निर्णय नं. ३०५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/११/१९ २०२१ निर्णय नं. ३०५३ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर २१११ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : ल.पु.जि.ल.पु.न.पं. वडा नं. २२ इखाछें बस्ने आशामाया महर्जन। विरुद्ध प्रत्यर्थी : ललितपुर नगरपञ्चायत बैठक। ललितपुर नगर पंचायत कार्यालयको मुद्दा समितिका अध्यक्ष श्री सानुकृष्ण चित्रकार। ल.पु.न.पं. वडा नं.२२ ईखाछें बस्ने सानकाजी बज्राचार्य। फैसला भएको मिति : २०४३।११।१९।३ मा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ को उपदफा (१) हेर्दा जग्गावालाले बसोवास गर्न घरवारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएकोमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई जग्गा झिक्न पाउने गरी स्थानीय पञ्चायतले आदेश जारी गर्न हुन्छ भन्ने उल्लेख भएको पाइने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाङ्ग प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री पुष्पप्रसाद अर्याल विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह: नेपालको संविधानको धारा १६,७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. ल.पु.न.पं. वडा नं. १५(ग) कि.नं. ९२ क्षेत्रफल ०–३–२ र कि.नं. ९३ को क्षेत्रफल ०–२–२ समेत जम्मा रोपनी ०–६–० जग्गा विर्ता उन्मूलन ऐन, २०१६ भन्दा धेरै अघिदेखि पोता विर्ता गुठी जग्गामा पक्की घर बनाई घर घडेरी कायम गरी सो विर्ता गुठी जग्गाको बाली विश्वबज्र बज्राचार्यको बाबु बाजेको पालादेखि बुझाई आएको छु । उक्त जग्गा दुवै कित्ता एकै चकला भई जोडिआएको भूमिसम्बन्धी ऐन अन्तर्गत नापी हुँदा मात्र २ कित्ता गरी जोताहाको अस्थायी निस्सा र मोहियानी हकको प्रमाणपत्र समेत प्रदान गरेको हो उक्त ल.पु.जि. आनन्द बहालको श्री भगवानको गुठी जग्गा सर्भे नापी हुँदा घर भएको २ आना २ पैसा भई बाँकी ३ आना २ पैसा भगवानको निमित्त फलफुल तथा फुलबारी बगैंचा गर्नलाई मोहियानीको क्षतिपूर्ति दिई छोडाई पाउँ भनी निज विश्वबज्र बज्राचार्यले ललितपुर नगरपञ्चायतमा निवेदन दिई भूमिसम्बन्धी ऐनको दफा २७ अनुसार मोहियानीबाट निष्काशन गर्ने भनी ललितपुर नगरपञ्चायतबाट मिति २०२५।६।५।४ मा निर्णय गरेको र सो निर्णय ०२७ सालको रिट नम्बर ८३५ द्वारा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०२८।४।३०।१ मा बदर भएको र उक्त जग्गाको म उपरको लुटपिट मुद्दामा पनि वादीको दावी नपुग्ने ठहर्छ भनी ललितपुर जिल्ला अदालतबाट मिति २००३।५।२६।४ मा फैसला भई अन्तिम भइरहेको छ । उक्त जग्गाको बाली नुबझेकोमा ललितपुर नगरपञ्चायत कार्यालयमा धरौट राखेकोमा विपक्षी विश्वबज्र बज्राचार्यलाई झिकाउँदा उक्त कि.नं. ९२ जग्गा मैले नै भोगचलन गरी आएको र कि.नं. ९३ को मात्र बाली बुझाउनु पर्ने हो भन्ने निज विश्वबज्र बज्राचार्यको लिखितजवाफ पेश गरेकोबाट मुद्दा पर्दा पर्दैको अवस्थामा उक्त कि.नं. ९२ को मोही आशामाया महर्जन भएको जग्गामा मैले घरवास बनाई बसोवास गर्नाका लागि अंश वापत लिई अंश छोडपत्र गरेकोले मोहियानी वापत भूमिसम्बन्धी ऐनको दफा २७ बमोजिम क्षेतिपूर्ति लिई मोहियानी छोडपत्र गरी देउ भनी आशामायालाई भनेकोमा इन्कार गरेकोले सो कि.नं. ९२ को जग्गाको