निर्णय नं. ३०४६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०४६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/१२/०६ २३९२ निर्णय नं. ३०४६ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको रिट नं. १७८२ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक : मेची अञ्चल बर्दिया जिल्ला कालिका गा.पं. वार्ड नं. ५ मुनाल बस्ती बस्ने जयकालिका प्राथमिक विद्यालयको शिक्षक शिवराज दाहाल। विरुद्ध विपक्षी : क्षेत्रीय शिक्षा निर्देशनालय, मध्यपश्चिमाञ्चल सुर्खेत। जिल्ला कार्यालय शिक्षा शाखा बर्दिया। विद्यालय संचालक समिति जयकालिका प्राथमिक विद्यालय कालिका गा.पं. वार्ड नं.४ मुनाल बस्ती बर्दिया। श्री का.मु. प्रधानाध्यापक जय कालिका प्राथमिक विद्यालय कालिका गा.पं. वार्ड नं.४ मुनाल बस्ती बर्दिया। आदेश भएको मिति: २०४३।१२।६।६ मा नेपाल अधिराज्यको शिक्षा व्यवस्था मिलाउन नै शिक्षा तथा संस्कृति मन्त्रालय रहेको र सो कार्यको सिलसिलामा अधिराज्यभर एकै शैक्षिकस्तर कायम राख्न सो मन्त्रालयलाई विभिन्न तहको शिक्षकहरूको आवश्यक न्युनतम योग्यता शिक्षा नीति अनुसार कानूनले अन्यथा व्यवस्था गरे बाहेक तोक्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं. १३) कुनै अभियोग लगाई बर्खास्त गरेको नभई अनियमित नियुक्ति गरेबाट बदर गरिएको हुँदा यस्तोमा सफाइको मौका दिन नपर्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्न बमोजिम छ । २. शिक्षा नियमावली २०२८ को २०३७।१२।२३ गते संशोधित नियम २३ बमोजिम गठित शिक्षक छनौट उपसमितिद्वारा ऐ नियम २४ को (ख) अनुसार जय कालिका प्राथमिक विद्यालय समेतको निमित्त खाली शिक्षकहरूको पदपूर्ति गर्ने खुल्ला प्रतियोगिताको लागि विज्ञापन प्रकाशित गर्दा प्राथमिक शिक्षकको पदको निमित्त अण्डर एस.एल.सी. तालिम प्राप्त व्यक्ति खुला प्रतियोगितामा सम्मिलित हुन पाउने भनिए अनुसार मेरो योग्यता उक्त बमोजिम पुगेको हुनाले दर्खास्त दिई ०३९ साल चैत्रमा परीक्षामा सम्मिलित भएँ । सार्वजनिक खुला प्रतियोगितात्मक लिखित परीक्षा तथा अन्तर्वार्ता समेतमा म निवेदक विधिवत समुत्रिर्ण भएपछि ऐ नियम २४ को (ङ) अनुसार म योग्य उम्मेदवारलाई प्राथमिक शिक्षक पदमा छनौट गरी जिल्ला शिक्षा समिति बर्दियामा नियुक्तिको लागि २०४०।६।२४ मा पेश गर्दा सिफारिश समेत दिनु भएको आधार लिई विपक्षी जिल्ला कार्यालय शिक्षा शाखाबाट स्थायी नियुक्ति दिने भनी २०४०।८।१३ मा निर्देशन दिनु भए अनुसार विपक्षी विद्यालय सञ्चालक समितिले २०४०।९।१३ मा स्थायी नियुक्ति पत्र दिनु भयो। ३. म स्थायी शिक्षक भई अध्यापन गर्दै आएको क्रममा विपक्षी जिल्ला कार्यालय शिक्षा शाखा र क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको पत्र समेतलाई उद्धृत गर्दै २०४१।६।२ को विद्यालय सञ्चालक समितिको बैठकको निर्णयानुसार मेरो स्थायी नियुक्ति बदर गरिएछ भन्ने समेतको पत्र २०४१।९।१९ गते मलाई बुझाइयो । ४. विधिवत प्रतियोगितात्मक परीक्षामा उत्तिर्ण भई स्थायी नियुक्ति पाई अध्यापन कार्य गरिरहेको मलाई बिना कुनै कसूर स्थायी नियुक्त