निर्णय नं. ८८४५ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८४५ - अंश नामसारी भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/०८/२८ ४२४३ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती पुनरावेदन नं.२०६६-CI–०६१७ फैसला मितिः २०६८।८।२८।४ मुद्दा : अंश नामसारी । पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला, लुम्बिनी आदर्श गा.वि.स.,वडा न. ३ पडरिया बस्ने किस्मती मुराव समेत विरुद्ध प्रत्यर्थी वादीः भारत उत्तर प्रदेश जिल्ला, महाराजगञ्ज तहसील थाना नौतनवा मौजा शेख गाउँ फरेना बस्ने भनी पुनरावेदकहरूले उल्लेख गरेका रुपन्देही जिल्ला, लुम्विनी आदर्श गा.वि.स., वडा नं. ३ पडरिया बस्ने शिवपुजन मुराव शुरु फैसला गर्ने : मा.न्या.श्री कृष्णकमल अधिकारी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री तर्कराज भट्ट मा.न्या.श्री बलराम बिष्ट § भूमिसम्बन्धी व्यवस्थापनको प्रयोजनको लागि तर्जुमा गरिएको ऐनको कार्यान्वयनार्थ सम्पादन गरिएका कुराहरूले सोलाई समर्थन गर्ने अन्य ठोस प्रमाणका अभावमा अंशियारको अंश हकलाई प्रतिकूल असर पार्न नसक्ने । § निर्वाचन प्रणालीलाई सुव्यस्थित गर्न तयार गरिएको मतदाता नामावली निर्वाचनसम्बन्धी कार्यसँग सम्बन्धित देखिएको हुँदा फरक उद्देश्य र कार्यको लागि तयार गरिएका त्यस्ता लिखत तथा भरिएका फारामलाई अन्य प्रमाणको अभावमा अंश छुट्टिएको निरपेक्ष प्रमाणको रुपमा लिन नमिल्ने । (प्रकरण नं.८) § मूल प्रमाणको अभावमा सहप्रमाणले निर्णायक स्थान लिन सक्दैनन् । प्रमाणहरूको शृङ्खलामा संकलित सबै प्रमाणको समान भूमिका हुँदैन । मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्ने कुरा प्रमाण हुने प्रमाण ऐन, २०३१ को दफा ३ द्वारा अभिनिश्चित् छ । कुनै प्रमाणले मुद्दामा न्यायकर्तालाई निश्चित् अवधारणा बनाउन असंदिग्ध भूमिका खेल्दछ भने कुनै प्रमाण न्यायिक धारणा बनाउन त्यत्ति बढी सन्तुष्टि दिन नसक्ने प्रकृतिको हुन्छ । यही आधारमा मूल प्रमाण र सहप्रमाणको विभेद गरिनु पर्ने । § लिखत प्रमाणको वर्गीकरण गर्दा ती कुन कानूनअन्तर्गत के प्रयोजनका लागि खडा भएका हुन् भनी हेरिनु पर्ने हुन्छ । अन्यान्य प्रयोजनका लागि खडा भएका कुराले अंशबण्डाको ३० नं. को प्रयोजनका लागि मूल प्रमाणको स्थान लिन नसक्ने । (प्रकरण नं.९) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ३, २७(२), (३) § मुलुकी ऐन, अंशबण्डाको १, ३० नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत बुटवलको मिति २०६६।३।२१ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मूल पुरुष जंगी मुरावबाट जन्मेका चार छोराहरूमा जेठा म फिरादीका बाबु गोपी, माहिला चैतु, साहिँला तुलसी, र कान्छा हरिहर मुराव हुन् । तुलसी मुरावको छोरा विपक्षी भोला मुराव हुन् । चैतुका छोरा विपक्षी रामनारायण र बुहारी किस्मती मुराव हुन् । हरिहरको विवाह नहुँदै मृत्यु भइसकेको छ । हामी सबै एकासगोलमा रही बसी आएका छौँ । हाम्रो अंशबण्डा भएको छैन । आमाको मृत्युपछि विपक्षीहरूले हेला गरी खानलाउनमा समेत पक्षपातपूर्ण व्यवहार गर्दै आएकाले विपक्षीहरूसँग २०६२ साल भाद्र १ गते अंश माग गर्दा तिमीलाई यो घरमा बस्न पनि दिँदैनौं । सम्पत्ति पनि केही पाउँदैनौ भनी अन्यायपूर्ण जवाफ दिएकाले फिराद परेको अघिल्लो दिनलाई मानो छ