निर्णय नं. ३०४९ - परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०४९ - परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ। भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/११/१८ २३२३ निर्णय नं. ३०४९ ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट नं. १८४७ विषय : परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ। निवेदक :जि.मोरङ विराटनगर न.पं. वडा नं. १५ हाल वडा नं. ५ स्थित श्री त्रिदेव इण्डष्ट्रिजका प्रोप्राइटर जिल्ला झापा भद्रपुर न.पं. वडा नं. ९ बस्ने राजकुमार गोयल। विरुद्ध विपक्षी : श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वर। श्री घरेलु तथा ग्रामिण उद्योग विकास शाखा,मोरङ विराटनगर। श्री घरेलु तथा ग्रामिण उद्योग विकास शाखा,भद्रपुर। आदेश भएको मिति: २०४३।११।१८।२ मा औ.व्य.ऐन, २०३८ बमोजिम उद्योग स्थापना गर्न दिने मेशिन झिकाउन सुविधा दिने तर सो उद्योग सञ्चालन गरी उत्पादन गर्न उद्योगलाई चाहिने कच्चा पदार्थ झिकाउन सुविधा नदिनु न्यायोचित हुँदैन । त्यस्तो हुने भए उद्योग स्थापना भएकै निरर्थक हुन्छ । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला तथा विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.प्रचण्डराज अनिल: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. विपक्षी घरेलु तथा ग्रामीण उद्योग विकास शाखा भद्रपुर झापाबाट विराटनगर न.पं. वडा नं. १५ मा त्रिदेव इण्डष्ट्रिज नामको प्राइभेट फर्मले नरिवलको तेल उत्पादन गर्ने उद्योग दर्ता गरिपाउँ भनी निवेदन दिँदा मिति २०३९।१२।१ को निर्णय अनुसार उद्योग स्थापना गर्न इजाजत प्राप्त गरी औ.व्य. ऐन, २०३८ को दफा १० अन्तर्गत सो अन्तर्गतका उद्योगलाई प्राप्त हुने सुविधा अन्तर्गत उद्योगमा जडान हुने मेशिन नेपाल सरहदमा पैठारी गर्दा भन्सार सुविधा समेत प्राप्त गरेको छु । ३. यसरी विदेशबाट मेशिनरी आयात गरी मिल जडान गरी सकेपछि औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ङ) बमोजिम विपक्षी घरेलु तथा ग्रा.उद्योग विकास शाखा मोरङमा कच्चा पदार्थ कोरा माल (कोब्रा सुख्खा नरिवल) वार्षिक ६०० मेट्रिक टन लाग्ने उद्योगको क्षमता र सोही बमोजिम इजाजत समेत पाएकोले उक्त कच्चा पदार्थ आयात गर्न आयात इजाजतको सिफारिश पाउँ भनी निवेदन गरेकोमा विपक्षी कार्यालयले २०४०।६।४ मा आयात इजाजत प्रदान गर्न भनी विपक्षी घरेलु तथा ग्रामीण उद्योग विभागमा सिफारिश साथ पत्र पठाएकोमा सो बमोजिम आयात इजाजत प्राप्त नभएकोले पुनः विपक्षी कार्यालयमा निवेदन गरेकोमा निवेदकको उद्योगलाई कच्चा पदार्थ आयात गर्न इजाजत दिन उचित हुने भनी २०४०।११।२७ मा पत्र पठाएकोमा आजसम्म विपक्षी घरेलु तथा ग्रामीण उद्योग विभागले उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको आयात इजाजतपत्रको लागि सिफारिश गरी उद्योगलाई दिनु पर्ने सहुलियत दिने कानूनी दायित्व पूरा गरेन । ४. औ.व्य.ऐन, २०३८ को दफा १०(ख) बमोजिम उद्योग स्थापना गर्न आवश्यक मील उपकरण आयात गर्न विपक्षी निकायले सहुलियत दिई उद्योग स्थापना भएपछि सोही ऐनको दफा १०(ङ) बमोजिम उद्योगको लागि कच्चा पदार्थ आयात गर्न परिवत्र्य विदेशी मुद्राको सटही सुविधा आवश्यकता अनुसार प्रदान गरिनेछ भन्ने बाध्यात्मक कानूनी व्यवस्था छ । म निवेदकले उद्योग दर्ता गर्न निवेदन दिँदा आवश्यक