निर्णय नं. ८८४६ - अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८४६ - अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ । भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/१२/२२ ५८०९ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८४६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६८–CI– ००७० फैसला मितिः २०६८।१२।२२।४ मुद्दाः अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ । पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा, गा.वि.स. हरपतगंज वडा नं ३ वस्ने देवनाथ साह तेली विरुद्ध प्रत्यर्थीं वादीः जिल्ला पर्सा, गा.वि.स.हरपतगंज वडा न. ३ वस्ने नन्दु साह तेली समेत शुरु फैसला गर्नेः मा.न्या.श्री वीरसिँह महरा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री भूपध्वज अधिकारी मा.न्या.श्री टंकबहादुर मोक्तान § सामूहिक भोगमा रहेको कुनै सम्पत्तिका हकमा बण्डापत्रमा सामूहिक वा साझा भोगमा रहने जनिएन भन्दैमा त्यो सम्पत्ति जसको नाममा छ उसैको एकलौटी हुने होइन । सम्पत्तिको प्रकृतिले यो पैतृक देखिई त्यो बण्डा हुने प्रकृतिको देखिन्छ र अन्य अंशियारको भोगमा समेत छ भने यस्तो सम्पत्तिलाई अंशबण्डाको ३५ नं. अनुसार बण्डाको माग गर्दै नालेस लाग्ने । (प्रकरण नं.३) § बण्डापत्रमा कुनै सम्पत्तिको सम्बन्धमा केही नबोलिएको अवस्थामा त्यो जसका नाममा छ उसैको मात्र हुने अरु अंशियारको त्यसबाट हक लोप हुने भन्ने अर्थ लाग्न नसक्ने । § हकको समाप्ति प्रष्ट रुपमा लेखिएको अवस्थामा मात्र हुन्छ । कुनै सम्पत्तिको विषयमा केही लेखिदैन भने त्यसको प्रकृतिले त्यो बण्डा हुने वा नहुने निर्धारित गर्दछ । सो सम्पत्ति कुनै अंशियारको निजी हुने भन्ने प्रष्ट उल्लेख नभएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(ख) बमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अनुमान गरिने कानूनी व्यवस्था क्रियाशील हुने । (प्रकरण नं.५) निवेदकको तर्फबाटः विपक्षीको तर्फबाट : अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ६(ख) § मुलुकी ऐन, अंशबण्डाको ३५ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीबाट यस अदालतमा पुनरावेदन पत्र दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– स्व.करझिंगन साहको छोरा द्वारिका साह तेली भै द्वारिका साह तथा उहाँकी श्रीमतीको दाम्पत्य जीवनबाट जन्मेका तीन जना छोरामा क्रमशः म फिरादी नन्दु साह, देवनाथ साह र म फिरादी रामनाथ साह हुँ । आमा वावु आ–आफ्नो कालगतिले परलोक भै सक्नुभएको छ । तीनै जना दाजु भाइको राय सल्लाहबमोजिम पिता द्वारिका साहको नाउँमा नापनक्सा भएका जिल्ला पर्सा गा.वि.स.हरपतगंज वडा न. ३ गाउ कि .न ५६ को जग्गा र सोमा भएको घर १ विपक्षी देवनाथ साहको नाउँमा नापनक्सा भएको ऐ गा.वि.स. वडा न. २ मा कि.नं ४८ को ०–०–३ जग्गा र सोमा रहेको गाई भैँसी बाँध्ने गरेको गोठ तथा विपक्षी देवनाथकै नाउँमा दर्ता रहेको ऐ वडा नं २ कि.नं १९२ को ०–१–४ खरियानको रुपमा प्रयोग गरिरहेको जग्गा समेत अबण्डा राखी सगोलमै भोगचलन गर्ने र वाँकी सम्पूर्ण श्रीसम्पत्ति बण्डा गर्ने सहमति भै सोहीअनुरूप मिति २०३६।२।१५मा मालपोत कार्यालय, पर्सामा विधिवत अंशबण्डाको कागज हुँदा उल्लिखित जग्गा बण्डापत्रमा समावेश नगरी अबण्डा नै राखी तीनै जना भाइले बरावर रुपमा भोगचलन गरी आइरहेका थियौँ । हामी फिरादीहरूले अटुट रुपमा बराबरी रुपमा भोगचलन गरी आइरहेको, हामीहरूको समेत अंश हक निहीत रहेको विप