निर्णय नं. ३०३४ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०३४ - उत्प्रेषण समेत भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/०२ २३८८ निर्णय नं. ३०३४ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रि.नं. २०७६ विषय : उत्प्रेषण समेत निवेदक : जि.सुनसरी जल्पापुर गा.पं. वार्ड नं. ४ बस्ने अब्दुल अन्सारी। ऐ.ऐ बस्ने अब्दुल गफुर। ऐ.ऐ बस्ने अब्दुल सतार अन्सारी। विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय,सुनसरी। जि.सुनसरी जल्पापुर गा.पं. वार्ड नं.८ बस्ने अन्सुल अन्सारी। आदेश भएको मिति: २०४४।३।२।३ मा एकै व्यक्तिको एक जग्गाको मोही कायम मुद्दा खारेज भएकोमा मोही नामसारी मुद्दा बेग्लै भनी नामसारी गर्न नमिल्ने । (प्रकरण नं. ९) एक पटक टुंगो लागेको विवादमा पुनः पुनः मुद्दा गर्नु न्यायको दृष्टिबाट पनि अनुकूल हुँदैन, तसर्थ एक पटक खारेज भई सकेपछि पुनः मुद्दाको नाम मात्र फरक हुँदैमा तात्विक विषय वस्तु उही भएको देखिँदा त्यस्तोमा पुनः मोही नामसारी गर्ने गरी भू.सु.का.बाट भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वीबहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. साविक गुन्जेश्वरीका नाउँको जल्पापुर गा.पं. वार्ड नं. ४(क) कि.नं. ३८ को जग्गा हाल अब्दुल अन्सारीले कि.नं. १६९ मा अब्दुल गौफारले कि.नं. १७० मा अब्दुल सतार अन्सारीले कि.नं. १७१ मा खरीद गरी लिएपछि पनि जोतकोड गरी आएकोमा पिताजी ०२९ सालमा परलोक भएकोले मोही नामसारी गरिपाउँ भनी अन्सुल अन्सारीले निवेदन दिएकोमा विपक्षी अन्सुलले हामी उपर स्थायी प्रमाणपत्र पाउँ भनी दिएको उजूरी यसै कार्यालयबाट ०४१।६।९ मा खारेज भएको भनी हाम्रो प्रतिउत्तर परेको थियो । विपक्षी अधिकारीज्यूबाट २ नं. अनुसूची प्रकाशित भएको देखिएकोले सो जग्गामा मोही थियो भन्ने प्रमाणित हुन आउँछ । यिनै वादी प्रतिवादीको मोही कायम मुद्दा खारेज भएको र आमा भाइहरूले दिएको मोही नामसारी मुद्दा खारेज भएको बसाई सरी गएको भन्ने प्रतिवादी जिकिरतर्फ विचार गर्दा मोही कायम मुद्दा र मोही नामसारी मुद्दा बेग्ला बेग्लै भएको र मोही कायम गरिपाउँ भन्ने मुद्दाको निर्णयबाट नामसारी गराउन पाउने अधिकार हनन् हुन नसक्ने र त्यस मुद्दाबाट यस मुद्दामा असर पार्न नसक्ने साथै आमा र भाइको मुद्दा खारेज भएकोबाट निजको हक हनन् नहुने भनी कि.नं. १६९, १७०, १७१ वादी अन्सुल अन्सारीको नाउँमा मोही नामसारी हुने ठहर्छ भनी ०४२।८।१८ मा फैसला गर्नु भएको छ । ३. विपक्षीले हाम्रो दाता र हामीहरू समेत उपर मोहियानीहरूको प्रमाणपत्र पाउँ भनी दिएको उजूरीमा मोही कायम गर्न नमिल्ने भनी ०४१।६।९ मा खारेजी फैसला भएको अन्तिम रुपमा रहेको छ । तत्पश्चात विपक्षले हाम्रो पिताजीले १ नं. भरी २ नं. प्रकाशित भई ४ नं. जो.अ.नि. पिताजीले प्राप्त गर्नु भएको, स्वर्गीय हुनु भएबाट नामसारी गरी मोही प्रमाण पूर्जा पाउँ भनी दिएको उजूरीमा ०४२।८।१८ मा मोही नामसारी हुने ठहर्‍याएको निर्णय अ.बं. ८५ नं. को कानूनी व्यवस्था प्रतिकूल छ । भू.सु. लागु हुँदा जग्गाधनी रहेको हाम्रो दातालाई जग्गाधनी नदेखाई सो अवस्थामा ज.ध. नरहेका व्यक्तिलाई ज.ध. देखाई भरेको लगत अनुसा