निर्णय नं. ३०४८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०४८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/११/०८ २५८१ निर्णय नं. ३०४८ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. २३५७ विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : जिल्ला मोरङ विराटनगर न.पं. वडा नं. १५ हाल वडा नं. ५ स्थित श्री त्रिदेव ईण्डष्ट्रिजका प्रो.झापा भद्रपुर न.पं. वडा नं. ९ बस्ने राजकुमार गोयल। विरुद्ध विपक्षी : श्री ५ को सरकार उद्योग मन्त्रालय। श्री ५ को सरकार घरेलु तथा ग्रामिण उद्योग विभाग,त्रिपुरेश्वर। आदेश भएको मिति: २०४३।११।८।२ मा ऐनको दफा १० अनुसारको सुविधा सहुलियत सोही ऐन अनुसार स्थापित प्रस्तुत उद्योगले प्राप्त गर्नु पर्ने हुन आउँछ । त्यस्तो सुविधा निवेदकले नपाउने हो भने निवेदकले पाउनु पर्ने भनी प्रतिवाद गर्ने मौका समेत पाएको देखिएन । तसर्थ रिट निवेदकको उद्योगले प्राप्त गर्नु पर्ने सुविधाबाट वञ्चित हुने गरी कोप्रा झिकाउन विदेशी मुद्रा उपलब्ध नगराउने गरी गरेको निर्णय कानूनसंगत नदेखिँने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला र विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिलः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. घरेलु तथा ग्रामीण उद्योग विकास शाखा भद्रपुरबाट २०३९।१२।१ को निर्णयानुसार नरिवलको तेल उत्पादन गर्न उद्योग स्थापना गर्न इजाजत प्राप्त गरी विदेशबाट मिल खरीद गरी त्रिदेव इण्डष्ट्रिज नामको फर्म स्थापना गरी सकेको छु । ३. यसरी उद्योग स्थापना गर्न इजाजत पाई विदेशबाट मेशिनरी आयात गरी मिल जडान गरी सकेपछि उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न सिफारिश दिनु भनी घरेलु तथा उद्योग विकास शाखा मोरङले घरेलु तथा ग्रामीण उद्योग विभागलाई मिति २०४०।६।४ र २०४०।११।२७ मा पत्र पठाएकोमा सो बमोजिम औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ङ) को सुविधा नदिएकोले सुविधा दिनु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भनी म निवेदकले २०४२ सालमा रिट दर्ता गरेकोमा श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभागले लिखितजवाफ दिँदा श्री ५ को सरकार उद्योग मन्त्रालयबाट कोप्रा झिकाउन विदेशी मुद्रा नदिने भनी २०४०।६।१६ मा निर्णय गरेको भनी उल्लेख गरेकोले मेरो हित प्रतिकूल हुने गरी निर्णय गरेको जानकारी २०४२।१२।२२ मा प्राप्त भयो । ४. औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ङ) मा उद्योग संचालनको लागि आवश्यक पर्ने यन्त्र उपकरण, कोरामाल, सहायक कोरामाल तथा रसायनिक पदार्थहरू आयात गर्नको लागि परिवत्र्य विदेशी मुद्राको सटही सुविधा आवश्यकतानुसार प्रदान गरिने कानूनी व्यवस्था छ । ऐनले दिएको सुविधाबाट वञ्चित हुने गरी, कोप्रा झिकाउन विदेशी मुद्रा नदिने भन्ने विपक्षी कार्यालयको निर्णय उक्त ऐन विपरीत भएको छ । सो निर्णय गर्नु अघि मलाई भन्ने मौका नदिएको समेत मेरो संवैधानिक हक तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय भएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदक राजकुमार गोयलको मिति २०४३।१।७ को रिटनिवेदन । ५. यसमा विपक्षीहरूबाट लिखितजवाफ झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत स