निर्णय नं. ३०३८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०३८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०५/०१ २८८० निर्णय नं. ३०३८ ने.का.प. २०४४ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नम्बर १४६४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.जि.का.न.पं. वडा नं. ८ देवपतन ढोकासी टोल बस्ने श्यामकृष्ण भण्डारी। विरुद्ध विपक्षी :का.जि.का.न.पं. वडा नं. ८ बस्ने पशुपतिनाथका मूल पूजारी (मूल भट्ट) रावल पदमनाथ शास्त्री। पशुपति भण्डार तहविल कार्यालय,काठमाडौं। जिल्ला का.न.पं.वडा नं.८ देवपतन। आदेश भएको मिति: २०४३।५।१।१ मा माफी माग्न पटक पटक अवसर दिएको कुरा पटक पटक परेका प्रतिवेदनहरूबाट समेत देखिन्छ । त्यसबाट श्री पशुपतिनाथको मन्दिर जस्तो पुण्य र पवित्र स्थानमा नारा लाग्नु जस्तो र रथयात्रा २।३ घण्टा विलम्ब हुनु प्रहरीको प्रयोग गर्नु पर्ने जस्ता घटनाहरूलाई सामान्य र साधारण भन्न मिल्दैन । (प्रकरण नं. २२) माफी माग्ने जस्ता कुराको अनुरोध, त्यहींका निवेदकलाई दिक्षा दिने गुरु मूल पूजारी तथा भण्डार तहविल कार्यालय समेतबाट हुँदा निवेदकले इन्कारी गर्नु जस्तो कुरा पनि साधारण होइनन्। बिना कारण यी सबै कुरा मूल भट्टले गर्नु पर्ने र त्यसलाई अरु प्रतिवेदन दाताहरूले समर्थन गर्नु पर्ने कारण पनि केही देखिँदैन । त्यसकारण यी सबै कुरालाई विचार गर्दा यसमा मूल भट्टले गर्नु भएको सबै कारवाही निवेदकका जिकिर अनुसार आधारहीन हुन् भन्न सकिन्न । मूल भट्टले उचित सावधानी र सामान्य प्रकृया नपुर्याएको कारणबाट निवेदकले आफूलाई सजायँबाट बचाउने मौका नपाएको भन्न मिल्दैन । निवेदकले क्षमा याचना गर्न पाएको अवसरलाई आफैंले गुमाएको देखिन्छ । त्यसकारण अब यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्नु न्याय, सद्विवेक र व्यवहारिक दृष्टिकोण समेतले उचित नहुने । (प्रकरण नं. २३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ,विद्वान अधिवक्ता श्री गोपाल भण्डारी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया,विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा,विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भनी रिटनिवेदन मिति ०४२।४।२७।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् :– म निवेदकलाई परम्परा अनुसार ०३४ साल चैत्र महिनामा श्री पशुपतिनाथका मूल पूजारी समेतका साथमा श्री ५ महाराजाधिराजका हजूरमा उपस्थित गराई म निवेदकबाट मौसूफ सरकारका पाउमा रु. १।,.१० वटा सुपारीका साथ दर्शन गराई श्री ५ बाट भण्डारीमा नियुक्त गर्न स्वीकृति बक्स भई म निवेदकको विधिपूर्वक व्रतबन्ध गराई वंश परम्परागत भण्डारी पदमा बहाल भएको छु । सो पदमा बहाल भएदेखि श्री पशुपतिनाथ र राजमुकुटको हित चिताई आफ्नो क्षमता वुद्धि विवेक अनुसार आफ्नो जिम्मेवारी पूरा गर्दै आई रहेको थिएँ । मेरो कामको सम्बन्धमा कतैबाट कुनै प्रकारको असन्तुष्टि जनाइएको थिएन तर अचानक श्री पशुपतिनाथका मूल पुजारीको मिति ०४१।१२।२० को आदेशानुसार भण्डारीको लगतबाट तपाइको नाम काटिएको व्यहोरा जानकारीको निमित्त सूचना गरिन्छ भन्ने समेत व्यहोरा उल्लेख भएको प्रत्यर्थी नं. २ का प.सं. १०४२।०४१।४२ मिति ०४२।३।१९।४ को भण्डारीको लगतबाट नाम खारेज गरिएको विषयको प्रत्यर्