निर्णय नं. ३०४३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०४३ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/११/०१ २४१३ निर्णय नं. ३०४३ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४४ सालको रिट नम्बर १५१२ विषय : उत्प्रेषण रिट निवेदक: ललितपुर जिल्ला महालक्षी गा.पं. वडा नं. ८ लुभू विसन्डोल बस्ने लक्ष्मण थापा। विरुद्ध विपक्षी : भूमिसुधार मन्त्रालय, सिंहदरबार। भूमिसुधार मन्त्रालय अन्तर्गत नापी विभाग,डिल्लीबजार। राष्ट्रिय योजना आयोगको सचिवालय सिंहदरबार नापी विभाग अन्तर्गत नापी तालिम केन्द्र बानेश्वरमा प्रशिक्षक आनन्द राज श्रेष्ठ। आदेश भएको मिति: २०४३।११।१।६ मा तालिममा जाने भन्ने कुरा विभाग तथा अधिकारीले उपयुक्त ठहर्याएको उम्मेदवारलाई दिएको सहूलियत मात्र हुन् । (प्रकरण नं. ८) निवेदकतर्फबाट : X विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाः X आदेश न्या.हरिहरलाल राजभण्डारी: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको मुख्य दावी जिकिर निम्नानुसार छ । २. मित्रराष्ट्र पश्चिम जर्मन सरकारबाट शैक्षिक वर्ष १९८६ को लागि उपलब्ध गराएको १० महिना अवधिको फोटो ग्रामेट्री टेक्निकल एण्ड टेक्नोलोजी विषयको एक सिट छात्रवृत्तिमा विपक्षी भूमिसुधार मन्त्रालय अन्तर्गत नापी विभागका सम्बन्धित क्षेत्रमा काम गरिरहेका प्राविधिक कर्मचारीहरू मध्येबाट उपयुक्त उम्मेदवारबाट मनोनयनका लागि राष्ट्रिय योजना आयोगको सचिवालय जनसंख्या शाखाबाट मिति ०४२।७।१९ मा विपक्षी २ नं. लाई पत्र लेखी आई परिपत्र गरेपछि नापी विभागले मिति २०३७।८।१८ मा स्थायी नियुक्ति लिई ८ नं. नापी गोश्वारा पर्वत कुस्मामा नापी अधिकृतको दरबन्दी कायम भई शाखा नापी विभाग कित्ता नापी महाशाखामा काजमा रही देश, नरेश र व्यवस्थाप्रति पूर्ण आस्था र वफादारी साथ काम काज गर्दै आएको छु । निवेदक एक सिटको छात्रवृत्तिमा विपक्षी २ नं. कै परिपत्र बमोजिम मिति २०४२।९।१३ मा विपक्षी २ नं. समक्ष छात्रवृत्तिका लागि दर्खास्त गरेको थिएँ तालिममा पठाउने नियम २०३४ बमोजिम अंक गरी योग्यता क्रमको आधारमा सबै भन्दा बढी अंक प्राप्त गर्ने नापी अधिकृत श्री लक्ष्मण थापाले (अंक १८९, ७८९) लाई मुख्य उम्मेदवारमा मनोनयन गरी तालिम लिन पठाउने र अंक गणनामा दोश्रो स्थान हुने प्रशिक्षक आनन्दराज श्रेष्ठ (अंक १८८, ९२१) लाई वैकल्पिक उम्मेदवारमा मनोनयन गर्ने गरी निकाशा हुन पेश भएको । यसरी सबैभन्दा बढी अंक प्राप्त गरी मुख्य उम्मेदवारको रुपमा सफल भई तालिममा जाने योग्यता पुगी सम्पूर्ण कार्यविधि पूरा भइसकेको स्थितिमा निवेदकको नाम एकाएक हटाई तालिममा जान नपाउने गरी विपक्षी २ नं. ले मिति ०४३।४।१४ मा गैरकानूनी निर्णय गरी पश्चिम जर्मन जाने दिनमा मिति ०४३।४।१५ गते विपक्ष २ नं. ले नै काज राखिएको भन्दै उक्त प्राप्त छात्रवृत्तिमा जानबाट पूर्व मलाई आफ्नो कुरा भन्न र प्रतिवाद गर्ने मौकासम्म पनि नदिएका एकाएक स्वेच्छाचारी भई प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल हुने काम विपक्षी नापी विभागबाट गरिएको छ । सफाइको मौका नै नदिई ठाडै प्राकृतिक न्याय सिद्धान्त विपरीत अपहरित गरिएको हकलाई प्रचलन गराउने प्रचलित कानूनको कुनै उपचारको व्यवस्था नगरिएको नभएकोले नेपालको संविधानको धारा १६ को व्यवस्था अनुसार धारा ७१ ले गरेको संवैधानिक व्यवस्था अन्तर्गत प्रस्तुत रिटनिवेदन गर्न आएको छु । विपक्षी नापी विभा