निर्णय नं. ३०३१ - थैली बुझाई लिखत पास गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०३१ - थैली बुझाई लिखत पास गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/१२/१९ २२७८ निर्णय नं. ३०३१ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.पु.नं. ५७८, ६२२ मुद्दा : थैली बुझाई लिखत पास गरिपाउँ पुनरावेदक/वादी: जि.तेह्रथुम पोखरी गा.पं. वा.नं. ४ बस्ने घमण्ड बहादुर निरौला। विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. वडा नं.३ बस्ने समबहादुर लिम्बू। ऐ.ऐ वडा नं.४ बस्ने चक्रजंग निरौला। ऐ.ऐ बस्ने खेमजंग निरौला। पुनरावेदक/प्रतिवादी: ऐ.ऐ.वडा नं. ३ बस्ने समबहादुर लिम्बू। विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. वडा नं. ४ बस्ने घमण्डबहादुर निरौला। प्रतिवादी: ऐ.ऐ. बस्ने खेमजंग निरौला। ऐ.ऐ बस्ने चक्रजंग निरौला। फैसला भएको मिति: २०४३।१२।१९।५ मा हकदारले कानून बमोजिम हक छाडेको लिखत बेगरै बीचको व्यक्तिले साल सालको लागेको मालपोत तिरी खाने शर्तमा भोगबन्धकीमा जग्गा जिम्मा लिई भोग गर्ने व्यक्तिकै परिवारलाई गरिदिएको चलानी पुर्जीका आधारबाट भोगबन्धकी दिने आसामीबाट जग्गाको स्वामित्व नै छुट्न सक्ने कुनै पनि कानूनी व्यवस्था नभएकोले सोही आधारमा राजीनामा लिखत पारीत हुन नसक्ने कपाली हुने भनी वादी दावी भन्दा बाहिर गई गरेको इन्साफ उल्टी हुने । (प्रकरण नं. २७) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्रप्रसाद सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि भएको हुँदा पुनरावेदनको अनुमतिको लागि वादी तथा प्रतिवादीतर्फबाट यस अदालतमा पर्न आएको निवेदनपत्रमा पुनरावेदनको अनुमति प्राप्त भई यस अदालत समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्नानुसार छ । २. तेर्सो बाटो पूर्व टेकबहादुर लिम्बूको खेत पश्चिम, ठाडो खोली उत्तर, नरबहादुर लिम्बूको किपट खेत समेत दक्षिण, ४ किल्ला भित्रको आरु बोटे भन्ने किपट खेत प्र.मध्येका समबहादुर दौडिमानले प्र.चक्रजंग निरौलालाई रु. १,९०१।– मा मिति २०१३।४।१९ मा बन्धकी पास गरिदिएको दौडिमान मरी समबहादुरको हक भएको थैली रु. १,९०१।– को सटहीले रु. २,६४२।३९ तिरी खाने मबाट रु. १८,०००।– लिई प्र.समबहादुरले सो जग्गा २०२३।३।८ गते राजीनामा तमसूक गरिदिएको सो को ६ महिना भित्र चक्रजंगको थैली रु. २,६४२।३९ मिति २०३२।८।१० गते तिर्न जाँदा बुझी नलिएको पास गरिदिनु होस् भन्दा पास गरी नदिई समबहादुरले गुजारी दिएकोले थैली बुझाई पारीत गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. प्र.मध्ये चक्रजंग धनी, मेरो बाबु ऋणी भई ०१३।४।१९ मा भा.रु. १,९०१।– को लिखत बमोजिम आरुबोटे किपट खेत भोगबन्धकीमा भोगि आएको बाबु परलोक भएकोले रुपैयाँको आवश्यक परी चक्रजंगसंग माग्दा नदिएकोले बाबुले खाएको थैली समेत जम्मा रु. १८,०००।– पुर्‍याई दिनुहोस् भनी वादीलाई भन्दा रु. १५,३५७।६१ थैली रु. १८,०००।– को लिखत राजीनामा गरिदिएको हो । साहु चक्रजंगको बन्धकी थैली बुझाई पास गरिदिउँ भन्नु पर्नेमा सो नगरी झुठ्ठा नालेश गरेको भन्ने समबहादुरको प्रतिउत्तर । ४. वादी दावीको आरुबोटे खेत प्र.समबहादुरको बाबु दौडिमानले रु. १,९०१।– मा भोगबन्धकी पास गरिलिएको सो ४ किल्ला भित्र केही खेत धेरै जसो पाखा हुँदा कुलबहादुर लिम्बूले खेमजंग निरौलालाई २०२१।९।७ मा चलानी पुर्जी गरिदिई स