निर्णय नं. ३०४२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०४२ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४४/०२/२७ ३०११ निर्णय नं. ३०४२ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ४३४, ४६५ सम्वत् २०४३ सालको फौ.सा.नं. ६८ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी:कास्की जिल्ला पोखरा न.पं. वडा नं.७ मासवार घर भै हाल पर्सा जिल्ला कार्यालय कारागार शाखा वीरगंज थुनामा रहेको अग्नी प्रसाद बराल। ऐ.ऐ बस्ने हाल कारागार शाखा कास्की थुनामा रहेकी राधिका बराल। विरुद्ध विपक्षी/वादी: शिवजी प्रसादको जाहेरीले श्री ५ को सरकार। फैसला भएको मिति: २०४४।२।२७।२ मा अभियुक्त राधिका अत्याधिक आवेशमा आएको भनी अभियुक्त अग्नीप्रसादको अदालतको बयानबाट देखिन आएबाट कुटपिट साधारण थियो भन्न सकिने अवस्था देखिएन । एउटी स्वास्नी मानिसले आफ्नो लोग्नेको साथमा करणीकै अवस्थामा करणी स्थलैमा भेटेको स्वास्नी मानिस उपर क्रोध प्रदर्शनको सामान्य प्रतिकृया मात्र भयो अथवा हुन्छ भन्न सकिन्न, यो एउटा वास्तविक एवं स्वभाविक प्रकृया हो । तसर्थ मर्नेलाई मरणान्त कुटाई भएन भन्ने कुरा मान्न नसकिने । (प्रकरण नं. २३) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोला: पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेका इन्साफ उपर चित्त नबुझी पु.प्र.अग्नीप्रसाद बरालको पुनरावेदन र पु.प्र.राधिका बरालको पुनरावेदन यस अदालतमा छुट्टा छुट्टै फौजदारी पुनरावेदन डिभिजन डायरीमा दर्ता भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको विवरण यस प्रकार छ । २. मिति ०३९।३।३१ गतेका विहान घुम्दै जाँदा फेवाताल वाराही मन्दिर देखि केही माथि अपरिचित एकजना मानिसको लाश देखिएको र नजिक गई हेर्दा घोप्टो परेको शरीरमा चेष्टर सारी लगाएको किनारमा रातो रंगको ब्लाउज र रातो मजेत्रो चप्पल समेत देखिएकोले कानून बमोजिम होस् भन्ने समेत ०३९।३।३१ को प्र.ह.रामबहादुर पौडेलको प्रतिवेदन । ३. दाजु अग्नीप्रसाद बरालले मेरी श्रीमती सरस्वती बरालसंग अनुचित सम्बन्ध राखेको देखि २, ४ थप्पड मैले पनि हानेको हुँ भनी भाउजू राधिकाले भनेको र भोलिपल्ट फेवातालमा लाश देखिएकोले निज अग्नीप्रसाद र राधिकाले मारेको यकिन भएकोले ज्या.सं.को महल बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको शिवजीप्रसाद बरालको जाहेरी दर्खास्त । ४. अग्नीप्रसाद बरालको ट्याड्ढीमा गई हेर्दा सानो डोरी पश्चिमतिर निस्कने ढोका साइडमा भएको । फलामे छुरी सुत्ने गरेको किनारातिर रहेको । उत्तरपट्टिको लास्ट कवल नजिकै अग्नीप्रसाद सुत्ने गरेको विस्तरा भएको भन्ने समेत व्यहोराको ०३९।३।३१ को बारामदी मुचुल्का । ५. फेवातालको वाराही मन्दिर जाने तालमा किनाराबाट ५० फीट फरकमा ५ फुट ४ इन्च गहिराई भएको पानी भित्र मृतक सरस्वतीको लाश रहेको लाशको दक्षिण टाउको उत्तर गोडा भई पानी भित्रै घोप्टो परेको, लाशलाई पाखामा ल्याई हेर्दा चेष्टर रातो कालो पहेलो बुट्टा भएको लगाएको भन्ने समेत व्यहोराको ०३९।३।३१ को लाश प्रकृति मुचुल्का । ६. पानीमा डुबी मरेको भन्ने समेत व्यहोराको ग.अं.अस्पतालको लाश जाँचको रिपोर्ट। ७. लोग्ने अग्नीप्रसादलाई खाना पनि पुर्याई देउ र टड्ढी लिपपोत पनि गरिआउ भनी बुहारी सरस्वतीलाई ८ बजे पठाएकोमा १२ बजे सम्म पनि नआएकीले टंकीमा