निर्णय नं. ३०५६ - तिरो बुझाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०५६ - तिरो बुझाई पाउँ भाग: २९ साल: २०४४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/११/१७ २४२९ निर्णय नं. ३०५६ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रि.नं. ६५२ मुद्दा : तिरो बुझाई पाउँ। पुनरावेदक/वादी: जि.पर्वत खुर्केही गा.पं. वार्ड नं. ८ घर भई हाल ऐ.ऐ.वार्ड नं. ७ पौवा पानी बस्ने चक्र पाणी पाध्या। विरुद्ध प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. वार्ड नं. ६ बस्ने जि.विष्णुप्रसाद पौडेल। ऐ.ऐ बस्ने मेघिनी बल्लभ पाध्या। फैसला भएको मिति: २०४३।११।१७।१ मा तेरो मेरो भन्ने प्रश्न उपस्थित भएपछि जग्गाको हक बेहकमा निर्णय गर्ने अधिकार माल अड्डालाई नभएकोले जग्गामा तेरो मेरो भन्ने प्रश्न उपस्थित भएको मुद्दामा सम्बन्धित अदालतबाट हक बेहक गरी ल्याउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा अधिकारी उल्लेखित मुद्दाःX फैसला न्या.बब्बरप्रसाद सिंहःपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।४।२९।३ को फैसलामा चित्त नबुझी पुनरावेदक वादीको तर्फबाट पुनरावेदनको अनुमतिको निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ। २. २०३७ सालको तिरो बुझिदिनुहोस् भनी २०३८।१।४ गते विपक्षका घरमा गई भन्दा तिरो बुझी रसीद गरिदिन्न भनी भन्नु भएको कारणबाट म्याद भित्र ।२५ मध्ये खेत मुरी ।९।७।१ मध्येमा खेत मुरी ।६।७।१ को तिरो रु. २।८।६ लागेको चिसापानी भन्ने खेतको ।७५ छुट गर्दा हुने तिरो रु. ।७।१।२ तिरो धरौट राख्न ल्याएको छु विपक्षीलाई झिकाई तिरो बुझाई रसीद दिलाइपाउँ भन्ने समेत व्यहोराको चक्रपाणी पाध्याको पर्वत माल कार्यालयमा दिएको दर्खास्तपत्र । ३. १९९९ सालका ३ महलेमा चिसापानी भन्ने जग्गा मेरी आमा चित्रकला विपक्षका बाबु रश्मीराज समेतका नाउँमा खेत ।२५ र खेत ।१२ समेत जम्मा खेत मुरी ।३७ दर्ता भई मेरी आमा चित्रकलाका हकमा खेत मुरी ।१९ पर्न आई म समेतको अंशियारा खेती भलानाथ, घनराज, कृष्णप्रसाद र म समेतले खाएको खेत मुरी ।१८ निजका अंशियारा कान्छा बाबु चुडामणी र रश्मिराजले आधा आधा बण्डा गरी २००५।११।२८ मा बण्डापत्र पारीत गरी विपक्षका बाबु रश्मिराजका बण्डामा खेत मुरी ।९ बण्डा भई खेत मुरी ।९ मा खेत मुरी ।६ भोग बन्धकी र खेत मुरी ।३ राजीनामा गरी मेघिनी बल्लभलाई दिएको हुँदा मेघिनी बल्लभबाट तिरो बुझेको छु । खेत पाथी ।७।१ विपक्षको हकको होइन । विपक्षका दाजु मोहनराजले मेरा हक अंश भोगको खेत मुरी १ को रु. १००।– मा बन्धक गरिदिएको सो बन्धकी माटोको तिरो निज मोहनराजका अंशियारा विपक्ष चक्रपाणी, टेक नारायणले बण्डा गरी आएको हुँदा निज चक्रपाणीलाई खेत पाथी । ।७।१ को रसीद दिने गरेको हो । २०३५।९।७ मा विपक्षीको दाजु मोहनराजलाई थैली बुझाई मैले लिएको हुँदा निजबाट तिरो बुझी रसीद गरिदिन पर्ने होइन भन्ने समेत व्यहोराको जि.मु.विष्णुप्रसाद पौडेलको बयान । ४. चिसापानी भन्ने खेत ।२५ मध्ये निज चक्र पाणीका हकको खेतमुरी ।९ मा खेत मुरी ।६ उजूरवाला चक्रपाणीबाट २०३४।१०।२० मा भोग बन्धकी लिएको र खेत मुरी ।३ रु. १२,०००।– मा २०३६।११।५ मा राजीनामा पारीत गरी लिएको हुँदा राजीनामा र बन्धकी गरी खेत मुरी ।९ को तिरो मैले जि.विष्णुप्रसादलाई बुझाई रसीद लिने गरेको छु भन्ने समेत व्यहोराको मोधिनी बल्लभको बयान । ५