निर्णय नं. ३०५० - उठाई चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०५० - उठाई चलन चलाई पाउँ भाग: २९ साल: २०४४ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०८/२२ २६२६ निर्णय नं. ३०५० ने.का.प. २०४४ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.पु.नं. ६९३ मुद्दा : उठाई चलन चलाई पाउँ पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पं. वार्ड नं. २८ न्ह्योखा टोल बस्ने शारदामान वैद्य विरुद्ध प्रत्यर्थी/वादी: ऐ.ऐ.वार्ड नं. २५ मखन गल्ली बस्ने सानुकाजी श्रेष्ठ फैसला भएको मिति: २०४३।८।२२।१ मा घरधनीले आफूलाई चाहिएको बखतमा उठाउन पाउने भन्ने शर्तनामामा उल्लेख भएकै देखिँदा वादीले उठाउन पाउने नै देखिन्छ तर घर बनाउनेको ९ नं. अनुसार घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउनु पर्ने भएमा ३५ दिन अगावै घर पसल छाडि खाली गरिदिनु भनी जनाउ दिई मात्र उठाउनु पर्ने । (प्रकरण नं. १२) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लेखित मुद्दाःX फैसला न्या.रुद्रबहादुर सिंहः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. का.जि.का.न.पं. वार्ड नं. २५ मखनटोलको ब्लक नं. ६।६१३ को मेरो हकभोगको घर विपक्षलाई एक सालको बहाल रु. १२,०००।– का दरले पाँच वर्ष सम्मलाई ६ महिनाको पेश्की बहाल रु. ६,०००।– का दरले लिने गरी ०३४।१०।१ देखि २०३९ साल पौष मसान्त तकलाई सो हिसाबले पेश्की बहाल लिने र घर धनीलाई आवश्यक परेमा छाडिदिने मञ्जूरी व्यहोराको कबूलियत गराई बहालमा दिएकोमा मलाई आवश्यक परेकोले निजलाई सूचना गरी फिराद गर्न आएको छु । सो पसलबाट निजलाई उठाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको सानुकाजी श्रेष्ठको ०३९।१२।२२।३ को फिरादपत्र । ३. मैले करार अनुसार ६।६ महिनाको अग्रिम पेश्की बहाल धरौटी राखी निज वादी उपर नालिश गरेको छु । मैले २८ वडा समितिमा बुझ्न जाँदा कुनै सूचना नपाएको । हालसम्म मैले कानून बमोजिमको कुनै सूचना पाएको छैन । वादीले आफ्नो शारीरिक क्षमताको कारणले गर्दा आफूले पसल राख्न सक्ने स्थिति छैन । अतः वादी दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको ०४०।३।२०।२ को शारदामान वैद्यको प्रतिउत्तरपत्र । ४. २०३४।१२।१ मा कबूलियत गरी घर पसल बहालमा लिए दिएमा विवाद नभएको र कबूलियतमा ५ वर्षपछि धनीलाई चाहिएमा छाडिदिने कबूल प्रतिवादीले गरेको देखिनाले कबूलियतको शर्त अनुसार प्रतिवादीले पसल छाडिदिनु पर्ने र वादीले पसल चलन चलाई पाउने समेत ठहर्छ भन्ने समेतको शुरु का.जि.अ.को ०४०।७।१५ को फैसला । ५. का.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.शारदामान वैद्यको बा.अं.अ.मा परेको पुनरावेदनपत्र । ६. २०३४।१२।१ को बहाल कबूलियतमा ५ वर्ष अवधि नाघेपछि बजारमा चलेको बहाल बुझाउने र धनीलाई आवश्यक परेमा छाडिदिने शर्त लेखिएको ५ वर्ष अवधि भुक्तान भइसकेपछि वादी प्रतिवादी बीच अर्को शर्त कबूलियत भएको प्रमाण पेश गर्न नसकेको समेतबाट वादीको पसल प्रतिवादीले खाली गरी उठी चलन दिनु पर्ने ठहर्याएको शुरु का.जि.अ.को इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको बा.अं.अ. को ०४०।१२।१ को फैसला । ७. बा.अं.अ. को फैसलामा घर बनाउनेको महलको ९ नं. समेतको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको शारदामानको निवेदन अनुसार म.क्षे.अ.को मिति ०४१।७।१५ को आदेशले अनुमति प्रदान गरिएको रहेछ । ८. २०३४।१२।१ को कबूलियतमा पाँच वर्ष सम्म प्रतिसालको रु. १२,०००।– को दरले र त्यसपछि मार्केट