदेश भएको मिति: २०४३।९।२४।५ मा कबूलियत पञ्चायतबाट आउन नसकेको र रिट निवेदकहरूले देखाउन नसकेको भन्ने समेत आधारमा मोहियानी हकको प्रमाणपत्र दिन नपर्ने ठहर्छ भनी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण छ भन्न नसकिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशिल कुमार पन्त प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह र विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. उक्त विपक्षी मध्येको राधेश्याम तिवारीको साविकको उखडा जग्गा हाल छुट कित्तामा निजका नाउँमा दर्ता गराएको जि.रुपन्देही गा.पं. सिपवा वार्ड नं. ४ को कि.नं. १२७ को अवल जग्गा विगहा ३–११–४ मध्ये उत्तर दिशातर्फको विगहा १–३–१५ मा मोहमद हुसेनले बिचको १–३–१५ मा कासिम मुसलमानले र सम्सुल मुसलमानले दक्षिणतर्फको १–३–१५ को प्रत्येकले हुण्डा धान मन ४।।९ बुझाउने गरी २८ सालदेखि मोही भई जोती आएका, ०२८।१।१ मा कबूलियत गरी दोहरी पञ्चायतमा राखी जग्गाधनीलाई दिएका थियौं । ०३९।४।१७ मा सो जग्गा विपक्षी मध्येको नजाबुदिन मुसलमानलाई राजीनामा गरी दिँदा हामी मोहीका नाममा नजनाई दिनु लिनु भएछ । निजले जग्गा जोत्न दिन्न भनेकोले हामीहरूलाई जोताहाको प्रमाणपत्र दिलाई पाउँ भनी निवेदन पर्दा विपक्षीहरूले जोत्न नदिएका हौ, जोत्न दिएको भए भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ बमोजिमको दोहरी कबूलियत समेत पेश गर्न सक्नु पर्ने भन्ने प्रतिवाद परी सरजमीन बुझ्ने आदेश भइसकेकोमा बिचमा नै अघि जग्गाधनी दर्ता गर्दा भएको ०३२ सालको नाउँ भएतापनि हामी हाम्रा नातेदारको सहिछाप नभएको अरु नै मानिसको सहिछाप भएको सरजमीनलाई प्रमाणमा लिई गाउँ पञ्चायतको कबूलियतको दोहरी नबुझी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) र (२) बमोजिमको कबूलियत र भर्पाई समेत पेश भए गरेको नदेखिने भनी मोही कायम नभएपछि मोहीको प्रमाणपत्र दिने प्रश्न नै नरहने हुँदा खारेज हुने ठहर्छ भनी ०३९।९।११ मा विपक्षी भूमिसुधार कार्यालयबाट फैसला भएको थियो । सो कानून विरुद्ध भयो भनी दिएको निवेदनमा स.अ.बाट पञ्चायत नबुझी गरेको निर्णय त्रुटिपूर्ण भनी बदर गरेपछि कटैया गा.पं. बुझ्दा उक्त गा.पं.बाट त्यस प्रकारको कुनै कबूलियत नभएको भनी जवाफ आएको भनी मोहियानी हकको प्रमाणपत्र नदिने निर्णय मिति ०४२।६।२ मा गरियो । ३. हामीहरूका बीचमा भएको कबूलियतको