निर्णय नं. ३०४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०१/२२ २४०५ निर्णय नं. ३०४० ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट नम्बर १७३७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदिका: जि.लमजुङ राइनास गा.पं. वार्ड नं. १ बस्ने बाली तामाङ। विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय लमजुङ। गण्डकी अञ्चलाधीश,गण्डकी अञ्चलाधीशको कार्यालय। जि.लमजुङ चक्र तिर्थ गा.पं. वडा नं.३ ढाड खर्क बस्ने भिम बहादुर पराजुली। ऐ.धमिली कुवा गा.पं.वडा नं.६ ढोड पोक्सीङ बस्ने हस्त बहादुर तमाङ. आदेश भएको मिति: २०४४।१।२२।३ मा अपुतालीको १७ नम्बर बमोजिम कारवाही गर्न पाउने अधिकार सोही ऐनले नजिकको अञ्चलाधीश कार्यालयलाई तोकेको हुँदा प्रमुख जिल्ला अधिकारीले गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी कार्यालयहरूको निर्णय बदर गरिपाउँ भनी रिटनिवेदन मिति ०४२।६।३०।४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :– म निवेदिकाको आमाको पहिला नै देहान्त भएको र पिता जीतमानको ०२२ सालमा देहान्त भएको थियो पिता माताको गर्भबाट म निवेदिका र एकमात्र भाइ बुधेको जाय जन्म भएको थियो । भाइ बुधेको श्रीमती कुमारी तमाङनी ०३६।११।३० मा र भाइ बुधेको ०३६।१२।१३ मा देहान्त भयो निजहरूको काजक्रिया गरी बाँकी रहेको सम्पूर्ण सम्पत्ति आजसम्म पनि मेरो हकभोग चलनमा छ । खास गरी बुहारी मरेपछि बुधे म कहाँ नै आई बसी मैले नै पालेको हुँ । भाइ बुहारीको स्यहार सम्भार हेरचाह मैले नै गरेकी थिएँ भाइको देहान्त पछि विपक्षी मुखिया भिमबहादुरलाई आफ्ना मान्छे मार्फत हस्तेवारीद्वारा तिरो तिरेको छु । म संग मौजुद छन् । २०४१ साल माघ तिर भएको नापीमा फिल्डबुकमा स्वर्गीय भाइ बुधेको सम्पत्तिमा मेरो नाममा नापी दर्ता भएको छ । हालसम्म हाम्रो पञ्चायतमा नै ज.ध.प्र.वितरण गरिएको छैन । फिल्डबुकमा मेरो नाम कायम छ । भाइको काजक्रिया मैले गर्न लाग्दा विपक्षी नं. ४ ले हुलदंगा गरेबाट विवाद परी गाउँ सरजमीन गरी स्थानीय गा.पं.ले दिएको सिफारिशमा बुधेको सम्पत्ति खान र खाएको मैले भन्ने स्पष्ट छ । म एक ६१ वर्षिय वृद्ध नारीलाई दुःख दिने नियत लिई म मा अपुताली पर्न आएको सम्पत्ति खान सकिएलाकी भनी गाउँका जाली फटाहाहरूको बहकाउमा लागी ७ पुस्ताको नाता देखाउँदै विपक्षी नं. ४ ले भाइ बुधेको सम्पत्ति दावी गर्दै म समेतलाई प्रतिवादी बनाई दिएको फिराद शुरु जि.अ.र ग.अं.अ.ले खारेज गरी गरिएको निर्णय अन्तिम भएर बसेको छ । उल्लेखित यी फैसलाहरूबाट मेरो भोग र अधिकार विनिश्चित भएका छन् । सम्पत्ति मेरै भोगचलनमा रहेको खिचोला गर्न आउनेले नालेश गरेबाट मैले नालेश गर्न पर्ने कारण र अवस्था परेन । विपक्षी नं. ४ ले मेरो भाइ बुधेको सम्पत्ति खान नसकेपछि म वृद्ध नारीलाई दुःख दिनको निमित्त तालुकदार विपक्षी नं. ३ लाई उठाई विपक्षी नं. २ को कार्यालयमा बुधेको सम्पत्ति खाने हकदार कोही नभएकोले अपुताली पर्न आएको सम्पत्ति श्री ५ को सरकारको होस भनी मिति ०४१।१०।२४ मा निवेदन पारी सो