निर्णय नं. ३०४१ - निषेधाज्ञाको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०४१ - निषेधाज्ञाको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०२/२४ २७२६ निर्णय नं. ३०४१ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ७२२ मुद्दा : निषेधाज्ञाको आदेश जारी गरिपाउँ पुनरावेदक/प्रतिवादी: नेपालगंज न.पं. वार्ड नं. ८ बस्ने अशोककुमार के.सी.। विरुद्ध विपक्षी : जि.बाँके परसपुर गा.पं. वार्ड नं. ४ बस्ने गोविन्दनारायण कायस्त। फैसला भएको मिति: २०४४।२।२४ मा निर्विवाद हक स्थापित नभएको अवस्थामा पनि अपवादको रुपको विशेष अवस्थामा निषेधाज्ञा जारी गर्न मिल्ने । (प्रकरण नं. ११) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ। २. म निवेदकको काकी श्यामा भन्ने श्यामकलीका नाउँमा बाँके परसपुर गा.पं. वार्ड नं. ३ कि.नं. १ को ज.वि. ०–८–११ ऐ. कि.नं. ८५ को ज.वि. ०–१२–१० ऐ. कि.नं. ८९ ज.वि. ३–१४–१ ऐ. कि.नं. १०८ को ज.वि. ०–०–१२ ऐ. कि.नं. १११ को ज.वि. ०–०–८ ऐ. वार्ड नं. ४क. कि.नं. १७ को ज.वि. ०–१२–११ ऐ. कि.नं. १०३ को ज.वि. ०–१६–१८ ऐ.ऐ. कि.नं. १६८ को ज.वि. ०–७–१ ऐ. कि.नं. २३१ को ज.वि. ०–१२–७ ऐ.ऐ. कि.नं. २३८ को ज.वि. ०–११–१३ ऐ. कि.नं. २४६ को ज.वि. ०–९–९ समेत दर्ता रही भोग गरी आएकोमा कि.नं. १ ज.वि. ०–८–११ र कि.नं. ८९ को ज.वि. ३–१४–१ जग्गालाई विपक्षी अशोककुमार के.सी. ले र कि.नं. ८५, १११, ११२, ११६ ऐ. वार्ड नं. ४क. कि.नं. १७, १०३, १६८, २३१, २३८, २४६ समेतको जग्गाको विगो रु. १,११,५१०।– जाने जग्गा मोल घटाई ०३७।६।१४ गते कीर्ते राजीनामा खडा गरी मालपोत बुझाएको रसीद कीर्ते बनाई अमीरबहादुर राजभण्डारीको वारेस रामबहादुर थापा बनी कैलाली मालपोत कार्यालय धनगढीमा गई अर्को नक्कली श्याम भन्ने श्यामकली कायस्तनी खडा गरी अमीरबहादुर र विपक्षी अशोककुमार के.सी.का नाउँमा ०३७।६।१५ गते राजीनामा पारीत गरे गराएकोमा सो कुरा ०३७।७।१४ गते मालपोत कार्यालयबाट नलिँदा थाहा पाई निज अन्यायीहरू माथि काकी श्यामा भन्ने श्यामकलीले दिएको कीर्ते मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ । काकी श्यामा भन्ने श्यामकलीले निजहरूको नाउँमा कीर्ते मुद्दा दायर गरेकोमा निज अमीरबहादुरबाट विपक्षी जयबहादुरले मिलोमतो गरी अमीरबहादुरलाई ऋणी र आफू धनी बनी रु. ४,०००।– को थैली राखी कीर्ते मुद्दा चल्दा चल्दै ०३७।२।२३ गते मालपोत कार्यालय रुपन्देहीबाट रजिष्ट्रेशन पारीत गराई लिएकोमा विपक्षी जयबहादुरले राजीनामा पारीत गराई लिइसकेपछि कीर्ते मुद्दामा मैले राखेको साक्षी मोहनलाल श्रीवास्तवलाई आफूतर्फ मिलाउनलाई बाँके परसपुर गा.पं. वार्ड नं. ३ कि.नं. ८५ को आँपको वर्गीया भएको ज.वि. ०–१२–१० लाई विपक्षी जयबहादुरले कित्ताकाट गराई कि.नं. १५२, १५३ गराई कि.नं. १५२ को ज.विपक्षी जयबहादुरले मोहनलाल श्रीवास्तवलाई मूल्य रु. ६,०००।– को राजीनामा खडा गरी गराई ०३८।७।६ गते मालपोत कार्यालय बाँकेबाट रजिष्ट्रेशन पारीत गराई लिएको र कि.नं. १५३ को जग्गा मध्ये ज.वि. ०–२–० विपक्षी बलराम बढई १ ऐ. कि.नं.बाट ज.वि. ०–०–१६ विपक्षी भगोती बढई १ ऐ. कि.नं. बाटै ज.वि.