निर्णय नं. ३०२९ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०२९ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/३१ २४२५ निर्णय नं. ३०२९ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नम्बर १९१२ विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ निवेदक : दाङ जिल्ला टरी गाउँ पञ्चायत वडा नं.५ गौरिया गाउँ बस्ने केशवप्रसाद भण्डारी। ऐ.ऐ बस्ने लोक बहादुर खड्का। विरुद्ध प्रत्यर्थी : जिल्ला पञ्चायत न्यायिक समिति मुकाम जिल्ला पञ्चायत कार्यालय घोराही, दाङ। दाङ जिल्ला पञ्चायत कार्यालय घोराही,दाङ। दाङ जिल्ला अमृतपुर गाउँ पञ्चायत वडा नं.६ वेलुवा बस्ने ईन्द्र बहादुर शाह। आदेश भएको मिति: २०४४।३।३१।४ मा गाउँ पञ्चायतमा नै प्रतिवाद नगरेपछि अ.बं. २०८ नं. को व्यवस्थाबाट जि.पं. न्यायिक समिति समक्ष पुनरावेदन नै लाग्न सक्ने नदेखिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः न्यायिक समिति दाङको मिति २०४२।७।२५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ : २. पातुखोलाको पूर्वमा तुल्सीपुर गाउँ पञ्चायत तथा निवेदकहरूको टरी गाउँ गा.पं. र पश्चिममा इन्द्रबहादुर शाहको अमृतपुर गाउँ पञ्चायत पर्दछ । टरी गाउँ पञ्चायत अन्तर्गतको निवेदकहरूको जग्गा जमीन भएको गौरी गाउँ र अन्य नवीन नगर हजारौ तथा राई खालियानको जग्गा जमीनमा पानी पटाउनको लागि पातुखोलाको पूर्व किनारामा तुलसीपुर गाउँ पञ्चायत वडा नं. ६ मा कुलोको मुहान बनाई सो कुलोलाई तल पर्ने सिमपानी मामिलाई गौरी गाउँका जग्गा जमीन समेत पट्ने गरी परापूर्वदेखि आवाद गरी हकभोग गरी आएको थियो र प्रत्यर्थीहरूको बेलुवामा पानी पटाउन पातु खोलाकै पश्चिम पट्टी छुट्टै कुलो भई बेलुवाको लागि खोलाको पश्चिम पट्टीको सीमपानी समेतको पानी लगी जग्गा आवाद गरी आएकोमा प्रत्यर्थी इन्द्रबहादुर शाह समेतले जबरजस्ती गरी मिति २०३८।७।३ मा उक्त हाम्रो पानीको कुलोको सीमपानी मुहानबाटै काटी पातुखोलाको बगरै बगर पश्चिमतर्फ (पारी पट्टी) नयाँ कुलो खनी निजको जग्गा भएको अमृतपुर गाउँ पञ्चायत अन्तर्गत बेलुवामा लगेकोले हामीहरूको जग्गामा सुख्खा जर्ता जाने भएकोले गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१ बमोजिम टरी गाउँ पञ्चायतमा उजूरी दिएका थियौं । मुख्य साविक देखिको कुलो काटी सिर कट्टा गरी नयाँ कुलो बनाएको ठाउँ तुल्सीपुर गा.पं. क्षेत्रमा पर्ने भएकोले हामीहरूको उजूरी टरी गाउँ पञ्चायतबाट तुलसीपुर गाउँ पञ्चायत कार्यालयमा पठाइएको र उक्त गाउँ पञ्चायतबाट प्रत्यर्थी इन्द्रबहादुर शाहलाई म्याद गई हाजिर भएपनि कुनै प्रतिउत्तर बयानै नदिई म्याद गुजारी बस्नु भयो । मिति २०३९।४।२६।३ को तुलसीपुर गाउँ पञ्चायत न्याय समितिबाट तेरो मेरो परेको साविक लाहुरे चौर गा.पं. वडा नं. २(क) हाल तुलसीपुर गाउँ पञ्चायत वडा नं. ६ मा पर्ने सीमपानी मूलमा बेलवाको हकै लाग्न नसक्ने परापूर्वकाल देखि नै उक्त विवादित सीमपानी अथवा मूलको पानी गौरीमा गाउँको नै ठहर्छ भन्ने निर्णय भए उपर विपक्षीको दाङ जिल्ला पञ्चायत न्यायिक समितिमा पुनरावेदन परेको । सो न्याय समितिबाट विवादको सीमपानीमा आफ्नो एकलौटी हकको स्वतन्त्