निर्णय नं. ३०३५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०३५ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०३/०२ २५०५ निर्णय नं. ३०३५ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रि.नं. १९८० विषय : उत्प्रेषण निवेदक : जि.सप्तरी हरिपुर गा.पं. वार्ड नं. ७ मा स्थापित राधाकृष्ण गुठीको स्व.गुरु मखनदास वैरागीको चेला ऐ.ऐ. बस्ने महन्थ पाचुंदास। विरुद्ध विपक्षी : सगरमाथा अञ्चलाधीश, सगरमाथा अञ्चलाधीशको कार्यालय राजविराज, सप्तरी। हरिपुर गा.पं का राजविराज,सप्तरी। ऐ.गा.पं वडा नं.७ बस्ने हजारी चौधरी। ऐ.ऐ वडा नं.२ बस्ने खीलाल चौधरी। ऐ.ऐ वडा नं.८ बस्ने असर्फी साह। ऐ.ऐ वडा नं.८ बस्ने मनराजी चौधरी। ऐ.ऐ वडा नं.५ बस्ने राम प्रसाद साह। ऐ.ऐ वडा नं.४ बस्ने अच्छमितलाल चौधरी। ऐ.ऐ वडा नं.७ बस्ने गोवर्धन चौधरी। ऐ.ऐ वडा नं.३ बस्ने इस्माइल मियां। आदेश भएको मिति: २०४४।३।२ मा अञ्चलाधीशलाई गुठी विषयमा समिति गठन गर्न कुनै कानूनले अधिकार दिएको नदेखिने। (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षीतर्फबाट : द्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वीबहादुर सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. जि.सप्तरी हरिपुर गा.पं. वार्ड नं. ७ मा स्थापित राधाकृष्ण प्रणामी धर्म संस्थाको गुठी स्थापित भई सो गुठीमा स्थायी सम्पत्ति जग्गा केही सो राधाकृष्ण गुठीको नाउँमा र केही निजको चेला हुने महन्थ भई आएकाको नाममा नामसारी हुँदै आइरहेको परम्परा छ । सो गुठीको आयस्ताबाट नित्य पूजा आजा धर्म सदावर्त चलिआएको छ । सो राधाकृष्ण भगवानको महन्थ मखनदाशको म एक मात्र चेला भएको हुँ । ०४०।७।५ मा मखनदाशको परलोक भएपछि नित्य पूजा आजा सदावर्त गरिआएको छु । म स्वतः सो गुठीको महन्थ भएको हुँ । मुलुकी ऐन गुठीको ११ नं. मा भएको व्यवस्थानुसार पनि मखनदाशको एकमात्र चेला म निवेदकको गुठीको जग्गाबाट गुठीको पूजा आजा गर्न मेरो हक हुन आएको हो । मखनदाशको चेला म पाचुंदाश भएको भन्ने नाता प्रमाणपत्र जि.का. सप्तरीबाट ०४१।१०।१ मा पाएको छु । प्रत्यर्थी नं. २ देखि १० का व्यक्तिले गुठीको आयस्ता हिनामिना गर्ने मनसायले आयस्ता हाम्रो जिम्मा लगाई हामीबाट पूजा आजाको लागि खर्च गर्नु पर्छ भन्दा त्यसो गर्न मिल्दैन भनी मैले भन्दा हरिपुर गा.पं. का प्रधानपञ्च सुनर चौधरीलाई हस्तक्षेप गर्न अगाडि सार्दा निषेधाज्ञाको रिट सगरमाथा अं.अ.मा दिँदा मैले महन्थ म भई पूजा आजा गर्ने र रेखदेख हरिहरपुर गा.पं. ले गर्ने गरी ०४१।५।१० मा मिलापत्र भई सो गुठीको नाउँमा रहेको जग्गाको आयस्ता र स्व.गुरु मखनदाशका नाउँको जग्गाको आयस्ताबाट नित्य पूजा आजा सदावर्त समेत चलिई आइरहेको छ । आफ्नो स्वार्थ पूर्ति नभएपछि अञ्चलाधीश ज्यूलाई गुहारी राधाकृष्ण प्रणामी धर्म संस्थाको नक्कल महन्थ कायम गरी चल अचल हिनामिना गर्न लागेको बुझिएकोले निम्न लिखित व्यक्तिको सदस्यतामा अर्को व्यवस्था नभएसम्मको लागि एउटा समिति गठन गर्ने निर्णय गरी चल अचल हिनामिना हुन नपाउने गरी पूजा आजाको व्यवस्था मिलाउन हुन भनी ०४२।८।२८ मा हरिहरपुर गा.पं. लाई पत्र लेख्नु भएको रहेछ । प्रत्यर्थीले सो मलाई देखाई धान रोकी दौनीसम्म गर्न नदिएको छ । सो पत्रमा उल्लेखित समितिमा विपक्षी नं. २ देखि १० सम्मका नाम रहेछन् सो सम