निर्णय नं. ३०३९ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०३९ - डाँका भाग: २९ साल: २०७१ महिना: असार अंक: ३ फैसला मिति :२०४३/११/२६ २८१० निर्णय नं. ३०३९ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ४०० मुद्दा : डाँका पुनरावेदक/प्रतिवादी: जि.रौतहट सरुअठा गा.पं. वार्ड नं. ८ बस्ने राजेन्द्रप्रसाद सिंह राजपुत। विरुद्ध विपक्षी/वादी: तेजनारायण कापडको जाहेरीले श्री ५ को सरकार। फैसला भएको मिति: २०४३।११।२६।३ मा अभियोक्ता स्वयं उपस्थित रही मौका तहकिकात वा सरजमीन सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । यस अवस्थामा प्रधानपञ्च र उपप्रधानपञ्चको उपस्थिति अनिवार्य गराएको वा निजहरूको अनुपस्थितिमा भएको मौका तहकिकात वा सरजमीनले कानूनी मान्यता पाउन नसक्ने भन्ने अवस्था रहेको नदेखिने । (प्रकरण नं. २२) मिति २०३७।२।२१ मा सरजमीन मुचुल्का भएको र यी पुनरावेदक प्रतिवादी मिति ०३७।३।२७ मा मात्र पक्राउ परेको देखिँदा सरजमीनको रोहवरमा राख्ने अवस्था नै आएन फेला नपरेको कारणबाट रोहवरमा नरहेको भए सोही किसिमको फेला नपरेको भनी जनाउनु पर्नेमा नजनाएको भन्ने कुराले मात्र सरजमीनको तात्विक प्रमाणिक महत्वमा असर नपर्ने नहुँदा सरजमीनलाई कानून विपरीतको मान्न मिलेन, फेला नपरेका अभियुक्तहरूको पनि नाम खुलाउनु पर्ने तर्फ व्यवहारिक र कानूनले बाध्य पनि छैन । (प्रकरण नं. २३) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. २०३६।११।२०।२ गते राती खानपिन गरी मेरो भएको परिवार सुती निदाई रहेको अवस्थामा करिब १०–१०१⁄२ बजेको समयमा २१, २२ जना डाँकाहरू आई घरभित्र पसी मलाई समाई कुटपिट गर्न लाग्दा ज्यान बचाउनको लागि बल प्रयोग गरी घरबाट बाहिर निस्कें र सो रात चाँदनीको उज्यालो भएको र डाँकाहरूले बालेको टर्चको उज्यालोबाट समेत राजेन्द्र सिंह, हिरामान सिंह, जगत सिंह, ठगरमियाँ, चन्द्रेश्वर सोनार, रसुल मियाँ, खहेरु राउत, पलट कापडलाई चिनें अरुलाई पहिचान गर्न सकिन । डाँकाहरूले जम्मा रु. ९१,३००।– को धनमाल डाँका गरी भागी गएकोले डाँकाहरू पत्ता लगाई कारवाही गरी डाँका गरी लगेको बिगो दिलाई सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. जाहेरवालाको घरमा डाँकाहरू आई डकैती वारदात गरेको हो । सो डाँका वारदात हुँदा म आफ्नो घरमा नभई श्रीमतीलाई ल्याउनको लागि २ दिन अगावै सरुअठा गएको थिएँ । भोलिपल्ट मात्र श्रीमतीलाई लिएर फर्केको हुँ । वारदात भएको ठाउँदेखि मेरो ससुराली २ कोष फरकमा पर्दछ । कहाँका डाँकाहरू आई डाँका गरे मलाई थाहा छैन । जाहेरवालासंग मेरो जग्गा मुद्दा परी मैले जितेको हुँदा रिसइवीले गर्दा उजूर दिएको हो भन्ने समेत व्यहोराको पलट कापडको प्रहरीमा भएको कागज । ४. जाहेरवाला तेजनारायणको घरमा डाँका वारदात भएको र डाँकाहरू भाग्दा प्रहरीहरू आई पुगी गोलिफायर समेत गरेको कुरा मैले भोलिपल्ट सुनेको हुँ फागु पूर्णिमाको रात म घरमा छु । रातको १० बजे फागु खेलेको छु । जाहेरवालासंग मेरो कुनै रिसइवी छैन । जाहेरवाला र मेरो गाउँ बस्ने जि.स.स. चन्द्रिकाप्रसाद सिंहको बीच दोस्ती भएकोले चन्द्रिकाको दवावबाट जाहेरवालाले