निर्णय नं. ३०५२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०५२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४४/०४/१९ २१४० निर्णय नं. ३०५२ ने.का.प. २०४४ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर ५० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ। निवेदक/प्रत्यर्थी: का.जि.भद्रकाली गाउँ पञ्चायत वडा नं. ७ बस्ने भैरवबहादुर खत्री। विरुद्ध विपक्षी/रिट निवेदक: ऐ.ऐ. बस्ने तिलकबहादुर खत्री। आदेश भएको मिति: २०४४।४।१९।३ मा गाउँ पञ्चायतको सिफारिश बमोजिम विवादित जग्गा नामसारी गर्ने गरेको निर्णय तथा सो बमोजिम जग्गाधनी दर्ता प्रमाण पूर्जा दिने गरेको काम कारवाहीहरू त्रुटिपूर्ण हुन गई त्यस्तो नामसारी सम्बन्धी निर्णय तथा कारवाहीहरू कायम रहन नसक्ने । (प्रकरण नं. १३) निवेदक, प्रत्यर्थीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी मालपोत कार्यालयतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह गाउँ पञ्चायतर्फबाट: विद्वान अधिवक्ता श्री नुतन थपलिया विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी उल्लेखित मुद्दाः X आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१२।४ को निर्णय उपर मुद्दा फुल बेञ्चबाट दोहोर्याई पाउँ भनी भैरवबहादुर खत्रीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा प्रस्तुत उत्प्रेषण मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. अंश भाग वापत जीउनी रहेको का.जि. विष्णु गा.पं. वडा नं. ३(ख) कि.नं. २१ को ज.रो. ५–०–० र ऐ को कि.नं. १० को ज.रो. २–६–२ मध्ये कि.नं. २१ को ५–०–० मध्येबाट ३–०–० विवाह भाग परसारी बाँकी दुइवटै कित्ताको जग्गा ४–६–२ जग्गा म रिट निवेदकले जबरजस्ती गरी खाइरहेकोले दिलाई पाउँ भनी का.जि. खड्गा भद्रकाली गा.पं. वडा नं. ७ बस्ने हेल थंकु खत्रीले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा निवेदन दिई बक्स भइआएको हु.प्र. बमोजिम कारवाही चलिरहेकोमा वादीले आफ्नो दावी प्रमाणित गर्न नसकी तारिख गुजारेकोले मिति २०३८।४।२१ मा मुद्दा डिसमिस फैसला भई अन्तिम टुंगो लागिरहेको छ। उक्त मुद्दा चलिसकेपछि म निवेदक वादी र विपक्षी भैरवबहादुर प्रतिवादी भई काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा परी तहतह हुँदै मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मैले अंश नपाउने गरी मिति २०३९।७।१७ मा फैसला भए उपर पुनरावेदनको अनुमति पाउँ भनी मेरो निवेदन परी कारवाही भइरहेकोमा उक्त मिति २०३८।७।२५ को काठमाडौं जिल्ला अदालतको र मिति २०३९।७।१७ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले मैले जितिपाएको भनी बाबुका नाममा दर्ता रहेको विष्णु गाउँ पञ्चायत वडा नं. ३(ख) को कि.नं. १० को २–६–२ र कि.नं. २१ को ५–०–० समेत जग्गा रोपनी ७–६–२ जग्गा मेरो नाममा नामसारी गर्न सिफारिश पाउँ भनी विपक्षी भैरवबहादुर खत्रीले विष्णु गाउँ पञ्चायतमा मिति २०३९।११।१० मा दिएको निवेदन बमोजिम गाउँ पञ्चायतबाट दिएको सिफारिशको आधारमा म निवेदकले आजसम्म अविछिन्न रुपमा भोग गरिआएको मेरो बाबु तपबहादुर खत्रीका नाममा दर्ता रहेको जग्गा विपक्षी भैरवबहादुरको नाममा दाखिल दर्ता गरिदिएको छ । ३. उक्त जग्गा मेरो होइन हे