निर्णय नं. ३०२७ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०२७ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/१२/१२ २१०४ निर्णय नं. ३०२७ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर २०२१ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ। निवेदक : जिल्ला सप्तरी कोचावबारी गाउँ पञ्चायत वडा नं. ९ बस्ने असिया देवी अमातनी मरी मु.स.गर्ने र आफ्ना हकमा समेत रामप्रसाद मण्डल अमात। ऐ.ऐ बस्ने ऐ.ऐ श्री प्रसाद मण्डल अमात। ऐ.ऐ बस्ने ऐ.ऐ सूर्य नारायण मण्डल अमात। विरुद्ध विपक्षी : श्री पूर्वाञ्चल क्षेत्रीय अदालत, धनकुटा। श्री सगरमाथा अञ्चल अदालत,राजविराज बेन्ज। श्री सप्तरी जिल्ला अदालत,राजविराज। जिल्ला सप्तरी कोचावखारी गाँउ पञ्चायत वडा नं.९ बस्ने मधुरी मुखिया मलाह। श्री सप्तरी जिल्ला अदालतका तहसिलदार। आदेश भएको मिति: २०४३।१२।१२।५ मा बिगो वापत तायदात भई आएको जग्गाको लिलाम हुनुभन्दा अगावै पञ्चकीर्ते मोल कायम गरी लिलाम गर्नुपर्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दास प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. हाम्रो बाबु पति जदु मण्डल अमात माथि प्रतिरक्षीले थैली रु. २२,०००।– तथा फिराद मिति सम्मको ब्याज रु. २,२३०।५५ तथा भरी भराउ मितिसम्मको ब्याज समेत भराई पाउँ भनी सप्तरी जिल्ला अदालतमा फिराद दायर गर्नु भयो । सो लेनदेन मुद्दामा हाम्रो बाबु पति जदु मण्डल नामको म्याद मिति २०४०।३।२६।१ मा मिलोमतोबाट तामेल गराई गायब पारेको हुनाले समयमै थाहा हुन नसकी दावी बमोजिम साँवा ब्याज भरिपाउने गरी मिति २०४०।६।१६ मा एकतर्फी फैसला भयो । फैसला भएको सात दिन भित्रै प्रतिरक्षीले बाबु पति जदु मण्डल नाम दर्ताको जिल्ला सप्तरी तालापट्टि गा.पं. वडा नं. ९(क) कि.नं. २३३ को क्षेत्रफल १–८–५ जेथा देखाई भरी भराउको लागि मिति २०४०।६।२३ गते दर्खास्त दिनु भयो । २०४० साल आश्विन महिनामा जारी भएको हामी चारै जनाको म्याद मिति २०४०।७।२४ का दिन हामी वा हाम्रो परिवारका सदस्य फेला नपरेको भनी व्यहोरा जनाई तामेल गरी गायव पारेकाले म्याद प्राप्त हुन सकेन । बहिदार स्तरका कर्मचारी खटाई जायजात तायदात गर्दा हामी फेला नपरेको भनी तायदात खडा गरी लगी पञ्तकीर्ते मोल कायम नगराई मिति २०४१।८।२१।५ मा लिलामी मुचुल्का खडा गर्दा सोही मुचुल्काको प्रतिलिपि सारी लिलामीको सट्टामा मोल कायम गरेको मुचुल्का भनी नामाकरण गरी सोही बमोजिम थैली ब्याज तथा कोर्ट फी वापत प्रतिरक्षीले नै सकार गरिलिनु भएको र सप्तरी जिल्ला अदालतको मिति २०४१।८।२९ को पत्रानुसार सो जग्गा प्रतिरक्षीका नाममा मालपोत कार्यालय सप्तरीबाट नामसारी दर्ता भएको रहेछ । सो कुरा प्रतिरक्षीले रवि बाली लगाउने बेलामा विवाद उत्पन्न गरेको हुनाले के भएको भनी बुझ्दा उल्लेख भए बमोजिमको विस्तृत व्यहोरा थाहा हुन आयो । ३. कानून विपरीतको लिलाम बदर गरिपाउँ सो सप्तरी जिल्ला अदालतमा निवेदन दिएकोमा कानून बमोजिम गर्नु भन्ने आदेश भएकोमा सो उपर सगरमाथा अञ्चल अदालतमा उजूर गर्दा कानून बमोजिम गर्नु भन्ने आदेश भयो । सो उपर पूर्वाञ्चल क्षेत्रीय अदालतमा निवेदनपत्र चढाउँदा पनि क