निर्णय नं. ३०४४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०४४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/११/०१ २३७१ निर्णय नं. ३०४४ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. २३२५ विषय : उत्प्रेषण । निवेदक : नुवाकोट जिल्ला दाङसिङ गा.पं.वा.नं. ८ गगटे बस्ने कामिलामा तामाङ। विरुद्ध विपक्षी : श्री जग्गा दर्ता तथा हदबन्दी कार्यान्वयन समिति नुवाकोट। प्र.जि.अ.श्री धनबहादुर बस्नेत जि.का. नुवाकोट। का.मु.भू.सु. अधिकृत कृष्णहरि कायस्थ भू.प्र.का नुवाकोट। मालपोत अधिकृत राम अधिकारी मा.का. नुवाकोट। नुवाकोट जिल्ला दाङ्गसिङ गा.पं वा.नं.८ बस्ने पंच बहादुर तामाङ चौहवीजंग। आदेश भएको मिति: २०४३।११।१।६ मा जग्गा दर्ता हदबन्दी कार्यान्वयन समितिले निर्णय गर्दा असर पर्ने व्यक्तिलाई कानून बमोजिमको प्रतिवाद गर्ने मौका दिई निर्णय गरेको देखिँदैन । यस्तो स्थितिमा दावीको विवादित जग्गा विपक्षीका नाउँमा दर्ता श्रेस्ता खडा गरी जग्गाधनी प्रमाण पूर्जा दिने गरी गरेको जग्गा दर्ता तथा हदबन्दी कार्यान्वयन समितिको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की र विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त उल्लेखित मुद्दाःX आदेश न्या.हरिहरलाल राजभण्डारीः संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य तथा जिकिर संक्षेपमा निम्नानुसार छन् । २. मेरो दाता तोयानाथ पाध्या नामले २०३४ सालमा सर्भे नापी हुँदा नुवाकोट जि.दाड्डसिङ गा.पं.वा.नं. ८ कि.नं. २ क्षेत्रफल २–७–०–२ र ऐ.ऐ. कि.नं. १६ को ५–४–०–२ भएको जग्गाको सम्बन्धमा नापीमा उजूरी गरी २०३६।१०।७ गते आफ्नो नाममा दर्ता भई अन्तिम रुपमा रहेको छ । सो दाताको नाममा हकभोग भएकोले म निवेदकलाई नु.जि. दाड्डसिङ गा.पं.वा.नं. ३ को जोतपोत सहितको क्षेत्रफल २–७–०–२ मध्ये आधा दक्षिणपट्टि ऐ. ऐ. कि.नं. १६ को ५–४–०–२ मध्ये आधा दक्षिणपट्टि मलाई २०३६।११।१२।२ मा राजीनामा गरी दिनु भई मेरो हक हुन आई कि.का. हुँदा नु.जि.दा.गा.पं.वा.नं. ८ कि.नं. २३७ को १–३–१–२ को कित्ता १, ऐ.ऐ. कि.नं. २३९ को २–१–०–१ मेरो हक भई सोही मिति देखि मेरो हकभोग भई भोगचलन समेत गरी आएको छु । सो भोगचलन समेत गरी आएको नु.जि.दा.गा.पं. को हाल परिवर्तित गोरस्याड्ड गा.पं.वा.नं. ८ कि.नं. २ को २–७–०–३ को कित्ता १, ऐ.ऐ. कि.नं. १६ को ५–४–०–२ समेतको जग्गा विर्ताबाट हिरण्यजंग, हरिजंग समेतले रैकरमा परिणत नगरेकोले मोहीको हैसियतले रैकरमा परिणत गरिपाउँ भनी मालपोत कार्यालय नुवाकोटमा निवेदन दिई सोही निवेदनको आधारमा विपक्षी पञ्चबहादुर तामाङको नाममा रैकर परिणत गरिदिने भनी ०४२।३।१७ मा फैसला गर्नु भएछ तर सो कुरा मलाई कुनै जानकारी समेत भएन नक्कल सारी हेर्दा वास्तविक कुरा थाहा पाएँ । दाता तोयानाथको परापूर्वकाल देखि हकभोग भई २०३४।१२।९ मा रैकर परिणत दर्ता गरी मलाई हक छाडी दिएको हो । यसरी मेरो हकभोगको जग्गा विपक्षीलाई रैकर परिणत दर्ता गर्ने गरी निर्णय गर्न विपक्षी समितिलाई कुनै प्रचलित कानूनले अधिकार दिएको छैन, त्यस्तो गैर अड्डाले गरेको काम कारवाही अ.बं. ३५ नं. ले बदरभागी छ, तथा मोही नै नभएको व्यक्तिको नाममा रैकर परिणत हुन नै पनि सक्दैन । २०३६।११।१३।२ मा राजीनामा गरी लिई मेरो हक भएको जग्गामा सोही राजीनामाको आधारमा मैले जग्गा दर्ता प