निर्णय नं. ३०३३ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०३३ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/१२/२९ २४१० निर्णय नं. ३०३३ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. २००१ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ निवेदक : जि.पर्वत खुर्कोट गा.पं.वा.नं.३ पाङगोडा घर भई घरेलु तथा ग्रामिण उद्योग विकास शाखा बाग्लुङको ख.शेषराज रेग्मी। विरुद्ध विपक्षी : अञ्चलाधीशको कार्यालय धवलागिरी अञ्चल बागलुङ। अंचल न्यायाधीशको अध्यक्षतामा गठित अंचल बढुवा समिति धवलागिरी,बागलुङ। घरेलु तथा ग्रामिण उद्योग विकास,शाखा बागलुङ ख.वावुराम शर्मा। आदेश भएको मिति : २०४३।१२।२९।१ मा निवेदकले आंशिक (कम्पार्टमेन्टल) परीक्षा समेत दिई परीक्षा उत्तिर्ण गरेकोले निजामती सेवा नियमावलीको नियमले तृतीय श्रेणीको अंक दिइनु पर्ने प्रष्ट व्यवस्था गरेको समेत देखिँदा निज रिट निवेदकलाई निजले हासिल गरेको खण्डे एस.एल.सी. को शैक्षिक योग्यता वापत तृतीय श्रेणीको अंक नै दिनु पर्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वीबहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. घरेलु तथा ग्रामिण उद्योग विकास शाखा मुस्ताङमा रिक्त रहेको ना.सु. (रा.प.अ.नं.प्र.) पद बढुवाद्वारा पदपूर्ति गरिनेमा सम्भाव्य उम्मेदवार म र विपक्ष बाबुराम शर्मा भएकोमा बढुवा समितिले ०४२।५।३ का निर्णय अनुसार विपक्ष बाबुराम शर्मालाई बढुवाको लागि सिफारिश गरेको सूचना प्रकाशित गरेको म्याद भित्रै वर्गीकृत क्षेत्रमा काम गरेको अवधिको अंक र एस.एल.सी. द्वितीय श्रेणीमा उत्तिर्ण भएकोमा सो को अंक नदिई तृतीय श्रेणीको अंक दिइएबाट विपक्ष बाबुरामको भन्दा ३९ अंक घटी हुन गयो द्वितीय श्रेणीको अंक दिइएको खण्डमा विपक्ष बाबुरामको भन्दा ३.६१ अंक बेसी हुने हुँदा द्वितीय श्रेणीको अंक गणना गरी बढुवा पाउँ भनी अञ्चलाधीश कार्यालयमा मेरो उजूरी परेकोमा परीक्षा नियन्त्रण कार्यालयको जवाफ प्रतिक्षा गरी रहने समय बाँकी नभएकोले प्राप्त भएको रेकर्डहरूकै आधारमा निर्णय दिनु पर्ने भनेको र बर्गीकृत क्षेत्रको अंक सम्बन्धमा हाजिर भएको मितिदेखि वर्गीकृत क्षेत्रको अंक गणना हुने भन्ने लो.से.आ.को का.ले उल्लेख गरी पठाएको हुँदा बढुवा समितिको निर्णयलाई विचार गर्न परेन, खण्डे एस.एल.सी. को द्वितीय श्रेणी सरहको अंक भन्ने दावीमा परीक्षाको लेजरमा कुनै पनि श्रेणी उल्लेख नभएको भन्ने शिक्षा शाखा बागलुङबाट लेखि आएकोले नि.से.नि., २०२१ को नियम ३.५(६) मा श्रेणी नखुलेकोलाई द्वितीय श्रेणी सरहको अंक भन्ने उल्लेख भएपनि यस प्रकृतिको परीक्षाको लागि लागु हुने मनसाय उक्त नियमावलीको नहुँदा उक्त परीक्षालाई द्वितीय श्रेणीमा उत्तिर्ण भएको भन्ने मान्न नसकिएकोले निवेदकको उजूरी आधारहीन भएकोले ०४२।५।३ को बढुवा समितिको निर्णय मनासिब भएको भनी ०४२।८।२५ मा गरेको निर्णयको जानकारी ०४२।८।२६ मा गराइयो । ३. शिक्षण पेशामा लागेका शिक्षकहरूको शैक्षिक स्तर बढाउने अवसर प्रदान गर्ने उद्देश्यले खण्डे एस.एल.सी. परीक्षाको व्यवस्था गरिएको हो भन्ने कुरा खण्डे एस.एल.सी. परीक्षा नियमावलीले प्रष्ट