निर्णय नं. ३०४७ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०४७ - अंश भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/१२/०८ २७०६ निर्णय नं. ३०४७ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.फु.नं. ६६४ मुद्दा : अंश पुनरावेदक/वादी: ग.अं.जि.का.पो.न.पं. वडा नं. ११ फुलवारी बस्ने बक्कलाटा नन्दप्रसादको अ.बं. ८३ नं. अनुसारको हकवाला संरक्षक प्रेमप्रसाद बास्तोला। विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने महादेवी बास्तोला फैसला भएको मिति: २०४३।१२।८।१ मा संरक्षक हकवाला भनी देखाएकोले निज नन्दप्रसादले दिनु पर्ने पुनरावेदन अ.बं. ८३ नं. अन्तर्गत दिन नपाउने भनी भन्न उक्त अ.बं. ८३ नम्बरमा भएको व्यवस्थाबाट मिल्ने देखिन नआउने । (प्रकरण नं. ९) बुझ्नु पर्ने सबूद प्रमाण बुझी आफू समक्ष परेको पुनरावेदनबाट मुद्दा हेर्न मिल्ने भएपछि मात्र मुद्दामा ठहर गर्नु पर्ने । (प्रकरण नं. ९) फैसला न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको विवरण यस प्रकार छन् :– रेवती रमणका तीन भाइ छोरामा जेठा विपक्षीको खसम कूलदिप, माहिला, दण्डपानी र कान्छो म छु । पिता माता र कूलदिप दण्डपाणी आ–आफ्नो कालगतिले परलोक हुनु भएको, विपक्षी भाउजू र म एका संगोलमा बसी आएकोमा निजले सम्पत्ति बेच बिखन समेत गरेको र मलाई खान लाउन नदिएको हुँदा २०४०।१२।१५ का दिन प्रमाण खण्डका साक्षीको रोहवरमा मैले पाउने चल अचल सम्पत्तिको १ भाग माग्दा दिन इन्कार गरेकोले विपक्षीबाट फिराद पर्दाको अघिको दिनलाई मानो छुट्टिएको मिति कायम गरी मेरो विवाह नभएको हुँदा अंश बण्डाको १७ नं. बमोजिम विवाह खर्च परसारी २ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत फिराद दावी । २. देवर नन्दप्रसाद वक्क लाटो हुँदा मैले नै पालन पोषण गरी आएको हुँ । नजिकको हकवाला समेत मै हुँ । नन्दप्रसाद टाढाको दाजु भाइ हुन । म स्वयं हकवाला छँदा छँदै टाढाको व्यक्तिले हकवाला भनी फिरादमा दावा लिनु न्याय संगत छैन र सगोलको उमेर पुगेको हकवाला भएसम्म अरुले वक्क लाटोको संरक्षक बनी नालेश गर्न मिल्दैन । त्यस्तो नालेश गर्न हक नपुग्ने व्यक्तिले संरक्षक बनी दर्ता गराएको फिराद अ.बं. ८२ नं. र अ.बं. १८० नं. ले खारेज हुने हुँदा खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर पत्र । ३. वादीले २०४१।६।११ गतेको र प्रतिवादीले २०४१।४।२५ गतेको तारेख गुजारी बसेका रहेछन् । ४. प्रतिवादी २०४१।४।२५ गते देखि र वादी संरक्षक प्रेमप्रसाद २०४१।६।११ देखि तारेख गुजारी बसेको देखिँदा वादी तारेख मै नरहेको अवस्थामा तायदाती लगायतका अन्य सबूद प्रमाण प्रस्तुत मुद्दामा पेश दाखिल हुन नसक्ने हुँदा अ.बं. १८० नं. ले खारेज हुने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतको मिति २०४१।९।३० को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र । ६. पुनरावेदक नन्दप्रसादको संरक्षक समेतले शुरु जिल्ला अदालतमा रोहवरमा रही २०४१।६।११ को तारेख लिई सो तारेख गुजारेको देखिन्छ । आफ्नो सबूद प्रमाण गुजारी पैरवीमा रहन सक्नु पर्ने वादीले सो नसकी तारेख गुजारी बसेबाट शुरु जिल्ला अदालतले वादी दावी खारेज गर्ने गरेको मनासिब छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।७।१४।४ को फैसला । ७. अंशबण्डाको ३२ नं. मा अंश मुद्दामा वादीले तारेख गुजारे मुद्दा डिसमिस नगरी ठहरे बमोजिम फैसला गर