निर्णय नं. ३०२८ - उत्प्रेषणयुक्त परमादेशको अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०२८ - उत्प्रेषणयुक्त परमादेशको अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/२८ २०१६ निर्णय नं. ३०२८ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर २२१५ विषय : उत्प्रेषणयुक्त परमादेशको अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। रिट निवेदक: जिल्ला सिराहा गाउँ पञ्चायत महेशपुर वडा नं. ५ बस्ने महावीर साहू सुडी। विरुद्ध विपक्षी : जिल्ला कार्यालय सिराहाको प्र.जि.अ.जि.का. सिराहा। मालपोत कार्यालय सिराहाको प्र.मा.अ ज्यू मा.का.सिराहा। आदेश भएको मिति: २०४४।३।२८।१ मा प्रमुख जिल्ला अधिकारीले लिखत पारीत रोक्का राख्ने आदेश गरेपछि प्र.ज.अ.आफैंले फुकुवा गर्नु पर्ने । (प्रकरण नं. ९) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. मेरो दर्ता तिरो भोगचलन भई आएका जग्गाहरू मध्ये असलपुर गा.पं. वडा नं. ५(क) कि.नं. १२१ को ज.वि. ३–१०–१० मध्ये ज.वि. ०–१२–१० जग्गा सोखिलाल यादवलाई ज.वि. ०–१७–० सागरपती यादवनीलाई १–३–० असर्फी यादवलाई ज.वि. ०–१८–० राम असीस यादवलाई समेत बिक्री गर्न मैले निजहरूबाट सो जग्गाको मोल लिई उक्त जग्गा कृषि विकास बैंक शाखा कार्यालय मिरचैयामा धितो राखेको सो रकम २०४३।१०।२३ मा तिरी ऐ बैंकबाट असूली भएको भर्पाई लिई ऐ मितिमा मालपोत कार्यालय सिराहामा राजीनामा पास गर्न गएको सो दिन उक्त जग्गा जग्गाधनीहरूको नाममा कित्ताकाट समेत भई मालपोत अधिकृतको सही मात्र हुन बाँकी रहेको अवस्था ४ बजे गई सो राजीनामा अर्को दिन पारीत हुने गरी बाँकी रहन गएकोमा भोलपल्ट शनिवारको विदा परी मिति २०४२।१०।२५ को दिन अड्डा खुलेको दिनसम्ममा म ऋणी र राजीनामा लिने धनीहरू विपक्षी मालपोत कार्यालयमा हाजिर हुँदा सो दिन सो जग्गाको राजीनामा पारीत समेत हुन नपाउने गरी विपक्षी जिल्ला कार्यालय सिराहाको प्र.जि.अ. ज्यूबाट रोक्कापत्र पठाएको जानकारी गराउँदै प्र.मा.अ.ज्यूले पत्र दिइएको जग्गाको राजीनामा पारीत गर्न नमानी जग्गा रोक्का राखिएको जानकारी पत्र दिनु भयो । के कति कारणबाट सो जग्गा रोक्का राखिएको हो जानकारी पाउँ भनी प्र.मा.अ.ज्यू समक्ष अनुरोध गर्दा निजले जि.का. सिराहासंग नै सम्पर्क राख्न जवाफ दिनु भएकोले त्यहाँ गई प्र.जि.अ. समक्ष सोधनी गर्दा तिमीले आफ्नो खुशी जसलाई पायौ त्यसलाई सो जग्गा बिक्री गर्न खोजेकोले सो रोक्का पत्र पठाएको हुँ मैले भनेको मानिसलाई सो जग्गा दिए हुन्छ भनी मौखिक भन्नु हुँदा मैले मेरो सम्पत्ति मैले खुशी अनुसार बिक्री गर्ने मेरो संवैधानिक अधिकार छ, भनी अनुरोध गर्दा विपक्षी प्र.जि.अ.ज्यूले तँ बडो कानूनी कुरा गर्ने भइस् मैले भने बमोजिमको व्यक्तिलाई सो जग्गा बिक्री नगरे तँलाई शान्ति सुरक्षा ऐन अन्तर्गत थुनिदिन्छु भनी मलाई हप्काई ठाडो जवाफ दिनु भएको र सो रोक्का राख्न पत्रको नक्कल दिन नमान्नु भएको यसबाट मेरो संविधान तथा कानूनद्वारा प्रदत्त सम्पत्ति सम्बन्धी हकहरू आघात पुर्याएकोले विपक्षी जि.का. सिराहाको प्र.जि.अ.ज्यू लाई उपरोक्त गैरकानूनी तरिकाबाट मेरो जग्गा रोक्का राख्ने काम