निर्णय नं. ८८४४ - जवर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८४४ - जवर्जस्ती करणी भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६९/०१/०४ ४५०१ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८४४ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल २०६४–CR–०७३१ फैसला मितिः २०६९।१।४।२ मुद्दा : जवर्जस्ती करणी । पुनरावेदक वादीः नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला धनकुटा, महाभारत गा.वि.स. वडा नं. ६ घर भई हाल ऐ. धनकुटा नगरपालिका वडा नं ४ बस्ने शंकर विश्वकर्मा पुनरावेदन फैसला गर्ने :– मा.मु.न्या.श्री कामानन्द प्रसाद देव मा.न्या.श्री दीपकराज जोशी मा.न्या.श्री फणिन्द्रदत्त शर्मा § राय कितावमा व्यक्त भएको रायविपरीत फैसला तयार गर्न मिल्दैन । राय कितावमा व्यक्त भएको राय भन्दा फरक राय व्यक्त गरी लिखित फैसला तयार गर्दा फैसलाको स्थिरता वा निर्णयको अन्तिमताको सिद्धान्तमा वाधा पुग्ने । (प्रकरण नं.२) § न्यायाधीशले मुद्दाको सुनुवाइ गरी राय कितावमा राय व्यक्त गरी सही समेत गरिसकेपछि सो राय स्वयं निर्णयकर्तालाई पनि बन्धनकारी हुन्छ, अन्यथा राय नै कायम रहन नसक्ने र निर्णयहरू अविश्वसनीय, अभरपर्दो तथा जतिखेर पनि दुरुपयोग गर्न सकिने किसिमको हुन जान्छ । त्यस्तो प्रश्न अनुशासनको हिसावले गम्भीर हुने । (प्रकरण नं.३) § नावालिका १६ वर्ष भन्दा मुनिको स्वास्नी मानिसलाई सहमतिले नै करणी गरे पनि मुलुकी ऐन, जवर्जस्ती करणीको महलको १ नं. को कसूरभित्र पर्ने हुँदा सहमतिमा करणी भएको जवर्जस्ती करणी हुँदैन भन्ने चmस्इन्कारी जिकीर स्वीकार्य नदेखिने । (प्रकरण नं.७) पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई ज प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालतको फैसलाउपर वादी पक्षबाट पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम प्रस्तुत मुद्दाको जाहेरवालीको परिचयात्मक विवरण गोप्य राखिएको छ । मिति २०६२।३।२८ गते राति अन्दाजी ९ बजेको समयमा धनकुटा नगरपालिका वडा नं. ४ स्थित धनमाया वि.क.को घरबाट यातना टेलिफिल्म हेरी फर्कदै गर्दाको अवस्थामा बाटो ढुकी वसेका शंकर विश्वकर्माले विरोध गरेमा सिध्याउने धम्की दिई छुरी देखाई जवर्जस्ती करणी गरी हिडेको हुँदा निज शंकर विश्वकर्मालाई आवश्यक कानूनी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको पीडित जाहेरवालाको जाहेरी दरखास्त । धनकुटा नगरपालिका ४ स्थित भएको घटनास्थल वरिपरि रहेको झारपात माडिएको, मानिसको खुट्टाको डोव पाइएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । पीडितको योनीको हाईमेन जाली च्यातिएको भन्ने समेत व्यहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन । बाटो ढुकी वसेको शंकर विश्वकर्माले मलाई समाती लडाई एक हातले मुख थुनी हल्ला गरेमा मार्ने धम्र्की दिई उत्तेजित लिंग मेरो योनीभित्र छिराई स्खलन गरेको हुँदा सो कुरा आमालाई जानकारी गराई जाहेरी गरेको हुँ भन्ने समेत व्यहोराको पीडित जाहेरवालीको कागज । यातना टेलीफिल्म हेर्न आएको सुनितालाई घर फर्कदा वाटामा शंकर विश्वकर्माले करणी गरेछन् भन्ने सुनी थाहा पाएको हो भन्ने व्यहोराको धन कुमारी वि.क. को अनुसन्धान अधिकृत समक्षको कागज । सुनितालार्ई जवर्जस्ती करणी गरेको होइन । राजी खुशी